Header Ads

बामपंथी सरकारसँग तर्सेको सेयर बजार


Raju Paudel
Blog's
नेपालको सेयर बजारको २० वर्षे इतिहासमा २०७३ साउन १२ गते नेप्से १८८१ पुगेर एउटा नयाँ इतिहास रचेको थियो । बजारले यो इतिहास रचिरहदा देशमा प्रधानमन्त्रीको रूपमा केपि शर्मा ओलि थिए  । त्यस यता निरन्तर रूपमा नेपालको सेयर बजार ओरालो लागिरहेको छ ओरालो लाग्दै गत साल नेप्से १८८१ बाट  १२१८ सम्म पुगेर फर्केको बजार गत साल चैत्रमै १७७० सम्म पुगेको थियो भने यो बर्ष ११३७ सम्म आएर फर्केको बजार १४६७ सम्म पुगेको थियो । त्यस यता भने सेयर बजार निरन्तर घटिरहेको छ । विगतका चुनावी वर्षका बजारको ट्रेन्डलाई हेर्दा सेयर बजार बढेको पाईन्छ, त्यही  ट्रेन्डलाई हेरेर धेरै सेयर लगानीकर्ताका जानकार तथा बिश्लेषकहरुलाई लागेको थियो, यो बर्ष नेपालमा स्थानीय, प्रादेशिक र राष्ट्रिय चुनाव भएको छ, अब त पक्कै पनि बजार बढ्छ तर बजार बढेन । त्यसपछि नयाँ स्थिर र बलियो सरकार बनेपछि त पक्का पनि बजार बढ्छ भन्ने आशा गरेका थिए, फेरि पनि प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको साथ बलियो र स्थिर पाँचबर्ष सम्म चल्ने सरकारको नेतृत्व गर्दै यो देशको प्रधानमन्त्रीको रूपमा आएका छ्न । तर वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलि जि ले शपथ लिदाको दिन मात्र  बजार ३६ अंकले बढेको थियो भने त्यस यताका दिनहरूमा निरन्तर घटिनै रहेको छ । यसरी स्थिर र दुईतिहाइ बहुमत सहितको बलियो सरकार बन्दा पनि बजार निरन्तर घटिरहदा धेरै सेयर लगानीकर्ता निराश हुनुको साथै यो बामपंथी सरकारसँग आक्रोशित पनि छ्न । निरन्तरको बजार घटाई बाट आत्तिएर धेरै नयाँ र साना  लगानीकर्ता बजार बाट पलायन भएको अवस्था छ ।
नेपालको इतिहासमा नेप्सेले एउटा इतिहास रचदा प्रधानमन्त्रीको रूपमा केपि शर्मा ओलि थिए र अहिले पनि प्रधानमन्त्रीको रूपमा तिनै केपि शर्मा ओलि आउदा फेरि बजारले एउटा लय समातेर नयाँ इतिहास रच्ने छ भन्ने आसा अधिकांश लगानी कर्ताहरुलाई लागेको थियो । चुनावी समयमा बजार घटिरहदा अहिलेका प्रधानमन्त्री केपि शर्मा ओलिले हामीलाई बदनाम गर्नको लागी बजार घटाइदैछ हाम्रो सरकार बनेपछि पुँजीबजारको विकासको लागी कुनै कसर बाँकी राखने छैनौ त्यस पछि बजारमा आउने छ उछाल तपाईहरु ढुक्क भएर सेयरमा लगानी गर्नुहोस भन्दै चुनावी सभाहरुमा भाषण गर्दै हिडेका थिए र त्यती बेला बजार घटाईको अवगत गराउन ओलि निवास  बालकोटमा भेटन गएका विभिन्न लगानीकर्ता संघका नेता तथा पदाधिकारीहरुलाई पनि यस्तै आश्वासन दिएका थिए । त्यही आश्वासनलाई सुनेर लगानीकर्ताले त्यति बेला धेरै सेयर किनेर बसेको अवस्था थियो । तर दुर्भाग्यको कुरा तिनै केपि शर्मा ओलि नेपालका वर्तमान प्रधानमन्त्री भएपछि बजार निरन्तर रुपमा घटिरहदा पनि यो सरकारले बजार घटाईको समस्या समाधान गर्न कुनै नीति र कार्यक्रम ल्याउन पहल गरेको अवस्था देखिरहेको छैन । बजार घटिरहेको अवस्थामा नयाँ अर्थमन्त्रीको रूपमा नेपालकै विद्वान अर्थविद डाक्टर युवाराज खतिवडा नियुक्ति भएर आए । धेरै लगानीकर्तालाई लागेको थियो यस्ता विद्वान  अर्थविद अर्थमन्त्री भएपछि अब चाहिँ नेपालको सेयर बजार धेरै राम्रो हुनेछ । झन नयाँ  अर्थमन्त्रीको रूपमा युवाराज खतिवडा नियुक्ति संगै घटिरहेको सेयर बजारमा बलेको आगोमा घ्यू थपे जस्तै हुदै आइरहेको छ ।
    प्रधानमन्त्री केपि शर्मा ओलि र अर्थमन्त्री डाक्टर युवाराज खतिवडासँग आम लगानीकर्ताले नेपालको पुँजीबजारको  पुर्वाधार विकासको लागि कुनै कसर बाँकी राखने छैन भन्ने आसा लिएका थिए । तर दुर्भाग्यको कुरा यो बामपंथी सरकारकको अर्थमन्त्रीको रूपमा डाक्टर युवाराज खतिवडा नियुक्त भएर आएपछि नेपालको सेयर बजार उल्टो दिशामा कुदिरहेको छ । तर सेयर बजारमा आगलागी भैरहदा रोमका सम्राट रोममा आगलागी भइरहेको बेलमा मुरली बजाएर बसेझै हाम्रा अर्थमन्त्री पनि मुरली बजाएर बसिरहेका छ्न । यो बामपंथी सरकारले पुँजीबजारको पुर्वाधार विकासको लागी कुनै निति तथा योजना निर्माणको त कुरै छोडौ अहिलेका अर्थमन्त्री पुँजीबजारको लागी त खलनायकै रूपमा देखिरहेका छ्न । अर्थमन्त्रीले कहिले सेयरबजार भनेको अनुत्पादक क्षेत्र हो भन्ने, कहिले सेयरमा लगानी गर्नु भन्दा मुद्दति खातामा पैसा राखेर बस्नु उचित हुन्छ भन्ने, कहिले मलाई दोस्रो बजारको चिन्ता छैन । मलाई चिन्ता तेतिबेला हुन्छ जतिबेला कुनै कम्पनीले पुँजी संकलनको लागि आईपिओ जारी गर्छ र आईपिओ बिक्री हुदैन भन्दै हिडने । कहिले घाटामा सेयर बेच्दा पनि पुँजीगत लाभकर तिर्नु पर्छ भनेर परिपत्र जारी गरेर लगानी कर्तालाई सेयरबजारको कारोवरै ठप्प पार्ने गरि आन्दोलित गराउने । दोस्रो बजार प्रती अर्थमन्त्रीले निरन्तर यस्ता नकारात्मक कुरा गर्दै हिडदा उच्च ब्याजदर र अधिक सेयर आपूर्तिको मार खेपिरहेको बजारमा बलेको आगोमा घ्यू थप्ने काम भइरहेको छ । वर्तमान अर्थमन्त्रीलाई के कुराको हेक्का हुनु पर्यो भने दोस्रो बजारको विकासको लागी जोड नदिने, दोस्रो बजारलाई यो नाजुक अवस्थामा पुर्याउने नियामक निकायले कुनै पनि कदम नचाल्नेहो भने कुनै पनि कम्पनीले जारी गरेको आईपिओ पनि  बिक्री हुने छैन जबकि एफपिओ र अकस्न सेयर बिक्री हुन छाडी सकेको अवस्था छ । उदाहरणको लागि  एनएमबी बैंकले जारी गरेको एफपिओ बिक्री नभएर धितोपत्र बोर्डले रातारात एफपिओ बिक्रीको नियम परिवर्तन गर्नु पर्ने अवस्था सिर्जना भएको छ । लगानी कर्ताले आईपिओमा लगानी गर्नुको उदेश्य भबिस्यमा यो कम्पनीको सेयरले दोस्रो बजारमा राम्रो मुनाफा दिनेछ तेहि बेला सेयर बेचेर नाफा कमाउला भन्ने हुन्छ । जब दोस्रो बजारनै यसरी ध्वस्त हुदै गयो भने केही समयपछि आईपिओ सेयर पनि बिक्रीहुने वाला छैन ।
   अहिलेको सरकारले जुन नारा देशको विकास गर्ने भनेरे दिनरात रटान लगाउदै आइरहेको छ । साच्चिकै यो सरकारले देशको आर्थिक विकास गर्न हो भने पुँजी परिचालन गर्ने प्रमुख थलो पुँजीबजारको पुर्वाधार विकासको लागि तुरुन्तै केही कदम चाल्नु पर्ने हुन्छ । अर्थतन्त्रको ऎनाको रूपमा हेरिने पुँजीबजारको अवस्था यस्तो नाजुक हुँदै जानेहो भने कसरी देशको विकासको लागि वैदेशिक लगानी भित्राउन यो सरकार सफल होला ? के पुँजीबजार को विकास बिना देशको अर्थतन्त्र बलियो होला ? के नेपाली लगानी कर्ताको विश्वास जित्न नसक्ने यो सरकारले बिदेशी लगानी कर्ताको विश्वास जित्न सक्ला ? आदि प्रश्नहरु अहिले नेपाली लगानी कर्ताहरु माझमा उब्जिएका छ्न ।
   अब कति पनि ढिलाई नगरी यो  सरकारले नेपालको पुँजीबजारको विकासको लागि तुरुन्तै सहि कदम नचाल्नेहो भने यो बजारमा आवद्ध तीसलाख लगानीकर्ता यो बामपंथी सरकारसँग बिचक्ने छ्न । अर्को चुनावमा यो सरकारको नेतृत्व गर्ने नेपाल कम्युनिस्ट पार्टीलाई भोट दिने त कुरै छाडौ त्यो चुनावमा यो पार्टिलाई हराउनको लागि यी तीसलाख जनता लागिपर्नेछन । अर्को चुनावमा पनि यो कम्युनिस्ट पार्टीले शान्दार जित हासिल गर्नेहो भने माथिका कुराहरूलाई मनन गर्दै यो वामपन्थी सरकारका वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलि र अर्थमन्त्री ज्युले तुरुन्तै नेपाली पुँजीबजारको पुर्वाधार विकासको लागि स्पष्ट पाँच बर्षे योजना बनाएर अगाडि बढनु पर्दछ ।
  अहिले नेपाली पुँजीबजारमा देखिएका प्रमुख समस्याहरु जस्तै उच्च ब्याजदर, अधिक सेयर आपूर्ति, पुँजीगत लाभकरको समस्या, काठमाडौको चक्रपथ भित्रमात्र सिमित नेपालको सेयर बजार, पचास वटा ब्रोकर कम्पनीहरुको सिन्डिकेट, बजार निर्माताको अभाव आदि जस्ता समस्याहरुको पहिचान गरि यस्ता समस्याहरु समाधान गर्ने स्पष्ट खाका तथा योजना निर्माण गरि कार्यान्वयनको लागि नियमाक निकायहरु धितोपत्र बोर्ड नेप्से राष्ट्रबैंक बिमा समिति र अर्थमन्त्रालयलाई निर्देशन गरि सरकार अगाडि बढनुपर्दछ । कतिपय समस्याहरु अब जारी हुदै गरेको मौद्रिक नीति मार्फत पनि समाधान गर्न सकिन्छ ।
    यसरी वर्तमान सरकारले पुँजीबजारका विद्यमान समस्याहरुको पहिचान गरि समाधानका उपायहरूको अबलम्बन गर्दै नेपालको पुँजीबजारलाई अबको केही बर्ष भित्रमा अन्तर्राष्ट्रिय स्तरको, प्रविधि मैत्री र सबै नेपाली जनताको पहुँचमा पुग्ने गरि विकास गर्न यो सरकार सफलहोस र अब को चुनावमा तीस लाख भन्दा बढी लगानीकर्ताहरुको मत सबै यहि सरकारको नेतृत्वगर्ने पार्टिले प्राप्त गरोस् भन्ने कामना गर्दछौ ।
 






Powered by Blogger.