Header Ads

बाणिज्य बैंकहरुले ब्याजदरमा गरेको लिगलिगे दौड र यसले सेयर बजारमा पारेको प्रभाव



नेपाल एउटा सानो अर्थतन्त्र भएको भुपरिबेस्टित मुलक हो । नेपाल भन्दा भारत २१ गुणा ठूलो छ भने चीन ६५ गुणा ठूलो छ । संसारकै अधिक जनसंख्या र ठुला अर्थतन्त्र भएका देश भारतमा जम्म २७ वटा बाणिज्य बैंक छ्न भने चिनमा ५३ वटा बाणिज्य बैंक छ्न । जबकी हाम्रो यति सानो अर्थतन्त्र भएको देशमा २८ वटा बाणिज्य बैंक, ३६ वटा विकास बैंक, २५ वटा वित्तीय कम्पनी र ६३ वटा लघुवित्त छन । अब प्रश्न उठछ यति सानो देशमा किन यति धेरै बैंक र वित्तीय संस्थाको आवस्यकता पर्यो ? यति धेरै बैंक तथा बित्तीय संस्था भए पनि अहिले पनि अधिकांश नेपाली जनताहरु बैंक तथा बित्तीय संस्थाको पहुँच भन्दा टाढा छ्न ।  जति पनि बैंक तथा वित्तीय संस्था छ्न सहरमा मात्र केन्द्रदित छ्न । राष्ट्रबैंक को निर्देशन पछि पनि अहिलेसम्म पनि नेपालका ७५३ स्थानीय निकायमा बैंकहरु पुग्न सकिरहेका छैन । आर्थिक उदाहरिकाणको नाममा भटाभट देशका उद्योग धन्दा बेच्ने र जथाभावी  बैंक खोल्न दिदा अहिले यो समस्या आएको हो भनेर नेपालका अर्थसाश्त्रीहरुले भन्ने गरेकाछ्न । नेपालको वित्त बजारमा अहिले चर्चाको बिषयनै यति सानो देशमा किन यति धेरै बैंक तथा वित्तीय संस्था चाईए भन्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरुको संख्या अधिक भएकाले नै नेपालमा विगत केही बर्षदेखी बैंकहरुमा तरलताको समस्या सिर्जना भइ  वित्तीय बजारमा  आर्थिक संकट आईरहेको छ भन्ने बहस र चर्चा नेपालको वित्तीय बजारमा भइरहेको छ ।
नेपालमा लामो राजनितीक क्रान्ति पूरा भइ दुई तिहाइ सहितको स्थिर सरकारको गठन सँगै देश आर्थिक क्रान्तिमा होमिएको छ जसले गर्दा लगानीको वातावरण बन्न गइ ऋणको अत्यधिक माग हुँदा बैंकहरुमा तरलताको समस्या देखिएको हो र यो तरलताको समस्या आउनु भनेको देशमा आर्थिक समवृद्धि सुरु भएको हो भनेर अर्थमन्त्री युवाराज खतिवडाले भन्दैछ्न भने अर्को तिर सरकारले समयमै बजेट खर्च गर्न नसक्दा पनि बैंकहरुमा बारम्बार तरलताको समस्या आएको हो भनिदैछ । नेपालको वित्तीय बजारमा देखा परेको तरलताको समस्याको बारेमा जेजस्ता चर्चा परिचर्चा भएता पनि नेपालका धेरै जसो  बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशतको नजिक पुगेको र ऋण लगानी गर्ने रकमको  बैंकहरुमा अभाव भइरहदा बैंकहरुमा यो समस्या देखिरहेको छ । कर्जा अनुपात बढदा बैंकहरुमा तरलताको समस्या देखिन्छ । कर्जा अनुपातको अर्थ हुन्छ बैंकहरुले लिएको कुल निक्षेप अनुपातको ८० प्रतिशत सम्म मात्र लगानी गर्न पाउनुहो ।  यो समस्यालाई समाधान गर्ने नाममा बैंकर संघले केही दिन अगाडि बैंकहरु बिच भएको भद्र सहमतिलाई खारेज गर्दै बाणिज्य बैंकहरुले स्वछिक रूपमा निक्षेपको ब्याजदर निर्धारण गर्ने भनेर निर्यण गरे संगै साना र कम्जोर बाणिज्य बैंकहरुले ब्याजदरको अस्वस्थमा लिगलिगे दौड सुरु गर्दै १२ देखि १३ प्रतिशत सम्म निक्षेपको ब्याजदर तोक्न सुरु गरिसकेका छ्न । जसको प्रत्येक्ष असर अहिले सेयर बजारमा परिरहेको छ । निक्षेपको ब्याजदरमा वृद्धि हुँदा बित्तिकै ऋणको ब्याजदरको बेस रेटमा असर गरि ऋणको ब्याजदरमा पनि भारी वृद्धि हुन गैइ सेयर बजारलाई मात्र होईन समग्र अर्थतन्त्रमा यसले नराम्रो असर गर्नेछ । देशमा वित्तीय संकट देखा पर्न सक्छ । त्यसकारण यस बारेमा नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकले तुरुन्तै ध्यान दिनु पर्ने आवश्यकता छ ।
 अब लागौ ब्याजदर र सेयर बजारको सम्बन्ध कस्तो हुन्छ ?
सेयर बजारलाई प्रत्येक्ष प्रभावित गर्ने एउटा प्रमुख तत्व ब्याजदर हो । ब्याजदर र सेयर बजारको सम्बन्ध विपरीत हुन्छ । यसको अर्थ ब्याजदर बढदा सेयर बजार घटछ भने ब्याजदर घटदा सेयर बजार बढछ । त्यसले सेयर लगानीकर्ताले ब्याजदर बढन सुरु भएपछि सेयर बिक्री गर्न सुरु गर्छ भने ब्याजदर घटन सुरु गरेपछि सेयर किन्दै जान्छ्न । नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्नु अगाडि ब्याजदरको अवस्था के छ भन्ने  बुझेर मात्र बजारमा प्रवेश गर्नु उपयुक्त हुन्छ ।
ब्याजदरको परिवर्तन सँगै सेयर बजार प्रत्येक्ष प्रभावित हुनुका विभिन्न कारणहरु छ्न । आउनुहोस यहाँ केही कारणहरुको बारेमा छलफल गरौ ।
 ब्याजदर घटदा कम्पनीले प्रयोग गर्ने पुँजीको लागत घटन गैइ नाफा बढदछ फलस्वरूप प्रतिसेयर आम्दानीमा पनि वृद्धि हुन जान्छ । प्रतिसेयर आम्दानीको वृद्धि सँगै सेयरको मुल्य पनि बढदछ । तर ब्याजदर बढेमा कम्पनीको लागत बढन गैइ आम्दानी घटन जान्छ आम्दानीको घटाई सँगै प्रतिसेयर आम्दानी पनि घटन जान्छ र बजारमा सेयरको मुल्यमा कमि आउदछ । ब्याजदर घटेमा बैंकले निक्षेपमा दिने ब्याज भन्दा कम्पनीले दिने लाभांश बढी हुन्छ फलस्वरूप लगानीकर्ताले बैंकको निक्षेपको पैसा झिकेर सेयरमा लगानी गर्दछन । यसले सेयरको माग बढन गैइ सेयरको मुल्य बढदछ । ब्याजदर बढन गएमा भने लगानीकर्ताले बैंकको पैसा झिकेर सेयरमा लगानी गर्दैन उल्टो सेयर बेचेर बैंकमा पैसा निक्षेपमा राखेर ब्याज खाने बिचार गर्दछन । फलस्वरूप सेयरको बिक्री चापमा वृद्धि भइ मुल्य घटन जान्छ  । ब्याजदर घटेमा लगानीकर्ता मार्जिन ऋणमा बढी आकर्षित भइ बैंकमा सेयर धितो राखेर ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता बढछ्न फलस्वरूप सेयरको मुल्य बढन जान्छ  । तर ब्याजदरमा वृद्धि भएमा मार्जिनकर्जाको माग पनि घटने अर्कोतिर बैंकहरुले लगानीकर्तालाई बजारमा सेयरको मुल्य घटन थालेपछि मार्जिनकल गरेर हैरान पार्ने भएकोले सेयर बेचेर ऋण तिर्न खोज्दा बजारमा बिक्रीको चाप परेर सेयर बजार घटन जान्छ । आदि विविधकारणहरुले ब्याजदरमा हुने परिवर्तनले सेयर बजारमा प्रत्येक्ष असर पारेको हुन्छ ।
बिगत केही बर्ष देखि नेपालका बैंकहरुमा तरलताको समस्या आउनुमा बैंकहरुको संख्या अधिक भइ अस्वथ प्रतिस्पर्धा बढनुनै प्रमुख कारण हो जस्तो लाग्दछ । त्यस कारण यति सानो अर्थतन्त्र भएको देशमा बैंक तथा वित्तीय संस्थाको संख्या यति धेरै हुनु आवस्यक छैन । अबको मौद्रिक नितिमार्फत आठ अर्वका २८ वटा बाणिज्य बैंक होईनकि २८ अर्व चुक्ता पुँजी भएका ८ वटा बाणिज्य बैंकमा झार्नलाई फोर्स मर्जरको निति ल्याउनु पर्छ भन्ने माग सेयर लगानीकर्ता र वित्तीय बजार सँग समलङ्ग ब्यक्तिहरुको छ । यति सानो अर्थतन्त्र भएको देशमा बाणिज्य बैंक, बिकास बैंक र वित्तीय कम्पनीको आवस्यकता छैन । खाली ८ वटा बलिया बाणिज्य बैंक र लघुवित्त संस्था भए पुग्छ भन्ने कुरा चौतर्फी उठने गरेको छ । यो कुरामा सरकार अर्थमन्त्रालय र राष्ट्र बैंकको ध्यान जाहोस भन्ने हामी लगानीकर्ताहरुको माग छ । यदि बैंकहरु र वित्तीय संस्थाहरुको संख्या घटाउन सकियो भने अस्वस्थ प्रतिस्पर्धा बन्द भइ तरलता समस्याले बार-बार  नेपालको अर्थतन्त्रलाई सताउने छैन भन्ने आसा गर्न सकिन्छ ।

लेखक: सेयर बजारका जानकार तथा लगानीकर्ता हुन
Powered by Blogger.