Header Ads

नेपाली सेयर बजारमा भित्रीएको अन्लाईन ट्रेडिङ हात्ती आयो हात्ती आयो फुस्स त हुने होईन ?





नेपाली लगानीकर्ताको लामो संघर्ष पछि धेरै समको पर्खाइ पछि २०७५ कार्तिक  २० गते काठमाडौको एउटा तारे होटलमा तामझामका साथ अन्लाईन ट्रेडिङको उद्घाटन भएकोछ । जबकी  यस्तो अन्लाईन ट्रेडिङ भारतमा सन ९० को दशकमानै आएको थियो । भारतमा भन्दा २७-२८ बर्ष पछाडि हाम्रो बजारमा अन्लाईन ट्रेडिङ आउँदा पनि हामी लगानीकर्ता ज्यादै हर्षित र खुशी भएका छौ । अन्लाईन आएपछि भारतीय सेयर बजारले जसरी एउटा फड्को मारेको थियो जसरी बजार ६० प्रतिशत सम्म बढेको थियो । हाम्रो बजार पनि यसैगरी बढनेछ भन्ने आसामा लाखौ लगानीकर्ताले सेयरमा लगानी गरेर बसेका थिए तर दुखको कुरा कम्पनीहरुले आकर्षक वित्तीय प्रतिवेदन प्रस्तुत गरिरहदाँ पनि अन्लाईन ट्रेडिङ उद्घाटनको दोस्रो दिन देखि नेपालको सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । अन्लाईन ट्रेडिङमा सुरु देखिनै विभिन्न समस्याहरु आइरहेका छ्न । तथ्यांकहरु डिस्प्ले नहुने, लगानीकर्ताको पहिचान नहुने, सेयर म्याचिङ नहुने जस्ता समस्याहरु देखिरहेका छ्न । अन्लाईन ट्रेडिङको उद्घाटन भएको महिनादिनसम्म पनि  लगानीकर्ताले अन्लाईन मार्फत सेयर कारोवार गर्न पाउनत कहाँ हो कहाँ ब्रोकर कम्पनीमा गएर पनि सेयर खरिदबिक्री गर्न पाईरहेका छैन ।  नयाँ-नयाँ प्रबिधिको सुरुवातमा केही समस्याहरु आउनु स्वाभाविक पनि हो तर यहाँ त महिनादिनसम्म पनि अन्लाईन ट्रेडिङमा समस्या देखिरहने, लगानीकर्ताको हातमा अन्लाईन पनि न आउँदा लगानीकर्ता ज्यादै निराश भएर सेयर बेच्दा बजार निरन्तर ओरालो लागिरहेको छ, लगानीकर्ता आक्रोशित भएकाछ्न । यो नेप्सेले ल्याएको अन्लाईन होकि अफलाईन हो भनेर सामाजिक संजालहरुमा आक्रोश पोखिरहेकाछ्न ।
महिनौदिन सम्म पनि अन्लाईन ट्रेडिङमा देखिएका समस्या समाधान नहुनु दुखद कुरा पनि हो । यस बारेमा नेप्सेको प्राबिधिक टिम सँग बसेर कुरा गर्दा धेरै समस्या हल भइ सकेका बाँकी समस्याहरु पनि एक दुई दिनमा हल हुनेछ्न । ब्रोकरको तयारी नपुगेकोले पनि समस्या आएको हो भन्ने कुरा नेप्से र नेप्सेको प्राबिधिक टिमले गर्छ,  हामी छिटै लगानीकर्ताको हातमा अन्लाईन ट्रेडिङ सुम्पनेछौ पनि भन्छ । यता ब्रोकर कम्पनीले नेप्सेले पूरा तयारी नगरि अन्लाईन ल्याउदा समस्या आएको भन्ने आरोप लगाउछ । नेप्सेले ब्रोकर कम्पनीलाई ब्रोकर कम्पनीले नेप्सेलाई दोस लगाएर बसिरहेको अवस्थामा अन्लाईन ट्रेडिङमा देखिएका समस्या बाट लगानिकर्ताको सम्पत्ति दिन प्रतिदिन स्वहा भइरहेको छ ।  लगानीकर्ताले अन्लाईन ट्रेडिङमा आएको समस्या देखेर र बजारमा सुनिने विभिन्न हल्लाको पछाडि लागेर सस्तो भाउमा सेयर बेचिरहदा बजार निरन्तर घटिरहेको छ ।
नेप्सेले हामी छिट्टै लगानीकर्ताहरुलाई अन्लाईन ट्रेडिङ गर्न दिन्छौ भनिरहदा उता ब्रोकर कम्पनीहरुले जब सम्म अन्लाईन ट्रेडिङमा बैंकहरुलाई लिन्क गरिदैन तब सम्म लगानीकर्तालाई युजर नाम र पासवर्ड दिन्नौ भन्दै छ्न । ब्रोकर कम्पनीहरुको माग पनि जायज छ अन्लाईन ट्रेडिङ आएपछि पनि सेयर खरिद गरेसि पैसा भुक्तानी गर्न ब्रोकरको मा जानू पर्ने सेयर बेचेपछी पैसा लिनलाई ब्रोकर कम्पनीमै धाउनु पर्ने भए केको अन्लाईन ट्रेडिङ भयो र ? यसरी अन्लाईन ट्रेडिङमा देखिएका समस्याहरूको बारेमा नेप्से र ब्रोकर कम्पनीहरुको बिचमा जुहारी चलिरहदा बजार निरन्तर घटिरहेको छ । नेप्से र ब्रोकर कम्पनीले अन्लाईन ट्रेडिङको बारेमा जुहारी खेलेर बस्नु भन्दा पनि धेरै लामो समयको पर्खाइपछि नेपालको सेयर बजारमा आएको अन्लाईनलाई पुर्ण स्वाचालित अन्लाईन प्रणाली बनाउनु तिर लाग्नु पर्दछ भन्ने लगानीकर्ताको माग छ । यस्ता समस्या समाधान गर्न सर्वप्रथम २०५१-०५२ मा सिलोन स्टक एक्सचेञ्जले दिएको ओपन-आउट क्राइ सिस्टम बाट प्रयोग गरिदै आएको २३-२४ बर्ष पुरानो सर्वर पुरै रिप्लेस गर्नुको साथै सफटवेर र हार्डवेर नयाँ अन्तर्राष्ट्रिय स्थरको राखी अन्लाईनलाई पुर्ण स्वाचालित बनाउनु पर्छ । अहिले समय-समयमा सर्भरमा जुन समस्या आइरहन्छन् यस्ता समस्या अन्लाईन ट्रेडिमा देखिनुहुन्न । अहिले जम्मा ५० ओटा मात्र ब्रोकरले प्रयोग गर्दा  यस्तो समस्या देखिन्छ भने भोलि लाखौ युजरले प्रयोग गर्दा के हालत होला यो अन्लाईनको ? त्यस कारण ब्रोकर कम्पनीले हो कि नेप्सेले हो नयाँ यो अन्लाईनलाई सपोर्ट गर्ने सफटवेर र हाडवेर तुरुन्तै राखनु पर्ने हुन्छ । यता ब्रोकर कम्पनीको गुनासो भने अर्कै छ हामिले २० प्रतिशत कमशिन शुल्क नेप्सेलाई बुझाउन पनि पर्ने अनि हामीले नै सफटवेर राखनु पर्ने  अन्लाईन ट्रेडिङका लागि आवस्यक पुर्वाधार नेप्सेलेनै बनाउन पर्दछ भन्ने कुरा ब्रोकर कम्पनीले गरेको पनि सुनिनछ । नयाँ पुर्ण स्वाचालित अन्लाईन ट्रेडिङको लागि आवस्यक पुर्वाधार कसले बनाउने हो छिटो बनाएर अन्लाईन ट्रेडिङ लगानी कर्ताको हातमा सुम्पने काम नेप्सेले छिटो गरोस । जब सम्म आधुनिक अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा ल्याइएका सफटवेर र हार्डवेर प्रयोग गरिदैन तब सम्म अन्लाईन ट्रेडिङ पुर्ण स्वचालित हुन सक्दैन ।
जब सम्म देश बिदेशका कुनै पनि स्थानमा बसेका लगानीकर्ताले घर तथा कार्यस्थलमा बसेर मोबाइल, ल्यापटप र कम्प्युटर मार्फत सेयर खरिदबिक्री गर्न पाउने,  सेयर खरिद गरेपछि लगानीकर्ताको बैंक खाताबाट पैसा जाने डिम्याट खातामा सेयर आउने, सेयर बिक्री गरेपछि डिम्याट खाताबाट सेयर जाने बैंक खातामा पैसा आउने र यो काम टि+२ मा हुदैन तब सम्म यो अन्लाईन ट्रेडिङलाई पुर्ण अन्लाईन मान सकिदैन । यो कुरामा नेप्सेको ध्यान जाहोस, । नेप्सेले दुई-तीन वटा बाणिज्य बैंकसँग अन्लाईन ट्रेडिङलाई लिन्क गर्दैछौ भन्ने कुरा त गरेकोछ, अहिले तीन वटा बाणिज्य बैंकसँग लिन्क गरे पनि आगामी दिन सवै बाणिज्य बैंकसँग अन्लाईन ट्रेडिङलाई लिन्क गराउन पहल गरोस भन्ने माग लगानीकर्ताको छ ।
पुर्ण स्वाचालित अन्लाईन ट्रेडिङ बनाउनको लागि नेप्सले माथी उल्लेखित कुरामा ध्यान दिदै छिटो भन्दा छिटो लगानीकर्ताको हातमा अन्लाईन ट्रेडिङ सुम्पने काम गरोस ।
यसरी लामो समयको पर्खाईपछि आएको अन्लाईन ट्रेडिङ हात्ती आयो हात्ती आयो फुस्स नहोस । भन्ने लगानीकर्ताको माग छ ।
अन्तर्राष्ट्रिय बजारमा अन्लाईन ट्रेडिङको सुरुवात सँगै बजारमा जुन रौनकता आएर ६० प्रतिशत सम्म बजार बढेको पाईन्छ । हाम्रो बजार पनि पुर्ण अन्लाईन आएपछि पक्कै पनि धेरै माथी जानेनै छ भने अर्को तिर कम्पनीहरुले धेरै राम्रो प्रगति गरेको रिपोर्ट पस्किरहेका छ्न, बजारलाई असर गर्ने ब्याजदर पनि अब घटने क्रममा छ जस्तो बुझिन्छ, बजारको बियरिस चक्रपनि अब अन्तिम अवस्थामा पुग्दैछ भनिदै छ । बजार निर्माताको कुरा उठिरहेको छ, एन आर एन लाई भित्राउने नियिनियम बन्ने क्रममा छ्न । यस्तो सकारात्मक वातावरण बजारमा आउदै गरेको अवस्थामा लगानी कर्ताहरुले कौडिको भाउमा सेयर बेचेर केही महिना पछि पछुताउने काम नगरौ । बजारमा सेयर बजारका खेलाडीहरुले अन्लाईन ट्रेडिङको समस्या, कम्पनीहरुले दिएको नगद लाभांश, बैंकको ब्याजदर नघटने बरु अझ बढने हल्ला फिजाउदै बजार ९ सयमा आउँछ भन्ने हल्ला फैलाएर सस्तोमा सेयर उठाउने दाउमा छ्न यस्ता हल्लाका पछाडी लागेर  कौडिकी मुल्यमा सेयर बेच्ने काम नगरौ बरु आफुले लगानी गरेको कम्पनीको पहिलो त्रैमासिक रिपोर्ट कस्तो आयो भनेर अध्यन गर्ने तिर लागौ भन्ने अनुरोध गर्दछौ ।
    लेखक: सेयर बजारका जानकार तथा लगानीकर्ता हुन





Powered by Blogger.