Header Ads

घटदो सेयर बजारमा कसरी गर्ने सुरक्षित लगानी ?



अहिलेसम्मको नेपालको सेयर बजारको इतिहासलाई हेर्दा एकादुई बर्ष बाहेक प्रत्येक बर्षको असार श्रावण र भाद्र महिनालाई सेयर बजारमा हरियाली छाउने महिनाको रूपमा बुझिन्छ । अर्थात सेयर बजारको लागि सिजनको महिनाको रूपमा बुझिन्छ । प्रकृतिले पनि यी महिनालाई हरियाली महिनाको रूपमा प्रस्तुत गरेको छ । तर दुर्भाग्यको कुरा यसपालि यी तिनै महिनामा नेपालको सेयर बजारमा महाखडेरी परेको अवस्था छ । खडेरीले पात सुखेर सेयर बजारको वातावरण  उजाड भएको छ । असार साउन महीनामा त खडेरी पर्यो पर्यो भदौ महिना पनि तेति राम्रो होला जस्तो अहिले सम्म को परिस्थितिलाई हेर्दा देखिदैन । सेयर बजार सँग सम्बन्धित सबै पक्षहरु सकारात्मक हुदाहुदै पनि कम्पनीहरुले धमाधम राम्रो राम्रो प्रतिवेदन निकाल्दै छ्न । कतिपय कम्पनीले त बार्षिक साधारण सभा र बोनस पनि घोषणा गरिसकेकाछ्न । बैंकहरुले बचतको व्याजदर घटाई सकेका छ्न अब सेयर कर्जाको ब्याजदर पनि घटाउन सुरु गर्नेनै छ्न । धेरै बैंक तथा बिमाकम्पनीहरुले चुक्ता पुँजी पुर्याइसकेका छ्न । अब कम्पनीहरुको हकप्रद सेयर कम आउने छ । बजारमा सेयरको अत्यधिक आपूर्ति रोकिनेछ । केही महिना पछि नेपालको सेयर बजारले प्रबिधिमा ठूलो फडको मार्दैछ फुल फेलेज अन्लाईन ट्रेडिङ आउदैछ तर पनि बजार किन निरन्तर घटिरहेको छ ? भन्ने कुरा लगानीकर्ताहरुले बुझ्नु पर्ने अवस्था छ । नेपाल लगायत संसारको कुनै पनि देशको सेयर बजारको एउटा साईकल वा चक्रहुन्छ । नेपालको सेयरबजारमा पनि पाँच छ बर्षको एउटा साइकल हुन्छ ।अहिलेसम्मको इतिहासलाई हेर्दा २०७३ साल श्रावण १२ गते नेपालको सेयर बजार १८८१ को बिन्दुमा पुगेर एउटा चक्र पूरा गरि त्यहाँ बाट फर्केको सेयर बजार  कहिले माथी कहिले तलगर्दै पिङ खेल्दै अहिले १२०० को वरिपरि घुमिरहेको अवस्था छ ।  अहिले नेपालको सेयर  बजार बियरिस अवस्थाबाट गुज्रिरहेको छ । यस  बाट लगानीकर्ताहरुलाई के कुराको अवगत हुनु पर्छ भने अर्थतन्त्रका सुचक र सेयर बजार संग सम्बन्धित पक्ष्य सबै सकारात्मक हुदाहुदै पनि बजार बियरिस अवस्था बाट गुज्रिरहेको छ भने नेप्से बढन कठिन हुदो रहेछ । अहिले सरकारलाई वा सरकारका अर्थमन्त्रीलाई दोस लगाउनु भन्दा पनि सेयर बजार आफनो चक्रमा घुमिरहेका अवस्थामा बजार  बियरिस चक्र बाट गुज्रिदै छ भन्ने कुरा बुझिदिनु पर्छ लगानीकर्ताले । बजार घटनुमा केही हदसम्म अर्थमन्त्रीको बोलिको प्रभाव पनि होला तर अहिलेको बजार घटाई बजारको चक्र अनुसार हो भन्ने पुराना लगानीकर्ताहरुको ठम्माई छ ।
अहिले सिजनका महिनामा पनि यसरी निरन्तर बजार घटिरहेको देखदा नयाँ र साना लगानी कर्ता अतालिएको अवस्था छ । नेपाली लगानी कर्ताको बिशेषता के छ भने बजार घटदाबित्तिकै  आत्तिहाल्ने र बजार बढनेबित्तिकै उत्साहित हुने प्रवृति छ । सेयर बजारमा बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर सेयरमा लगानी गर्नेहरुको संख्या पनि उल्लेखनीय हुँदा यो समस्या देखिने गरेकोछ ।
अब अहिले निरन्तर घटिरहेको बजारमा कसरी लगानी गर्दा लगानी कर्ताहरुलाई न्यून जोखिम हुन्छ भन्ने कुराहरुको विश्लेषण गरौ ।
सहि समयमा सहि निर्णय लिनुपर्दछ: सेयर बजार बुलिस ट्रेण्डतर्फ उन्मुख हुँदा प्राय लगानीकर्ता अझ नाफा कमाईन्छ भनेर बजारमा छिर्ने गर्दछ्न जुन स्वाभाविक पनि हो । तर आफुले लगानी गरेको सेयरमा राम्रो प्रतिफल प्राप्त गरेको अवस्थामा बजारबाट नाफा बुक गर्दै निस्कनु नै बुद्धिमानी हुन्छ । अझ बढी नाफा गर्छु भनेर लोभमा परेर नाफा भइसकेको कुनै सेयर च्यापेर राखनु घातक हुन सक्छ । त्यस कारण लगानी कर्ताले लगानी पुर्वनै एउटा योजना बनाउनु पर्दछ यति प्रतिशत नाफा आए पछि मैले सेयर बिक्री गर्नेछु भनेर । सेयर बजारमा लगानी गर्दा सहि समयमा सहि निर्णय हुन नसक्दाको अवस्थामा घाटा पनि हुनसक्दछ । आफू कतिसम्म घाटा व्यहोर्न तयार छु भन्ने कुराको विचार गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।
अहिले बजारमा सेयरको मुल्य धेरै सस्तो भएकोछ । सेयर सस्तो हुदैमा त्यसले राम्रो प्रतिफल दिन नसक्ने अनि मङगो हुदैमा बढी प्रतिफल दिने भन्ने धारण गलत हो । सस्तो मुल्यको सेयरले आगामी दिनमा राम्रो प्रतिफल दिन सक्छ भने मङ्गो मुल्यको सेयरले उचित प्रतिफल नदिन पनि सक्नेछ । त्यस कारण मङ्गो मूल्य हुदैमा राम्रो कम्पनी र सस्तो मूल्य हुदैमा नराम्रो कम्पनी भन्ने हुदैन भन्ने कुरामा लगानीकर्ताहरुले ध्यान दिनु पर्दछ ।
कम्पनीको बर्तामन अवस्था र कम्पनीका संचालकहरुको लगानी कर्ताहरुलाई हेर्ने दृस्ठिकोण: कम्पनीको बिगत पाँच बर्षको वित्तीय प्रतिवेदनलाई सुक्ष्मरूपमा अध्यन गरि कम्पनीको बार्षिक प्रगति प्रतिवेदन कस्तो छ ? कम्पनीले कुन कुन क्षेत्रमा लगानी गरेको छ ? कम्पनीको कसरी अगाडि बढदैछ ? कम्पनीले बजारमा कस्तो प्रस्तुति गर्दै आएकोछ ? आदि कुरामामा अध्यन गरेर मात्र उक्त कम्पनीको सेयरमा लगानी गर्नुपर्दछ । कम्पनीका संचालकमा कस्ता ब्यक्तिहरु बिराजमान छन उनीहरुले लगानी कर्ताको हितको लागि काम गर्दै आएका छ्न कि छैन ? कम्पनीले कमाए पनि नाफा नबाँडी आफै राख्ने संचालक र गलत नेतृत्व भएका संस्थाको सेयरमा भएको लगानीले सहि प्रतिफल दिन सक्दैन । अहिलेको अवस्थामा सेयर लगानी गर्दा मुल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम भएका र प्रतिसेयर आम्दानी १५ रुपैयाँ भन्दा बढी भएका कम्पनीहरुको सेयरमा लगानी गर्नु सुरक्षीत हुन्छ । जगेडा कोष रित्तो वा अति कम भएका र  मुल्य आम्दानी अनुपात धेरै भएका कम्पनीहरुको सेयर छ भने त्यस्ता कम्पनीको सेयरहरुलाई तुरुन्तै बिक्री गरि जगेडा कोष बलियो भएका र मुल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम भएका कम्पनीहरु जो भबिस्यमा १५ प्रतिशत भन्दा बढि बोनस सेयर दिने हैसियत राखदछ्न त्यस्ता कम्पनीका सेयरमा लगानी गर्नु ज्यादै बुद्धिमानी ठरिने छ ।
अहिलेको अबस्थामा लाभांशको आँकलन गरि सस्ता सेयरमूल्य भएका तर राम्रा कम्पनीहरुको सेयरमा विविधीकरण गरि लगानी गर्नु ज्यादै बुद्धिमानी हुन्छ । खासगरी प्रतिसेयर नेटवर्थको हाराहारीमा सेयर मूल्य भएका १५ प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने हैसियत राख्ने, क्रमश प्रगति गर्दै गएका कम्पनीहरुको सेयरमा लगानी गर्नु ज्यादै सुरक्षीत र उपयुुक्त हुनेछ । अहिलेको अबस्थामा सस्तो मुल्यमा सेयर किन्ने मौका छ भनेर कम्पनीको आर्थिक अवस्था र लाभांश आँकलन नगरी जस्तो पायो त्यस्तो कम्पनीको सेयर कौडिको भाउमा पाए पनि खरिद गर्नुहुदैन ।
अहिलेको घटोदो बजारमा सेयरमा लगानी गर्दा आफुसँग भएको पैसा एकै चोटि लगानी नगरी दैनिक घटदो बजार बाट फाइदा लिन थोर थोरै राम्रा राम्रा कम्पनीका सेयर उठाउदै जानू बुद्धिमानिहुनेछ ।
 यी कुराहरु बाहेक कम्पनीले प्रत्येक बर्ष सन्तुलित दरले लाभांश दिएको छ कि छैन ? कम्पनीको कमाई निरन्तर बढिरहेको छ कि छैन ? संस्थागत सुसान छ कि छैन ? हकप्रद सेयरलाई भन्दा बोनस सेयरलाई जोड दिदै आएको छ कि छैन ? नगद लाभांश र बोनस सेयर मिलाएर दिदै आएको छ कि छैन ? आदि कुरामा विचार पुर्याएर अहिलेको घटेको बजारमा बुद्धिपुर्ण तरिकाले लगानी गर्न सकियो भने सेयर बजार बाट केही समय पछि मङ्ग्य आम्दानी गर्न सकिनेछ । अबको केही महीना पछि फुल फेलेज अन्लाईन ट्रेडिङको सुरुवात हुनेछ बजारले वियरिस साईकल पूरा गरि बुलिस साइकलको यात्रा सुरु गर्नेछ । त्यसकारण अहिलेको घटदो सेयर बजारमा माथी उल्लेखित कुराहरुलाई मनन गर्दै अरुको लहलहैमा लागेर हल्लाको भरमा सेयरमा लगानी नगरी आफै कम्पनीको बारेमा बुझेर अध्यन गरेर बजारका पुराना अनुभवी लगानी कर्ताहरुको सरसल्लाह लिएर लगानी गर्नुहोस । अहिलेको लगानीले लगानीकर्ता लाई छिटै प्रतिफल दिनेछ । अहिले रोपेको आँप छिट्टै फल्नेछ भन्ने कुरामा ढुक्क हुनुहोस् ।


Powered by Blogger.