Header Ads

प्राथमिक बजारमा IPO र FPO मा कसरी लगानी गर्ने ?




Raju Paudel's
Blog






निकट भबिस्यमा विभिन्न कम्पनीहरुका प्राथमिक सेयर (IPO र FPO) निकास्न हुने क्रममा छ्न । धेरै नेपाली जनताहरु लाई प्राथमिक सेयर बजार को बारेमा ज्ञान छैन । प्राथमिक सेयर बजार दोस्रो सेयर बजार भन्दा जोखिम अति न्यून र प्रतिफल अधिक भएको र थोरै रकम भए पनि लगानी गर्न सकिने सेयर बजार हो । तपाईहरु सग कम्तीमा रु ५००० रुपैयाँ छ भने पनि यो बजारमा प्रवेश गर्न सक्नु हुन्छ । प्राथमिक सेयर बजार दोस्रो बजार मा छिर्ने माध्यम पनि हो  त्यसैले आज म तपाईहरुलाई सेयर शिक्षा अन्तर्गत प्राथमिक सेयर बजार र प्राथमिक सेयर बजार बाट वर्तमान अवस्थामा कसरी सेयर खरिद गर्ने भन्ने बारेमा जानकारी गराउन चाहानछु ।
 प्राथमिकत सेयर बजार भनेको के हो ?
कुनै पनि पब्लिक कम्पनीले पुजी संकलन गर्नकोलागी  पहिलोपटक जारी गरेको वा निस्कासन गरेको सेयर कारोबार हुने बजारलाई प्राथमिक बजार भनिन्छ । पब्लिक कम्पनीले प्रथम पटक निस्कासन गरेको सेयरलाई IPO ( Intial Public offering) भन्निछ भने पब्लिक कम्पनीले एकपटक IPO जारि गरिसके पछि पुन पुजी संकलन गर्न Premium मा सेयर बिक्री गर्नको लागि जारी गरेको सेयरलाई FPO (Further Public Offering) भनिन्छ । अंकित मुल्य भन्दा बढी मुल्यमा सेयर बिक्री गरिएमा बढी मुल्यलाई सेयर Premium भन्निछ । यहाँ अंकित मुल्य भनेको एक सय रुपैयाँ हो । एक कित्ता IPO रु१०० मा खरिद गर्न सकिन्छ भने FPO को मुल्य सय भन्दा बढी हुन्छ । पब्लिक कम्पनीलाई पुजिको आवस्यकता परेपछी सर्वसाधारणहरु लाई कम्पनीको हिस्सा बिक्री गरि  पुजि संकलन गर्नको लागी IPO र FPO निष्कासन गर्दछ ।
IPO र FPO  बिक्री गर्नको लागि Merchant बैंकलाई  बिक्री प्रबन्धक (Issue Manager)  मा तोकेको हुन्छ जस्तै NIB capital, Sanima capital, NMB capital, Laxmi capital लगायतका बैंकलाई बिक्री प्रबन्धकमा तोक्न सक्छ्न ।
 कुनै पनि कम्पनी ले IPO र FPO निस्कासनको दरखास्त लिने कार्य बिक्री खुला भएको मितिबाट न्युनतम चार र अधिकतम पन्ध्र दिनसम्म हुन्छ । हामिहरुले यो चार दिन भित्रमा IPO खरिद गरिसक्नु पर्छ र न्युनतम ५० कित्ता रु५००० हजार सम्म को IPO खरिद गर्न सकिन्छ ।
प्रथमिक बजार बाट IPO र FPO खरिद गर्न पनि DMAT खाता अनिवार्य हुनु पर्दछ । DMAT खाता बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनी मा गएर खोल्न सक्नु हुनेछ । DMAT खाता खोल्नलाई एउटा फोटो र नागरिकता को प्रतिलिपी आवस्यक पर्दछ ।
प्राथमिक सेयर (IPO र FPO) मा कसरी आवेदन गर्ने ?
अहिले पहिला को जस्तो सम्बन्धित कम्पनी का विभिन्न साखाहरु र IPO र FPO निष्कासन अनुमती पाएका बिक्री प्रबन्धक Merchant बैंक मा गएर घण्टौ सम्म लाईनमा बसेर सेयर आवेदन दिनु पर्ने अवस्था को अन्त्य भएको छ ।
अहिले कसरी सेयर आवेदन दिने त ?
वर्तमान अवस्थामा दुई तरिकाले तपाईहरुले सेयर आवेदन दिन सक्नुहुन्छ ।
पहिलो आस्वा प्रणालि र दोस्रो सि- आस्वा प्रणाली बाट ।
आस्वा प्राणली भनेको के हो ? यो प्रणाली बाट कसरी सेयर आवेदन दिने ?
सेयरको सावर्जनिक निष्कासनमा आवेदन दिने आवेदक को पैसा सेयरको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनका लागी धितोपत्र बोर्ड बाट दरखास्त संकलन गर्न अनुमति प्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनु पर्ने हुन्छ । दरखास्त फारम सम्बन्धित बैंक तथा  वित्तीय संस्थाले उपल्ब्ध गराउने छन । यसरी आस्वा प्रणाली बाट तपाईहरुले सेयर आवेदन दिन सक्नु हुनेछ ।
सेयर खरिदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरि आवेदकको खातामा रहेको रकमध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । सेयर बाँडफाँड भएको जानकारी दिएको बढिमा तीन दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेको सेयरवापतको रकम निष्कासन तथा बिक्री प्रवन्धकको खातामा स्थानान्तरण गरेपछि बाकी रकम फुकुवा हुनेछ ।
सि-आस्वा प्रणाली भनेको के हो ? यो प्रणाली बाट कसरी सेयर आवेदन गर्ने ?
अन्लाईन सेवाको माध्यम बाट घरमै बसेर मोबाईल तथा ल्यापटप बाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । यो प्रणाली बाट सेयर आवेदन दिनको लागी लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरि सफटवेरमा भेरिफिकेशन गरिदिने छ र लगानीकर्ता लाई एउटा भेरिफिकेशन कोड नम्बर दिनेछ यहि कोड नम्बर प्रयोग गरि लगानीकर्ताले अब उप्रान्त बैंकमा नगईकन नै हरेक पटक IPO र FPO घरमै बसेर भर्न सक्नेछन् ।  लगानीकर्ताले meroshare.cdsc.com.np मा लगइन गरेर My ASBA भन्ने फिचरमा क्लिक गरि
आफ्नो कोड प्रयोग गरिसकेपछि सफटवेयरले त्यहाँ IPO र FPO खोलेका कम्पनीको नाम लिस्ट दिन्छ लगानीकर्ताले आफुले आवेदन दिन चाहेको कम्पनीमा क्लिक गरि आवेदन दिन सक्छन् ।
 एक जना ब्यक्तिले एक पटकमा एउटा IPO तथा FPO मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पुर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफटवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ । यसरी तपाईहरुले घरमै बसेर IPO तथा FPO मा सजिलै सग आवेदन दिन सक्नुहुनेछ ।
अहिलेसम्म नबिल बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक,  प्रभु बैंक,  रास्ट्र्यी बाणिज्य बैंक  र गुडविल फाइनान्सले यस्तो सुविधा दिएका छ्न भने नेपाल बैंक , कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले पनि  छिटै यो सेवा सुरु गर्दैछ्न ।।
            लेखक सेयर बजारका अध्यनकर्ता हुन ।।।


Powered by Blogger.