Header Ads

सेयरमा लगानी गर्दा यसरी छनौट गर्नुहोस राम्रा कम्पनी


Raju Paudel's
Blog

अहिले सेयर बजार घटेको-घटै छ धेरै लगानीकर्ताहरु सेयर बजार को सिजनमा पनि बजार घटेको-घटै देखर अतालिनु भएको छ तर  तपाईहरुले राम्रो कम्पनीको सेयरमा लगानी गर्नु भएको छ भने  बजार जतिसुकै घटेपनी तपाईलाईहरु लाई घाटा हुनेछैन तर कम्पनी सहि छनौट गर्नु पर्यो ।
कुनै पनि लगनिकर्तले सेयरमा लगानी गर्नुको प्रमुख उदेश्य नाफा कमाउनु हो तर सवै लगानीकर्तले नाफा कमाउदैन १००% लगानीकर्तामा ९०% लगानिकर्ताले सेयर बजारमा लागेर गुमाएका छ्न भने १०% लगानिकर्ताले मात्र कमाएका छ्न । आखिर किन यति धेरै लगानिकर्ताले गुमाउदै छ्न भन्दा सहि कम्पनी कि पहिचान गर्न नसकेर  हो । आज म तपाईहरुलाई सेयर शिक्षा अन्तर्गत कस्ता कम्पनीको सेयरमा लगानी गर्ने भन्ने बारेमा चर्चा गर्न गइरहेको छु ।
मैले केही समय अगाडि नेपाल का महान धनाडय अर्वपती बिनोद चौधरीको आत्म-कथा पढने मौका पाएको थिए उनले आफनो आत्मा-कथामा लेखेका छ्न म महिनाको आधा समय आकाशमा हुन्छु आधा समय जमिनमा यस्को अर्थ तपाईहरु घुमिराखनुहोस तपाईंको राम्रो कम्पनी मा सेयर छ भने पैसा आईरहनछ्न ।
सेयर बजार त्यस्तो ठाउँ हो जहाँ पैसालाई काम मा लगाईन्छ । हामीले पनि विभिन्न कम्पनीको सेयरमा लगानी गरेकाछौ । कम्पनी बाट प्रत्येक वर्ष लाभांशको रुपमा नाफा लिइरहेका हुन्छौ तर तो नाफा लिन हामी उक्त कम्पनीमा गएर काम भने कहिलेहि गर्दैनौ । यसैलाई भनिन्छ पैसालाई काम लगाउनु । तर सबै कम्पनीको सेयरमा लगानी गरेको पैसाले काम गर्न सक्दैन जस्तो २०६९ सालको मध्य तिर एक जना ब्यक्तिले नबिल बैंकको सेयरमा १० लाख लगानी गरेका थिए प्रत्येक साल नबिल बैंकले दिएको लाभांश को हिसाब गर्दा आज उनको १० लाखले  ४३ लाख भन्दा बढी कमाएको  छ । तर तेतिनी बेला सिबिल बैंकमा १० लाख लगानी गर्नेको आज १२-१५ लाख पनि पुगेको छैन होला र कतिपय कम्पनीको सेयर मा लगानी गर्ने लगानीकर्ता को लगानी त डुब्बेको पनि होला । त्यसकारण राम्रो कम्पनीको सेयरमा लगानी गरेर पैसालाई काम लगाएर आफू बसि बसि खानेहो भने कम्पनी छनौट गर्दा विशेष ध्यान दिनु पर्दछ । कम्पनी छनौट गर्दा हामीले बिशेष ध्यान दिन सकेउ भने सेयर बजार जति सुकै घटे पनि हामीले तनाव लिनु पर्दैन किनकि हाम्रो राम्रो कम्पनीमा लगाएको पैसाले कमाईरहने छ हामी घुमिरहनेछौ । त्यसकारण हामीले कम्पनी छनौट गर्दा निम्नलिखित कुराहरूमा विशेष ध्यान दिनु पर्छ:
१. सेयर बाट आउने प्रतिफल दर उचित छ कि छैन ?
हामीले सेयर मा लगानी गर्नुको उदेश्य उचित प्रतिफल पाउनको लागि हो । तपाईले लगानी गर्न खोजेको कम्पनीले बिगत पाँच बर्ष देखि कुन दरमा प्रतिफल दिइरहेको छ गहिरो अध्यन गरेरमात्र उक्त कम्पनीको सेयर मा लगानी गर्नुहोस् ।
२. प्रत्येक बर्ष सन्तुलित दरले लाभांश दिएको छ कि छैन ?
हामीले कम्पनी छनौट गर्दा त्यो कम्पनीले प्रत्येक बर्ष उचित दरले लाभांश दिएको छ कि छैन अध्यन गरेरमात्र उक्त कम्पनीको सेयर मा लगानी गर्नुहोस । जस्तै नबिल बैंकले प्रत्येक बर्ष सन्तुलित रूपमा लाभांश दिदै आएको छ भने एनसिसि बैंकले कुनै बर्ष अधिक   कुनै बर्ष अति कम र कुनै बर्ष लाभांश दिएकै छैन अब तपाई आफै निर्णय गर्नुहोस कस्तो कम्पनीको सेयर मा लगानी गर्ने ।
३. कम्पनीको कमाई निरन्तर बढिराखेको छ कि छैन ?
कुनै पनि कम्पनीको सेयर मा लगानी गर्नु अगाडि उक्त कम्पनी को कमाई निरन्तर बढदो छ कि छैन भन्ने कुराको अध्यन गर्नुहोस् । अस्थिर कमाई अर्थात कुनै बर्ष धेरै कमाई गर्ने र कुनै बर्ष कमाई नै नहुने स्थिति भएका कम्पनीमा लगानी नगर्नुहोस् । कम्पनीको प्रतीसेयर कमाई माथि तिर गइरहेको छ कि छैन ? हेर्नुहोस ।
४. कम्पनीका विभिन्न सूचकांक को अवस्था कस्तो छ ?
कम्पनी छनौट गर्नु भन्दा अगाडि कम्पनी का विभिन्न आर्थिक सुचकहरु को गहिरो अध्यन गर्नुहोस । जस्तै 
* प्रतिसेयर आम्दानी EPS: कर पछि को नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल लाईनै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनी छनौट गर्दा प्रतिसेयर आमदानी बढी भएका कम्पनी छान्नुहोला । प्रतिसेयर आम्दानी २० भन्दा माथी भएको राम्रो हुन्छ ।
* मुल्य आम्दानी अनुपात PE/ratio:
कम्पनीको तत्काल को सेयर मुल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात लाई नि मुल्य आम्दानी अनुपात भनिन्छ । सेयर मा लगानी गर्दा तुलनात्मक रूपमा कम मुल्य आम्दानी अनुपात भएको कम्पनीको छनौट गर्नु पर्दछ । मुल्य आम्दानी अनुपात २० भन्दा तल भएको राम्रो मान्निछ ।
* सम्पत्ति मा प्रतिफल ROA:  कुल नाफालाई कुल सम्पत्तिले भाग गर्दा आउने अनुपात लाई कुल सम्पत्तिमा प्रतिफल भनिन्छ । यो अनुपात बढि भएको कम्पनी छनौट गर्दा राम्रो हुन्छ ।
* कर्जा निक्षेप अनुपात CD Ratio:  बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपले कुल कर्जालाई भाग गरेपछि आउने अनुपातलाई कर्जा निक्षेप अनुपात भनिन्छ । कर्जा निक्षेप अनुपात ८०% प्रतिशत भन्दा कम भएको कम्पनी राम्रो हुन्छ ।
* निष्क्रिय कर्जा अनुपात NPL: कुल निष्क्रिय कर्जा ( तीन महिना भन्दा बढी भाका नागेको कुल ऋण) लाई कुल कर्जाले भाग गरेपछि आउने अनुपातलाई खराब कर्जा अनुपात  वा निष्क्रिय कर्जा अनुपात भनिन्छ । खराब कर्जा अनुपात ५% भन्दा कम भएको कम्पनी छनौट गर्न उचित हुन्छ ।
* प्रतिसेयर नेटवर्थ Net worth per share: कम्पनीको सम्पुर्ण सम्पत्ति बाट तिर्नुपर्ने दायित्व घटाएपछी बाँकी रहने रकमलाई किताबी मुल्य अर्थात नेटवर्थ भनिन्छ ।  कुल नेटवर्थ लाई सेयर संख्याले भाग गरेर प्रतिसेयर नेटवर्थ निकालिन्छ । प्रतिसेयर नेटवर्थ उच्च भएको कम्पनीको सेयर खरिद गर्दा राम्रो हुन्छ । आदि सुचकहरुलाई केलाएर मात्र कम्पनी छनौट गर्नुहोला ।
५. कम्पनीको ऋणको अबस्था कस्तो छ ?
कुनै पनि कम्पनीको सबैभन्दा ठुलो कमजोरी भनेको त्यसको ऋण हो । कुनै कम्पनीले लामो समयको लागि धैर ऋण लिएर चलाइरहेको छ भने कम्पनीले कमाएर लगानी कर्तालाई प्रतिफल दिन सक्दैन । जुन कम्पनीसँग प्रशस्त कमाइ छ र त्यसलाई ऋणको आवश्यकता छैन भने त्यो कम्पनीले लगानीकर्तालाइ प्रत्येक बर्ष उचित प्रतिफल दिन सक्दछ । त्यस कारण कम्पनी छनौट गर्दा ऋण कम सम्पत्ति बढी भएको कम्पनी छनौट गर्नुहोस ।
६. संस्थागत सुशासन छ कि छैन ?
संस्थगत सुशासन भन्नाले कम्पनीको अनुशासन लाई जनाउँदछ । कम्पनीको सुशासन भित्र नैतिक आचरण, ईमानदारिता, जवाफदेहिता, पारदर्शिता, तथा कानुनको पालना जस्ता बिषय पर्दछ्न । जस्तै कानुनले आर्थिक बर्ष समाप्त भएको पुस मसान्तसम्म बार्षिक साधारणसभा गर्नु पर्दछ भनेको छ तर धेरै कम्पनीहरुले पुस मसान्तसम्म बार्षिक साधारणा सभा गरेको पाईदैन्न । कतिपय संस्थाले राम्रो नाफा गरेर पनि नाफा नबाँडी आफै राख्ने संचालक र गलत नेत्तृत्व भएका कम्पनी छन । त्यसैले कम्पनीको ब्यवस्थापक र संचालक सक्षम र योग्य भएको कम्पनी छनौट गर्नु पर्दछ । संस्थागत सुशासन कायम राख्न नसकेर कतिपय कम्पनीले लगानीकर्ता लाई डुबाएका पनि छन । कम्पनी बित्तीय रूपमा  सक्षम देखिए पनि सुशासन कमजोर भएकाले सेयर को मुल्य बढदैन जस्तै नेपाल टेलिकम ।
७. पुजि वृद्धि को लागि बोनस लाई जोड दिएको छ कि हकप्रदलाई ?
कुनै पनि कम्पनीले समय-समयमा चुक्ता-पुजि वृद्धि गर्नुपर्ने हुन्छ पुजी वृद्धि गर्दा कम्पनी ले हकप्रद को बाटो रोजेको छ कि ? बोनस सेयर लाई जोड दिएको छ ? यो कुरालाई पनि कम्पनी छनौट गर्दा ध्यान दिनु पर्दछ । कुनै पनि  कम्पनीले नगद लाभांश नबाँडी लाभांश को रुपमा सेयर नै वितरण गर्दछ भने त्यसलाई बोनस सेयर भनिन्छ भने हाल सेयर भइरहेका सेयरधनिले मात्र किन्न पाउने गरि जारी गरिएको नयाँ सेयरलाई हकप्रद सेयर भनिन्छ । लगानीकर्ताले हकप्रद सेयर खरिद गर्न तोकिएको अंकित मुल्य तिर्नुपर्ने हुन्छ । जुन कम्पनी नाफामा मा छ्न आर्थिक प्रगति राम्रो छ उसले पुजी वृद्धि गर्दा हकप्रद को बाटो नरोजेर बोनस सेयर को बाटो रोजेको हुन्छ भने जुन कम्पनी को बित्तीय अवस्था राम्रो छैन उसले पुजि वृद्धि गर्दा हकप्रदको सहार लिनु पर्ने बाध्यत हुन्छ । बोनस सेयरमा लगानीकर्ताले थप पुजी लगाउनु पर्दैन भने हकप्रद सेयरमा लगानीकर्ताले थप पुजि लगाउनु पर्दछ । गत साल हकप्रद सेयर को पछाडि लागेर उचालिएर मङ्गोमा सेयर किन्नेहरु अहिले धेरै घाटामा छ्न । त्यसैले कम्पनी छनौट गर्दा बोनस सेयर बढी दिएर चुक्ता पुजी पुर्याउन सक्ने कम्पनी छनौट गर्नुहोस् ।
८. म्युचुअल फन्डहलरुले लगानी गरेका छ्न कि छैन ?
म्युचुअल फन्डले लगानी गर्ने कम्पनी छनौट गर्न निकै अध्यन-अनुसन्धान गरेका हुन्छन् । म्युचुअल फण्ड्ले आफनो छुट्टै एउटा समुह बनाई यस्ता कम्पनीहरुको वित्तीय अवस्थाको बारेमा अध्यन-अनुसन्धान गर्न राखेका हुन्छ्न जसमा वित्तीय विज्ञहरुको सहभागीता हुन्छ । यसकारण म्युचुअल फन्डले राम्रो वित्तीय अवस्था भएका कम्पनीहरुमा लगानी गर्दछ्न सोही आधारमा हामीले पनि कम्पनी छनौट गर्न सकिन्छ । म्युचुअल फन्डहरुले लगानी गरेका कम्पनीहरुको सुची आफनो वेबसाईट मा राखेका हुन्छन् ।
९. नेप्सेको वर्गीकरणमा क वर्गमा परेको छ कि छैन ?
नेप्सेले सुचिकृत्त भएका कम्पनीहरु मध्यबाट कम्तीमा २ अर्व चुक्ता पुजी भएका, कम्तीमा ३ बर्षदेखी कम्पनी लगातार मुनाफामा रहेको सेयरको किताबी मुल्य चुक्ता मुल्य भन्दा कम नभएको, साधारण सेयरधनिहरुको संख्या कम्तीमा १००० जना भएको, आर्थिक बर्ष समाप्त भएको ६ महिना भित्र उक्त  आर्थिक बर्षको कारोवार तथा आय-व्यय विवरण पेस गरेको कम्पनीहरुलाई नेपाल स्टक एक्सचेञ्जले क वर्गमा वर्गिकृत गर्ने गर्दछ । तपाईहरु ले कम्पनी छनौट गर्दा यो कुरामा पनि  विचार पुर्याउनु होला ।
१०. बैंकहरुले सेयर धितो राखेर सेयर कर्जा दिने कम्पनी हो कि होईन ?
कम्पनी को छनौट गर्दा बाणिज्य बैंकहरुले सेयर धितो राखेर ऋण दिनको लागी छनौट गरेका कम्पनीलाई पनि आधार बनाउन सकिन्छ । सामान्यतया बाणिज्य बैंकहरुले सेयर धितो राख्दा वित्तीय रूपमा मजबुत र बजारमा उच्च तरलता भएका कम्पनीको सेयर धितो राखेर ऋण दिने भएकाले त्यसता कम्पनीमा गरिएको लगानीमा केही हदसम्म जोखिम कम हुन्छ । बैंकहरुले सेयर धितो कर्जा दिएका कम्पनीहरुको लिस्ट आफनो वेबसाईट मा राखेका हुन्छ्न त्यहाँ बाट हेर्न सक्नुहुनेछ ।
यसरी कुनै पनि कम्पनी को सेयर खरिद गर्दा माथी उल्लेखित कुराहरू लाई अध्यन गरेर कम्पनी छनौट गर्नु भयो भने नेप्से जतिसुकै घटेपनी तपाईलाई घाटा हुनेछैन ।।।
  लेखक सेयर बजार का अध्यनकर्ता हुन 
Powered by Blogger.