Header Ads

ओलिको डाक्टरले घाइते बनाएको बजारमा मौद्रिक नितिको मल्हम लाग्ला ?

Raju Paudel
Blog's

नेपालको सेयर बजारको इतिहासलाई अध्यन गर्दा पाँच बर्षको अबधिमा एउटा बुलिस्ट र बियरिस्टको चक्र बनाएको पाईन्छ । जस्तै २०६५ सालको भाद्र १५ गते ११७५ पुगेको नेप्से २०६८ साल असार १ गते नेप्से झरेर २९२ मा पुगेको थियो । त्यसपछि बढदै गएर २०७३ साल श्रावण १२ गते नेप्सेले नयाँ इतिहास रच्दै १८८१ सम्म पुगेको थियो । त्यस पछि बजार घटदै आएर १२०० को वरिपरि नाचिरहेको छ । यो इतिहासलाई हेर्दा नेप्से बुलिस्ट बाट बियरिस्ट हुन २ बर्ष १० महिना जति लागेको रहेछ भने बियरिस्ट बाट बुलिस्ट हुन लगभग ५ बर्ष लागेको देखियो । यसबाट के बुझिन्छ भने जति सजिलो पहाडको ओरालो झर्न हुन्छ त्यो भन्दा गाह्रो उकालो उक्लन हुन्छ । यसरी इतिहास लाई केलाउदा अहिले नेपालको सेयरबजार त्यही चक्र अनुसार  बियरिस्ट अवस्था बाट गुज्रिरहेको छ ।
   बजार बिरियस्टी अवस्था बाट गुज्रिरहेको अवस्था भएतापनि धेरै लगानी कर्तालाई लागेको थियो । यो चालु आर्थिक बर्षमा नेपालमा तिनवटा चुनाव भए चुनाव पछी बजारले एउटा सकारात्मक लय लिनेछ तर लिएन । किनकि यस अगाडिका चुनाव पछि बजार बढेको इतिहास छ । वेटिङ प्रधानमन्त्रीको रूपमा रहेका केपि शर्मा ओलिले विभिन्न चुनावी सभा र लगानी कर्ताहरुको भेटमा नयाँ सरकार बनेको दिन लगानीकर्ताहरुले दिपावली गरेर मिठाइ खाए हुन्छ । नयाँ सरकारले लिने नीतिका कारण सेयर बजार असाधारण रूपमा बढछ भनेका थिए । ओलिको यहि भनाईले धेरै लगानीकर्तालाई लागेको थियो ओलि सरकार बनेपछि सेयर बजारमा आउने छ उछाल तर दु:खद कुरा ओलि सरकार बनेको दिन बाहेक बजार निरन्तर घटिरहेको छ । अझ ओलि सरकारकै अर्थमन्त्री बजार प्रती यति अनुदार भइदिए कि उनको अभिव्यक्तिकै कारण लगानीकर्ताले करोडौं गुमाउन पुगे । सायद यहि कारण हुनुपर्छ अहिले लगानीकर्ता बजार गिरावट ओलि सरकारका अर्थमन्त्रीका कारण  भएको भन्दै चौतर्फी आक्रोश पोखिरहेका छ्न ।
  चुनावी समयमा वेटिङ प्रधानमन्त्रीले नयाँ सरकारले लिने नितिका कारण सेयरबजार असाधारण रूपमा बढछ भनेकोले नीति र कार्यक्रम तथा बजेटमा नेपालको पुँजीबजारको पुर्वाधार विकासको लागि धेरै राम्रा योजना तथा कार्यक्रम आउने अपेक्षा गरिएको थियो तर ओलिको भनाइ अनुसारका कार्यक्रम र योजना न त नीति तथा कार्यक्रम आउन सके न त बजेटमा नै आउन सके । निति तथा कार्यक्रम र बजेट पछि त झनै बजारको गति ओराली लागेको हिरणको चाल भएको छ । एका दुई दिन बाहेक बजार निरन्तर घटिरहेको छ । त्यही पनि लगानीकर्ताले आसा मारिसकेका छैन । लगानीकर्ताको अबको आसाको त्यान्द्रो भनेको मौद्रिक नितिछ । लगानीकर्ता धेरै समयदेखि आसाबादी भएर बसेका छ्न । यो अवस्थमा  बजारमा नबढे पनि यो अवस्थामा त बजार बढलानी भन्दै आसा गर्दै बसिरहेकाछ्न । गत सालको कार्तिकमा अन्लाईन ट्रेडिङ आउछ भन्ने आसा देखि बजेटको आसा सम्म लगानीकर्ता धैर्य गरेर बसिरहेका छ्न । अझै पनि मौद्रिक नीति बजार अनुकूल आउँछ र बजारले एउटा लय समातेर माथी तिर लाग्ने छ भन्ने आसा लिएर लगानीकर्ता बसिरहेका छ्न ।

 लगानीकर्ताको यो धेरै लामो समय देखिको आसालाई निराशा बनाउने काम मौद्रिक नितिले नगरोस भन्ने अनुरोध आम लगानिकर्ताले गरेका छ्न ।
अब केही दिनमा आउन लागेको चालु आर्थिक बर्षको मौद्रिक नितिमा लगानीकर्ताको यो निरासालाई आसामा बदलनको लागि निम्नलिखित कुराहरुलाई समेटिनु पर्छ ।

१. मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सिमा ५० प्रतिशत बाट बढाएर ८० प्रतिशतसम्म बनाउने । ५० लाखसम्म शेयर कर्जा लिनेलाई धितोको ८० र अन्यलाई ६० प्रतिशत कायम गर्ने ।

२. यति सानो देशमा यति धेरै वित्तीय संघ संस्था हुनु उचित होईन त्यस कारण वित्तीय संस्थाहरुको संख्या कम गर्नकोलागी अनिवार्य विग मर्जरको नीति आहोस ।

३. पुँजी बजारको दायरा फराकिलो बनाउन मौद्रिक नितिमा बैंक तथा मर्चेन्ट बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने नियमको व्यवस्था गरियोस ।

४. सेयर बजारको सबै भन्दा ठूलो शत्रु बैंकको उच्च ब्याजदर हो त्यस कारण अहिले बैंकहरुमा देखिएको तरलता समस्या समाधान गर्दै उच्च ब्याजदरलाई कम गर्ने सयंत्रको विकास गरियोस ।
५. बैंकले प्रधान गर्ने विभिन्न कर्जाहरु मध्य सेयर कर्जाको औसत भरती जोखिम १५० प्रतिशत भएको हुँदा यसलाई घटाएर १०० प्रतिशतमा झारियोस आदि ।

मौद्रिक नितिमा यी र यस्ता कुराहरुलाई समेटर लगानी कर्ताहरुलाई केही राहत दिने काम होस तर पुराना लगानी कर्ताको भनाई अनुसार अहिले  सेयरबजारमा घटने चक्र सुरु भएको हुँदा अहिलेको घटाइ राजनितीक भन्दा पनि चक्रीय हो  केही समयपछि बजारमा सुधार आउने छ ।  बाँकी जे जस्ता कुरा भए पनि यो बामपंथी सरकारले सेयरबजारको बिकास विस्तारको लागि कुनै कसर बाँकी राखनु हुदैन । तीस लाख लगानीकर्तालाई खुशी पार्न र समग्र अर्थतन्त्रको विकासको लागि सेयरबजारलाई प्रविधिमैत्री अन्तर्राष्ट्रिय स्तरको र सारा नेपालीको पहुँच पुग्ने गरि विकास गरिनु पर्दछ ।
     
Powered by Blogger.