Header Ads

सि-आस्वा प्रणाली भनेको के हो ? यो प्रणाली बाट कसरी गर्ने IPO FPO र Right share मा आवेदन ?


Raju Paudel's
Blog

ईन्टरनेट को सयोगबाट  घरमै बसि-बसि मोबाईल तथा कम्प्युटरको माध्यम बाट अन्लाईन सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । यो प्रणाली बाट सेयर आवेदन दिनको लागी लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरि सफटवेरमा भेरिफिकेशन गरिदिने छ र लगानीकर्ता लाई एउटा भेरिफिकेशन कोड CRN (C-ASBA Registration  Number) नम्बर दिनेछ यहि कोड नम्बर प्रयोग गरि लगानीकर्ताले अब उप्रान्त बैंकमा नगईकन नै हरेक पटक IPO FPO Mutual Fund र Right share  घरमै बसि-बसि भर्न सक्नेछ्न ।

सि-आस्वा बाट सेयर मा आवेदन दिनको लागी निम्न चरण पूरा गर्नु पर्दछ:
१. सर्वप्रथम तपाईहरुले तपाईंहरुको बैंक खाता भएको बैंक मा गएर CRN नम्बर लिनुपर्छ  त्यस पछि DMAT खाता भएको ब्रोकर वा बैंक मा गएर DMAT अन्लाईन सेवा User Id र Password लिनुहोस ।

२.दोस्रो चरण मा मोबाईल वा कम्प्युटर मा गएर www.meroshare.cdsc.com.np हान्नुहोस त्यस पछि यस्तो कोठा खोल्ने छ ।


यो फारम को सुरुको कोठामा  मा Dmat खाता खोलेको संस्था छनौट गर्नुहोस दोस्रो कोठामा DMAT अन्लाईन सेवा लिदा दिएको Login ID type गर्नुहोस् र अन्तिम कोठामा पासवर्ड हान्नुहोस Login मा क्लिक गर्नुहोस । त्यस पछि यस्तो कोठा खोल्छ ।

३. अब current issue मा क्लिक गर्नुहोस त्यस पछि IPO FPO Right share र Mutual Fund जारी गरेका कम्पनीहरु को list देखाउने छ । यस्तो देखाउने छ

४.अब तपाईले कुन कम्पनीको सेयर आवेदन दिने हो त्यसको Apply मा क्लिक गर्नुहोस त्यस पछी यस्तो फारम खोल्ने छ


यो फारम को सुरुको कोठामा कती कित्ता सेयर हाल्ने हो हान्नुहोस जस्तै ५० कित्ता हान्नुहोस दोस्रो कोठामा स्वत रकम आउने छ तेस्रो कोठामा तपाईले सि-आस्वा सुबिधा (CRN) लिएको बैंक छनौट गर्नुहोस् साखा र खाता नम्बर स्वत्त आउनेछ र अन्तिम कोठामा CRN नम्बर हान्नुहोस र Apply मा क्लिक गर्नुहोस् त्यस पछि यस्तो फारम खोल्ने छ ।


५. यो फारमको अन्तिम कोठामा जब तपाईले माथी Apply गर्नुहुन्छ तपाईंको ईमेल मा एउटा कोड नम्बर आउँछ त्यो कोड नम्बर लाई यो फारमको अन्तिम कोठा मा पेस्ट वा Type गर्नुहोस Type गर्नलाई मोबाईल को screen rotation गर्नु पर्छ  र अन्तिममा conform गरिदिनुहोस ।
अब तपाईंको सेयर आवेदन सफल भयो भनेर message आउने छ ।

६.  सेयर आवेदन गरिसके पछि check application report मा क्लिक गर्नुहोस् त्यहाँ बैंकले तपाईंको खाताको रकम chek गरेर रोक्का नगरेसम्म unverified भनेको हुन्छ भने खाताको रकम रोक्का गरिसके पछि  verified हुन्छ ।

७. अब Check application Report मा क्लिक गर्नुहोस् त्यस पछि यस्तो देखाउछ ।


यस्तो मा बैंकले तपाईंको खाता को रकम रोक्का नगरेसम्म Re-application भनेर आउँछ यस्को अर्थ तपाईले सेयर आवेदन गर्दा हानेको कित्ता संख्या परिवर्तन गर्नलाई अवसर दिएको हो । जस्तै पहिला तपाईले ६० कित्ता हान्नु पर्नेमा ५० कित्ता मात्र हान्नु भयो भने फेरि Re-application गरेर ६० कितै हान्न सक्नुहुन्छ । यसरि Re-application गर्दा अगाडि गरेको Apply रद्ध भएर नयाँ गरेको Apply आधिकारिक हुन्छ ।

 ८.  एक जना ब्यक्तिले एक पटकमा एउटा IPO तथा FPO मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पुर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफटवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ ।

९.  सि-आस्वा प्रणाली बाट सेयर आवेदन गर्दा आवेदन गरेको कित्ता बराबर रकम तपाईंको बैंक खातामा अनिवार्य हुनु पर्दछ । यदि खाता रकम छैन भने सेयर आवेदन रद्द हुनेछ ।
     यसरी तपाईहरुले घरमै बसि-बसि IPO FPO, Right Share र Mutual Fund मा सजिलैसग आवेदन  गर्नसक्नुहुनेछ ।

 अहिलेसम्म सि-आस्वा सुबिधा २८ वटै बाणिज्य तथा केहि बिकास बैंकहरु र फाइनान्स कम्पनीहरुले सुरु गरिसकेका छ्न ।

  २०७४ फाल्गुन ११ देखि CRN नम्बर अनिवार्य भएको छ । अब उपरान्त CRN नम्बर बिना सेयरमा आवेदन दिन पाईनेछैन । सि-आस्वा सुविधा लिएर सेयर आवेदन गर्दा समय र श्रमको बचत  हुनु को साथै  यो प्रविधि बुझेकाहरुलाई सेयर आवेदन गर्न ज्यादै सजिलो भएको छ ।।।।
Powered by Blogger.