Header Ads

नियामक निकायको निकम्मापनले लगानीकर्ताको सम्पत्ति हुदै छ खरानी

बिश्वका अधिकांस मुलकको सेयर बजार आधुनिक प्रबिधिमैत्री र अन्तर्राष्ट्रिय स्तरका हुँदा पनि हाम्रो देशको सेयर बजार अहिलेसम्म पनि २०औ शताब्दीको जस्तो, पुरानो ढराको प्रविधि, काठमाडौको रिङरोडमा मात्र सिमित, केही मुठ्ठी भर लगानी कर्ताको हात बाट संचालित छ । नेपालको सेयर बजारमा लाखौं लगानी कर्ताको सम्पती दिन प्रतिदिन खरानी हुँदा, र बजारमा खुलेआम सेयर कर्नरिङ हुँदा पनि लगानी कर्ताको हकहितमा काम गर्ने भनेर स्थापना गरिएका नियमन निकाय आर्थिक प्रबोलन परेर टुल टुल हेरेर बसेको आरोप लगानी कर्ताहरुले लगाई रहेकाछ्न । यति बेला बजारमा चर्चाको बिषय बनेकोछ राष्ट्रिय बिमा कम्पनी यो कम्पनीको भाद्र २५ गते बसेको संचालक समितिको बैठकले अघिल्लो पटक घोषणा गरेको १२० प्रतिशत बोनस बिमा समितिबाट अनुमती नपाएको भन्दै स्थगित गरेर ३०औ बार्षकी साधारण सभामा पाँच आर्थिक बर्षको वित्तीय विवरण मात्रै पारित गर्ने भनी निर्णय गरेको सुचान कारोवार समयमा नै एउटा अन्लाईन पत्रीकामा आएपछि राष्ट्रिय बिमा कम्पनीको सेयरमा उक्त दिन भीषण पहिरो गएको थियो क्षण भरमा नै लगानीकर्ताको अर्वौ सम्पत्ति खरानी भयो । भाद्र २६ गते उक्त अन्लाईन पत्रीकाको समाचारको आधारमा यस कम्पनीको सेयरमा व्यापक कर्नरिङ गर्न सेयर खेलाडीहरु सफल भए । जबकी राष्ट्रिय बिमा कम्पनीको संचालक समितिले गरेको निर्णयको सूचना भाद्र २६ गते मंगलबार बिहान कार्यलय खुल्ने बित्तिकै नेप्सेको वेबसाईट आएपछि मात्र अरु संचार माध्यमबाट उक्त सूचना बाहिर आउनु पर्थेयो । तर नेप्सेले कारोवार सकिए पछि मात्र उक्त सूचना आफ्नो वेबसाईटमा राख्यो । नेप्सेले आफ्नो वेबसाईटमा सूचना राखनु भन्दा अगाडि नि एउटा अन्लाईन पत्रीकाले कसरी उक्त सूचना प्राप्त गर्यो भन्ने गम्भीर प्रश्न लगानीकर्ताहरुले  उठाएका छ्न । बजारमा यस्ता गम्भीर गतिविधि हुँदा पनि धितोपत्र बोर्डले के हेरेर बसिरहेको छ भन्ने गम्भीर आसंका लगानी कर्ताहरुले गरिरहेका छ्न ।
राष्ट्रिय बिमा कम्पनीको संचालक समितीले गरेको निर्णयको सुचना नेप्सेको वेबसाईटमा आउनु भन्दा अगाडि अन्लाईन पत्रीकामा कसरी आयो ? यो सूचना अन्लाईन पत्रीकालाई राष्ट्रिय बिमा कम्पनीले दिएको कि ? नेप्सेले दियो ? यस्को तुरुन्तै छानबिन हुनु पर्छ भनेर लगानीकर्ताका संघ र लगानीकर्ताहरुको जोडदार माग छ । यो सूचना नेप्सेको वेबसाईटमा आउनु भन्दा अगाडि अन्लाईन पत्रीकामा आउनु कित राष्ट्रिय बिमा कम्पनी दोषी छ कि त नेप्से दोषी छ । पत्रीकाले त के मसाला पाउ भनेर खोजिरहेका हुन्छन मसला पाए लेखिदिए तर समाचार लेख्दा उक्त समाचारले सेयर बजारमा र लगानीकर्तामा कस्तो मनोबैज्ञानिक असर पार्दछ भन्ने कुरामा अन्लाईन पत्रीकाहरुले बिचार गर्नै पदर्छ । त्यही समाचारलाई बिजमन्डुले जसरी सकारात्मक रूपमा भाद्र २७ गते बिहान  प्रकाशित गर्यो मेरो लगानीले अलि नकारात्मक रूपमा प्रकाशन गर्दा क्षणभरमै लगानीकर्ताको अर्वौ सम्पत्ति खरानी भयो ।  बजारमा यस्ता गतिविधि भएर लगानीकर्ताहरुको सम्पत्ति क्षणभरमै खरानी हुदा पनि नत धितोपत्र बोर्डले केही बोलेको छ नत बिमा समतिले बोलेको छ नत नेप्सेले बोलेको छ नत सम्बन्धित कम्पनी नि नै केही बोलेको छ । यसरी सबै नियामक निकाय त्यहीं चुप मै चुप  भएको देख्दा यो सूचना चुवाट काण्ड सबैको मिलोमतोमा गरिएको होकि भन्ने आंसका लगानीकर्ताहरुले गरेका छ्न ।

 नेप्सेको भुमिका पनि बजारमा ठिक देखिएको छैन कुनै पनि कम्पनीले घोषण गरेको लाभांश अथवा हकप्रद सेयरको नियामक निकाय बाट अनुमती नपाएसम्म आफनो वेबसाईटमा राखनुहुदैन ।  नेप्सेका यस्ता  सूचनाहरुले पनि लगानीकर्ताहरुलाई  फसाउने काम भइरहेको छ । त्यसकारण आगामी दिनमा नेप्सेले आधिकारिक सूचना मात्र आफनो वेबसाईटमा राखने काम गर्नुपर्दछ भन्ने लगानी कर्ताहरुको माग छ ।

 राष्ट्रिय बिमा कम्पनीको यो सूचना चुवाट काण्डको तुरुन्तै छानबिन गरि दोषी माथी कडा कार्वाही हुनु पर्दछ होईन भने यो सेयर बजार भनेको केही सिमित ब्यक्तिको मात्र कमाइ खाने भाँडो रहेछ भनेर लाखौ साना र नयाँ लगानीकर्ता यो बजारबाट पलायन हुने अवस्था आउनेछ । धितोपत्रबोर्ड प्रति लगानीकर्ताहरु बिचमा रहेको अलि-अलि बिश्वास पनि बोर्डले गुमाउने छ ।

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितीको काम गराई प्रती पनि लगानीकर्ताहरु आक्रोशित छ्न । एकातिर  राष्ट्रबैंकले यति सानो मुलकमा वित्तीय संस्थाहरुको संख्या अधिक भयो भनेर बैंकहरुलाई फोर्स मर्जरमा लाने कुरा गरिरहेको छ भने अर्को तिर बिमा समितिले आर्थिक चलखेल गरेर तात्कालिन अध्यक्ष फतबहादुर केसिले रोकेको बिमा कम्पनीको लाइसेन्स वर्तमान अध्यक्ष आए पछि धमाधम वितरण गरेको भन्ने कुरा पनि बजारमा उठिरहेको छ । पहिले मर्जरको निति अख्तियार गरिरहेको बिमा समितिले हाल आएर बजार अनुसन्धान नगरिकन जथाभावी बिमा कम्पनीहरु स्थापन गर्न दिएको, प्रतिवेदन तथा प्रकाशनहरु समयसापेक्ष प्रकाशित गर्न र जनमानसमा बिमा सम्बन्धि सचेतना कार्यक्रम गर्न नसकेको, बिमा कम्पनीहरुको वासलात स्वीकृत गर्न अनावश्यक ढिलासुस्ती गरि लगानीकर्ताहरु लाई परोक्ष असर पारेको, दक्ष तथा पर्याप्त जनशक्ति व्यवस्थापन गर्न नसकेको, बिमा कम्पनीहरुले प्राथमिक सेयर जारी गर्दा ४९ - ५१ अनुपातमा सेयर जारी गर्ने व्यवस्था नगरी ३० - ७० को अनुपातमा सेयर जारी गर्ने व्यवस्था गरि पछि बजारमा आई सकेक पछि बार बार प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्न दिई साधारण  लगानी कर्ताहरुलाई ठूलो मारमा पार्ने काम गरेको, बिमा समिति बाट अनुमती लिएर पनि लामो समय सम्म हकप्रद सेयर निष्कासन नगरी बसेका बिमा कम्पनीहरुलाई केही गर्न नसकेको, एभरेस्ट इन्स्योरेन्सले पहिला ६०० प्रतिशत हकप्रद सेयर घोषणा गरि सेयरको भाउ उचालेर प्रमोटरहरुले सेयर बेचेर बाहिरीए पछि ६०० प्रतिशत हकप्रद सेयर दिन नमिल्ने कुरा गरेर लाखौ लगानी कर्ताहरुलाई डुबाएको, राष्ट्रिय बिमा कम्पनीले बिमा समिती बाट अनुमती नपाउदै १२० प्रतिशत बोनसको हल्ला गरेरे उक्त कम्पनीको सेयर उचालेर प्रति कित्ता १७००० १८००० मा बेचि लाखौ लगानी कर्तालाई डुबाउने काम गरेको आदि आरोपहरु बिमा समितिलाई लाग्ने गरेकोछन ।

लगानीकर्ताहरु पनि आफनो सम्पत्ति खरानी पार्नमा केही हद सम्म दोषि छ्न । राष्ट्रिय बिमा कम्पनीको बिगत आर्थिक बर्षका हिसाबहरुको अडिट नगरेको बिबाद सुन्दा-सुन्दै पनि कम्पनीले १२० प्रतिशत बोनस घोषणा गरेको हल्लाको पछाडि लागेर उचालिएर सेयर खरिद गर्दा अहिले उनिहरुको सम्पत्ति आधा भन्दा बढिले घटिसकेको अवस्था छ । यो घाटाले धेरै लगानीकर्ता होतोत्तसाहित बनेकाछ्न । लगानीकर्ताहरु यसरी हल्लाको पछाडि दौडिदा आज उनिहरुको सम्पत्ति खरानी भइरहेकोछ । त्यसकारण लगानी कर्ताहरुले पनि कुनै पत्रीकामा आएको समाचारलाई आधार मानेर हल्लाको पछाडि लागेर सेयर खरिद बिक्री गर्ने काम बन्दा गरौ । लगानी कर्ताले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नु पुर्व स्पष्ट योजना बनाएर कम्पनीको वासलातको अध्यन गरि, कम्पनीको आर्थिक सुसासनको बारेमा बुझेर, कम्पनीका संचालकहरुको बारेमा बुझेर, कम्पनीको प्रगति विवरण हेरेर, कम्पनीले आफ्नो ब्यापारमा के कस्तो प्रगति गरिरहेकोछ ? प्रतिसेयर आम्दानी कति छ ? प्रती सेयर मूल्य आम्दानी अनुपात कस्तो छ ? रिजर्भ फण्डको अवस्था कस्तो छ ? बोनस दिन सक्छ कि सक्दैन ? आदि कुराहरूको अध्यन र विश्लेषण गरेरे मात्र लगानी गर्ने गरौ । कागले कान लगेयो भन्दैमा कागको पछाडी दौडने होईन कि आफ्नो कान समातेर बस्ने गरौ । तब मात्र आफनो सम्पत्ति खरानि हुनु बाट जोगाउन सकिन्छ ।
  लेखक: नेपाल पुँजीबजार लगानीकर्ता संघका उपाध्यक्ष हुन । 
Powered by Blogger.