Header Ads

सेयर किन्ने बेलामा ध्यान दिने हो तनाव लिने होईन

Raju Paudel's
Blog


नेपालमा धेरै सेयर लगानीकर्ताहरुलाइ सेयर खरिद गर्ने समय र सेयर खरिद बिधि तथा तरिकाहरु बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउने को संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । जबकि सबै लगानीकर्ता को उदेश्य सेयर लगानी बाट कमाउनेनि हुन्छ । आज म सेयर शिक्षा अन्तर्गत दोस्रो बजारबाट सेयर खरिद   गर्ने उपयुक्त समय र विभिन्न  विधि तथा तरिकाहरु अपनाउनदा हामीले सेयर लगानी बाट मनग्ये लाभ् लिन सकछौ भन्ने बारेमा चर्चा गर्न गइरहेकोछु । विस्वभरमा यो क्षेत्रमा बुझेर लगानी गर्नेहरुले मनग्ये लाभ उठाईरहेका छ्न भने कसैले कमाएको देखेर वहकावमा हाम फाल्नेहरुले आफनो लगानी गुमाउनु परेका घटनाहरु पनि धेरै भेटिन्छ्न ।
अहिले सेयर बजार घटेको घटैछ यस्तो अवस्थामा तल उल्लेखित बिधि तथा तरिकाहरु अपनाएर सेयर खरिद गर्नु भयो भने तपाईले पनि सेयर लगानी बाट मनग्ये आम्दानी गर्न सक्नुहुनेछ । सेयर बजारका बादसाह वारेनबफेट ले भनेका छ्न अरु डराउदा तपाई उत्तेजित हुनुहोस अरु उत्तेजित हुँदा तपाई डराउनुहोस अहिले अरु डराए सेयर बिक्री गर्दैछ्न भने तपाईले यही मौकामा  सेयर खरिद गर्नुहोस् । अहिले बजारले तपाईहरु लाई चुनौती को साथ-साथै अवसर पनि दिईरहेको छ अब तपाईले चुनौती को सामना गर्दै अवसरलाई समातनुहोस ।
अब तपाईहरुले सेयर मा लगानी गर्दा निम्नलिखित कुराहरू मा विशेष ध्यान दिनुहोस:
१. सेयरमा लगानी गर्नु अगाडि वित्तीय जग बलियो बनाउनुहोस ।
२. सर्वप्रथम सेयर बजारको ट्रेन्ड कता जादैछ भनेर गहिरो अध्यन र विश्लेषण गर्नुहोस ।
३. ट्रेन्ड पत्ता लगाईसकेपछी अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय हो कि होईन पहिचान गर्नुहोस ।
४. सेयर खरिद गर्नु अघि पर्याप्त गृहकार्य गर्ने वा समय दिन सक्ने धैर्यता चाहिन्छ जसका लागि सूचना संकलन र विश्लेषण गरेर मुल्यावन कम्पनी छनौट गर्नुपर्छ । कम्पनीको छनौट गरिसके पछि सस्तो मुल्यको पर्खाइमा बस्न सक्ने धैर्यता राख्नुपर्दछ ।
५. सेयर खरिद सामाजिक संजालमा सोधेर साथी भाईहरु ईस्टमित्र छरछिमेकिको बहकावमा र लहलैमा लागेर होईन कि कम्पनीको वित्तीय अवस्था र सुचकहरुलाई राम्रोसँग  विश्लेषण गरेर उत्तकृस्ट दस कम्पनीको सुची  बनाउनुहोस ।
६. बजार घटिरहेको  अबस्थामा  तपाईले दस उत्कृष्ट कम्पनीको सेयर खरिद गर्ने योजना बनाउनुहोस ।
७. घटदो सेयर बजारमा एकै चोटि लगानी नगर्नुहोस । घटदो बजार बाट फाईदा लिनकोलागि लगानी योग्य पुजीको कम्तीमा २०-३०% पैसा नगद राखनुहोस ।
८. घटदो सेयर बजारमा दैनिकी थोर-थोरै सेयर खरिद गर्दै जानुहोस तब सम्म यो खरिदलाई जारि राखनुहोस जब सम्म बजार घटन रोकिदैन ।
९. बजार घटने क्रम रोकिएर बढ्न सुरु गरेपछि सेयर खरिद कार्यलाई रोक्नुहोस ।
१०. पोटफोलियो म्यानेजमेन्टमा ध्यान दिनुहोस् । पोटफोलियो म्यानेजमेन्ट को अर्थ सबै अन्डालाई एउटै टोकरिमा नराखनुहोस भन्ने हो । सबै अन्डा एउटै टोकरीमा राखदा केही गरि टोकरी खस्यो भने सवै अन्डा नष्ट हुन्छन । सेयर बजारमा लगानी गर्दा पनि एउटा समुहको कम्पनीमा मात्र लगानी नगरि दुई वा दुईभन्दा बढी क्षेत्रमा लगानी गरियो भने एउटा क्षेत्रमा हुने नोक्सानीलाई अर्को क्षेत्रको नाफाले क्षतिपूर्ति गराउनु अर्थात् एउटा कम्पनीको सेयरमा भएको नोक्सानीलाई अर्को कम्पनीको सेयरमा भएको नाफाबाट क्षतिपूर्ति गराउनुनै पोटफोलियो म्यानेजमेन्ट हो ।
११. तपाईहरु के कुरामा विश्वस्त हुनुहोस् भने सेयर बजार बढेपछि घटछ घटेपछि बढछ यसको विशेषतानै बढेपछि घटनु र घटेपछि  बढनु हो त्यही भएर तपाईहरु हतारिएर उत्तेजनामा आएर बढदो बजारमा सेयर खरिद नगर्नुहोस ।
१२. बजारमा विभिन्न समुहहरु हुन्छ्न जुन समुहहरुले सेयर बिक्री गर्नु पर्यो भने विभिन्न भ्रम सिर्जना गर्ने हल्ला गर्ने भोलि बजार यति अंकले माथी जान्छ नेप्से २००० अंकमाथी जाँदैछ फलानो कम्पनीले यति प्रतिशत बोनस र हकप्रद सेयर  दिदैछ भनी बिना आधार विभिन्न सामाजिक संजाल बाट हल्ला र भ्रम फिजाएर  आफुले खरिद गरेको  सेयरको  भाउ उचालेर तपाई हामी नयाँ र साना लगानीकर्ता हरुलाई फसाएर सेयर बिक्री गर्ने र सेयर बिक्री गरिसके पछि तिनै समुह फेरि बिना आधार बजार क्रयास हुँदै छ बजार ९०० अंक भन्दा तल जादैछ भनेर साना र नयाँ लगानी कर्ताहरु लाई अत्याएर सेयर बिक्री गर्न बाध्य बनाई सस्तोमा सेयर किन्ने दाउमा हुन्छ्न यस्ता समुह बाट सधै सचेत रहनुहोस र बच्नुहोस । जस्तै बिना आधार हिमालयन डिस्टिलरी कम्पनी को सेयर केही समय अगाडि दुई हजार बाईस सय सम्म पुर्याएर बेचेको अवस्था ।
१३. राम्रो कम्पनीको अहिले बजारमा मुल्य अण्डर भ्यालुमा छ भने त्यस्ता कम्पनीको सेयर खरिद गर्नुहोस जुन कम्पनीको सेयरले बजार बुलिस ट्रेन्डमा हुँदा राम्रो फाइदा दिन्छ ।
१४. विगतका गल्तीबाट सिकनुहोस: लगानीकर्ताले बिगतमा सेयर खरिद गर्दा  गरेका गल्तीहरु जस्तै मङगोमा सेयर खरिद गरेको, बजार घटदा सेयर खरिद गर्ने पैसा आफुसँग नराखेको, उत्तेजनामा आएर सेयर खरिद गरेको, सेयर खरिद गर्दा धर्यता नगरेको, बजार बढेपछि फेरि घटछ भन्ने कुराको विचार नगरेको आदि गल्ती हुन सक्छन् यस्ता गल्तिहरु को सुची बनाउनुहोस र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउनुहोस  ।
१५. सेयर बजारमा प्रवेश गर्नु भन्दा अगाडि देशको अर्थतन्त्र, राजनीति अमनचैन, युद्ध, अशान्ति, विपत्ति, नियमनकारी निकायकहरुको कदम, प्रबिधिमा आउने परिवर्तन, बजारमा लगानी गर्ने लगानीकर्ता को आत्मबल र मनोवृत्ति, बैंकको ब्याजदर, अरु क्षेत्रमा लगानी गर्ने अवसर आदि कुराहरु लाई सुक्ष्म रूपमा अध्यन गरेरमात्र बजारमा प्रवेश गर्नुहोस् ।
माथी उल्लेखित टिप्पसहरु लाई मनन गरेर तपाईहरु बजारमा प्रवेश गर्नु भयो तपाईहरुले पनि सेयरमा लगानी गरेर मनग्ये आम्दानी गर्न सफल हुनुहुनेछ । अब तपाई ९०% गुमाउनेमा होईन १०% कमाउनेमा पर्नुहुनेछ ।
  लेखक सेयर बजारका अध्यनकर्ता हुन 
Powered by Blogger.