Header Ads

अबको दिनमा पुँजी बजारको भबिश्य उज्ज्वल छ



मैले केही महिना अगाडि नेपालको सेयर बजार अब स्वर्णमी युगमा प्रवेश गर्दैछ भनेर एउटा लेख लेखेको थिए । जुन लेख पढेरकेहि ब्यक्तिहरुले नकारात्मक टिकाटिप्णी पनि गरेका थिए । तर आज त्यो मेरो लेखले सार्थकता पाउने वातावरण नेपालको सेयर बजारमा बन्दै गएको छ ।
हामीले धेरै लामो समय देखि उठाउदै आएका जोडदार मागहरुमा नेपालको सेयरबजारलाई पुर्ण प्रबिधिमैत्री बनाउन छिट्टै फुल फेज अन्लाईन ट्रेडिङको सुरुवात होस,  हरेक नेपालीको पहुँचमा सेयर बजारलाई पुर्याउन बैंकलाई ब्रोकर लाइसेन्स दिइयोस, सेयर कर्जाको जोखिमभार १५० प्रतिशत बाट घटाएर १०० प्रतिशत झारियोस, सेयर मुल्यांकनको ५० प्रतिशत बाट ७० प्रतिशत पुर्याईयोस, ब्याजदर एक डिजटमा झारियोस, ४ वा ४ भन्दा माथी क्रेडिट रेटिङ भएका कम्पनीको आईपिओ निष्कासन बन्द गरियोस एफपिओ र हकप्रद सेयरलाई नियमन गरियोस, बजार निर्माताको वयवस्था गरियोस, एन आर एनलाई नेपाल पुँजीबजारमा लगानी गर्ने वातावरण सिर्जना गरियोस वित्तीय संस्थाहरुको संख्या  घटाउन फोर्स मर्जर गरियोस ब्रोकर कमिशन घटाईयोस लगायतका मागहरु राखेर मंसिर १० गते बाट सुरु गरेको आन्दोलनको दबाबले अर्थमन्त्रीको निर्देशनमा केन्द्रिय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा सेयर बजारका समस्या पहिचान गर्न र समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले दिएको सुझाव प्रतिवेदनका आधारमा केन्द्रिय बैंकले लगानीकर्ताका राष्ट्र बैंकसँग सम्बन्धित सवै माग पूरा गर्दिए सँगै र धितोबोर्ड्ले पनि कार्यदलले दिएका सुझावहरु मध्य  क्रेडिट रेटिङ ५ भएका कम्पनीहरुले आईपिओ निष्कासन गर्न नपाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने र ब्रोकर कम्पनीका साखाहरु सबै परदेश र स्थानीय निकायमा पुर्याउने जस्ता कामहरू अगाडि बढाईसकेको र अन्य नितिगत कुराहरु कार्यनयनको सुरुवात सँगै नेपालको सेयर बजार स्वर्णमी युगको दुवारमा प्रवेश गर्न लागेको होकि जस्तो देखिन्छ तर बैंकहरुले ऋणको ब्याजदर अहिलेसम्म पनि नघटाएको नेप्सेले ल्याएको अन्लाईन ट्रेडिङ प्रती लगानीकर्ताले बिश्वास नगरेको, सेयर आपूर्ति अनुसार अहिलेसम्म पनि बजार विस्तार हुन नसकेको र पुस- माघ महिना नेपालको सेयर बजारको बेसिजन भएकोले पनि  बजार भने बढन सकिरहेको छैन ।
जब-जब नेपाली पुँजीबजारमा नयाँ-नयाँ  प्रविधिको प्रयोग र नयाँ-नयाँ परिवर्तन भएकाछन तब-तब बजारले एउटा नयाँ इतिहास रचेकोछ । जस्तै २०६४ सालमा ओपन-क्राइ प्रणाली बाट नेपाली पुँजी बजार कम्प्युटर प्रणालीमा प्रवेश गर्यो  तब बजारले २०६५ साल भाद्र १५ गते नेप्से सुचक ११७५ पुगेर नयाँ इतिहास रच्यो । त्यसै गरि २०७३ साल श्रावण एक देखि उपत्यका र २०७३ माघ १ देखि देशभरी डिम्याट प्रणालीलाई अनिवार्य गरियो तब नेपालको सेयर बजारले २०७३ साल श्रावण १२ गते नेप्से सुचक १८८१ पुगेर नयाँ इतिहास रचन सफल भयो । यसरी नयाँ प्रबिधिको प्रयोग र नयाँ-नयाँ नितिगत परिवर्तन सँगै-सँगै नेपाली सेयर बजारले एउटा नयाँ इतिहास रचेको देखिन्छ इतिहासलाई विश्लेषण गर्दा । अहिले पनि नेपाली सेयर बजारमा धेरै राम्रा-राम्रा परिवर्तन हुने वातावरण देखिएकाछ्न । त्यसकारण अब छिट्टैनि नेपालको सेयर बजारले फेरि अर्को एउटा इतिहास रच्न सफल हुनेछ भन्न सकिन्छ बिगतको इतिहासलाई केलाउदा ।

अहिलेसम्म नेपालको सेयर कारोवार अफलाइन बाट हुदै आएको थियो भने अहिले अन्लाईन बाट गर्न सकनी भएकोछ तर लगानीकर्ता यो अन्लाईन ट्रेडिङ प्रती तेति विश्वस्त हुन सकिरहेको देखिएको छैन । फलस्वरूप लगानीकर्ताहरु अन्लाईन ट्रेडिङ प्रती चासो देखाएको देखिदैन अहिलेसम्मको लगानीकर्ताहरुले लिएको युजर नाम र पास वार्डलाई हेर्दा । यदि फुल फेज अन्लाईन प्रणालीको सुरुवात हुने हो भने नेपाल अधिराज्यभर र संसारको जुन सुकै कुनाकाप्चामा बस्ने नेपाली नागरिकले त्यही बसि-बसि ब्रोकर कम्पनीले लगानीकर्तालाई उपलब्ध गराउने सफटवेर, युजर नेम र पासवर्डको प्रयोग गरि कम्प्युटर तथा मोबाईलको सायतामा ईन्टरनेट मार्फत दोस्रो बजारमा सेयरको कारोवार गर्न सक्नेछ्न ।

नेपाली पुँजीबजारको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा हो । बाणिज्य बैंकहरुलाई धितोपत्र व्यवसायीक कारोवार गर्न दिनुपर्ने माग भइ आएको सम्बन्धमा सम्बन्धित बाणिज्य बैंकको सहायक कम्पनी स्थापन गरि सेयर कारोवार गर्न सक्ने व्यवस्था मिलाउने कामको सुरुवात भएको छ । यसको अर्थ बाणिज्य बैंकले सेयर कारोबार गर्न खुल्ला गरिएको छ । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने बित्तिकै अहिले भएका ५० ओटा ब्रोकर कम्पनीको सिन्डिकेट तोडिनेछ र ब्रोकर कम्पनी बिचमा प्रतिस्पर्धा वृद्धि भइ लगानीकर्ताहरुले गुणस्तरीय सेवा पाउनेछ्न । बैंकले ब्रोकर लाइसेन्स पाउदा साथ नेपालको सेयरबजार ७५३ स्थानीय तहमा पुग्नेछ । त्यस पछि नेपालको सेयर बजार पुर्व-मेचीदेखि पश्चिम् महाकाली सम्म हिमाल देखी तराई सम्मका जनताको पहुँचमा पुग्नेछ ।  बैंकसँग पर्याप्त स्रोत साधन र पहुँच रहेका हुँदा दुर्गम स्थान सम्म सेयरबजारलाई पुर्याउन सजिलो हुनेछ जुन काम गर्न ब्रोकर कम्पनीलाई कठिन हुनेछ । हुनत अहिले पुँजी बजारमा बैंकलाई ब्रोकर लाइसेन्स दिन हुन्न भन्ने बहस चलिरहेको पनि छ । बाणिज्य बैंकहरुले सहायक कम्पनी खोली व्यवहारिक र बैज्ञानिक तरिकाले सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने भएकोले सेयर बजारमा नकारात्मक भन्दा पनि सकारात्मक असर गर्दछ भन्ने हाम्रो ठम्याई छ ।
बजार निर्माताको रूपमा नागरिकलगानी कोष अगाडि बढिसकेको छ । यसरी अन्लाईन ट्रेडिङको सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्स लगायतका माथी उल्लेखित नितिगत परिवर्तन सँगै नेपालको सेयर बजारले एउटा ठुलो छलाङ मार्न सफल हुनेछ भन्न सकिने आधार छ्न ।
धितोपत्र बोर्डले पनि बजार सुधारका लागि काम गरिरहेको छ । साथमा, नेप्से र सीडीएसले पनि आफ्नो  गति विस्तार गरिरहेका छन् । यसर्थ, दीर्घकालमा बजारले नयाँ गति लिने अपेक्षा गर्न सकिन्छ । बजारको दीगो विकासका लागि व्यवहारिक र नीतिगत सुधारका साथै बैंक ब्याजदर घट्नैपर्ने हुन्छ । ब्याजदर सहज नभएसम्म सेयरबजारको दीगो विकास हुन सक्दैन ।

सरकारले पुँजी बजार सुधारका कार्य अघि बढाइरहेको छ । नीतिगत र व्यवहारिक सुधारका काम निरन्तर अघि बढ्ने अपेक्षा गर्न सकिन्छ । केन्द्रीय बैंकले पछिल्लोपटक सेयर धितो कर्जामा थप सुविधा दिएको छ । मार्जिन कलमा पनि राहत दिइएको छ । यी सुधारका कदमले आगामी दिनमा बजार विकासमा सहयोग पुग्ने अपेक्षा छ ।

माथी उल्लेखित काम र नितिगत परिवर्तन सेयर बजारको विकासको लागि कोषे ढुङ्गा सावित हुनेछन् भन्नेमा आसामा आम लगानीकर्ता रहेकाछ्न । यसरी विभिन्न कोण बाट विश्लेषण गर्दा अब नेपाली पुँजीबजारले एउटा नयाँ इतिहास रच्ने सम्भावना छ । यो प्राबिधिक काम अन्लाईन ट्रेडिङ र बैंकलाई ब्रोकर लाइसेन्स वितरणसँगै अन्य महत्त्वपूर्ण कार्यहरुको थालनी सँगै नेपाली सेयर बजारमा एउटा  ब्रेकथ्रु हुनेछ र अबको केही महिनामा नेप्सेले नयाँ उचाई बनाउने सुनिश्चित छ भन्न सकिन्छ । तर अझ पनि नेपालको पुँजीबजारको विकासको लागि धेरै काम गर्न बाँकी छ्न । तर्सत अहिलेको अवस्थामा लगानीकर्ताहरुले अरुको लहैलहैमा तथा हावा अन्लाईन खबरहरु र हल्लाको पछि नलागी आफ्नो विवेक प्रयोग गरि कारोबार गर्नुहोस बजार बढ्दा मात्तिने र घटदा आत्तिने काम नगरौ बजारमा हरियाली देखेपछि जस्ता खराब कम्पनीका पनि सेयर किन्ने र बजार रातमै भएपछि राम्रा कम्पनीका सेयर पनि बेच्ने काम नगरौ । राम्रा-राम्रा कम्पनीको सेयरमा दीर्घकालीन लगानी गरौ । नेपाली सेयरबजारका अबका दिनहरु अति सुनौला छ्न ।
लेखक: सेयर बजारका जानकार तथा लगानी कर्ता हुन

   

Powered by Blogger.