Header Ads

सेयर शिक्षा -३

अहिले पाकेको बाली खाने बेलामा, सेयर बजार गुल्जार हुने बेलामा बजारका गिरोह हरु विभिन्न नियमक निकायका कर्मचारी देखी ठुला लगानी कर्ता लागेर साना लगानी कर्ताहरु लाई मनोबैज्ञानिक असर पारेर सस्तो मा सेयर उठाउने खेल हुदैछ । सेयर बजार भित्र के के गतिविधि हुन्छ्न भन्ने कुरा त आजको कान्तिपुर पत्रीका मा आएको सेयर को समाचार ले पनि छर्लङ्ग हुन्छ । तेहि समाचारको असर आज सेयर बजारमा देखिएको छ त्यसकारण तपाईहरु आतिएर सेयर बेचेर बजार बाट पलायन भएर बजारका यस्ता गिरोहहरु लाई फाईदा हुने काम नगर्नुहोस् । बरु सेयर घटेको बेलामा बरु राम्रा राम्रा कम्पनीको थोर थोरै सेयर किन्दै जानुहोस अहिले किनेको सेयरले तुरुन्तै फाइदा दिन्छ । मेरो अध्यन विश्लेषण र विचारमा खास अहिले बजार घटनु पर्ने अरु कुनै पनि कारण छैन अरु कारण भनेका झिनामसिना हुन खास अहिले बजार घटनुको मुल कारण सेयर को आपूर्ति हो अर्थशास्त्र को भाषामा supply बढी र demand कम हुँदा वस्तु को मुल्य घटछ भने supply कम र demand बढी हुँदा वस्तुको मुल्य बढछ जस्तै टमटर को सिजन मा टमटर २०/३० रुपैयाँ केजि मा पाउछ किन कि supply बढी हुन्छ अहिले एक केजि  टमटर को १०० रुपैयाँ भन्दा बढिछ किन कि अहिले supply कम demand बढी भयो यस्तै अबस्था अहिले सेयर बजारमा देखिएको हो अहिले विभिन्न कम्पनीहरुले चुक्ता पुजी पुर्याउने नाममा merger लाई जोड नदिएर Right सेयर र FPO मा जोड दिएको ले सेयर को आपूर्ति सेयर बजारमा अत्याधिक भयो आपूर्ति अनुसार को माग गर्ने लगानी कर्ता को संख्या कम भएको ले विभिन्न कम्पनीले आकर्षक बोनस घोषणा गर्दा पनि सेयर बजार घटेको घटै भएको हो भने अर्कोतिर सेयर बजार घटाएर सस्तोमा सेयर उठाउने गिरोह हरु लागेर पनि सेयर बजार घटाउदै छ्न यस्तो अवस्था बाट हामी जोगिनु पर्छ  । अब बजार कता जान्छ त भन्ने धेरै को जिज्ञासा छ अब केही समय बजार यही अवस्था मा रहन सक्छ यदि हामी लगानी कर्ता ले सेयर बजार का गिरोह हरुलाई मौका दिने हो भने । अर्को कुरा सेयर को आपूर्ति अनुसार माग को वृद्धि गर्न को लागी धितोपत्र बोर्ड र नेप्सेले तुरुन्तै केही महत्त्वपूर्ण कार्यहरु को सुरुवात गर्नु पर्द्छ । तुरुन्तै online trading को सुरुवात गर्ने, बिदेशी लगानीकर्ता लाई नेपाली पुजी बजार खुला गर्ने, बजार निर्माता को व्यवस्था, mutual fund कम्पनी हरुलाई थप सक्रिय, बैंक लाई ब्रोकर लाईसेन्स दिने, ब्रोकर कम्पनी लाई margin landing को सुबिधा, आदि कार्यक्रम अघि बढाउनु पर्छ । यस्ता कार्यक्रम अघि बढने क्रममा पनि छ्न कार्तिक बाट online trading को सुरुवात हुँदै छ हिजो मात्र धितोपत्र बोर्डले केही नयाँ कार्यक्रम घोषणा गरि सकेको छ । अर्को कुरा सरकारले आज देशमा प्रदेश र प्रतिनिधि सभा को चुनाव गर्ने मितिनि तोकि सकेको छ । बैंक हरुले मुद्दती खाता को ब्याजदर ८% मा झारी सकेका छन आदि विविध सकारात्मक कुराहरू छ्न । यी माथी उल्लेख गरेका कार्यक्रम लागू हुदै जाने छ्न अनि सेयर बजार ले फेरि एउटा उचाई लिएर इतिहास रच्ने छ । अब मेरो विचारमा सेयर बजारले कार्तिक बाट एउटा उचाई लिन सुरु गर्छ तपाई हरु अहिले आतिएर कौडिको भरमा सेयर बेचेर सेयर बजार बाट पलायन हुने काम नगर्नुहोस् भन्ने हाम्रो अनुरोध छ ।।


Powered by Blogger.