Header Ads

सेयर शिक्षा भाग ६: नेटवर्थ बुक क्लोज र मुल्य समायोजन भनेको के हो ?


Raju Paudel
Blog's

सेयर शिक्षा भाग पाँचमा सेयरलगानीकर्ताले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुभन्दा अगाडि बुझनै पर्ने महत्त्वपूर्ण दुई सुचकहरु प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपातको बारेमा जानकारी दिने कोशिश गरेको थिए । मलाई आसा छ धेरै लगानी कर्ताहरुले सेयर शिक्षा भाग पाँच पढिसकेपछी प्रतिसेयर आम्दानी र मुल्य आम्दानी अनुपातको बारेमा धेरै कुरा बुझ्नु भएहोला  । आज म सेयर शिक्षा भाग छ मा प्रतिसेयर नेटवर्थ, बुक क्लोज र मुल्य समायोजनको बारेमा नयाँ लगानीकर्ताहरु जानकारी दिने जमर्को र्गर्दैछु ।

किताबी मूल्य वा नेटवर्थ भनेको के हो ? नेटवर्थ कसरी निकालिन्छ ?

कम्पनीको चुक्ता पुँजी र सम्पुर्ण जगेडाहरुको जोडनै कम्पनीको नेटवर्थ हो । कुल नेटवर्थलाई कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रती सेयर नेटवर्थ वा सेयरको कितावी मुल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउदा बाँकी रहने शेषका रूपमा पनि बुझन सकिन्छ । जस्तै तपाईले तीन करोड रुपैयामा घर बेच्नु भयो तपाईलाई घर निर्माण गर्दा असिलाख रुपैया ऋण लागेको थियो । घर बेचेर आएको तिनकरोड रुपैया मध्य असिलाख रुपैया ऋण तिरेपछिको बाँकी दुई करोड बिसलाख रुपैयालाई खुद सम्पत्ति वा नेटवर्थ भनिन्छ । अर्थात कुल सम्पत्ति-कुल दायित्व नै कुल नेटवर्थ हो ।

प्रतिसेयर कितावी मुल्य वा नेटवर्थ निकाल्ने सुत्र यस प्रकार छ  :
प्रतिसेयर नेटवर्थ= कुल कितावी मुल्य÷कुल साधारण सेयर संख्या
प्रतिसेयर नेटवर्थ धनात्मक वा ऋणात्मक कुनै पनि हुन सक्छ ।
धनात्मक प्रतिसेयर नेटवर्थ:  धनात्मक प्रतिसेयर नेटवर्थले तत्काल कम्पनी बन्द हुने हो भने सेयरधनिले कम्पनीबाट एक सेयर बराबर फिर्ता प्राप्त गर्न सक्ने रकमलाई जनाउदछ जस्तै कुनै कम्पनीको प्रतिसेयर नेटवर्थ ४२५ हुनु भनेको तत्काल कम्पनी बन्द भएमा दायित्वको भुक्तानी गरिसकेपछि सेयरधनीले उक्त कम्पनी बाट प्रतिसेयर ४२५ रुपैयासम्म फिर्ता पाउन सक्छ भन्ने बुझिन्छ । धनात्मक प्रतिसेयर नेटवर्थले कम्पनीको वित्तीय स्वास्थ्यता सँगै लगानी सुरक्षाको पनि मापन गर्दछ । त्यसकारण धनात्मक र उच्च नेटवर्थ भएका कम्पनीको सेयर खरिद गर्नु लगानीको दृस्टीकोण बाट सुरक्षीत मानिन्छ ।

 ऋणात्मक नेटवर्थ: कम्पनी तत्काल बन्द हुँदा सेयरधनिले कम्पनी बाट केही पनि नपाउने उल्टो कम्पनीलाई रकम तिर्नु पर्ने अवस्थालाई ऋणात्मक नेटवर्थ भनिन्छ । तर संयुक्त पुँजी कम्पनीमा सेयर लगानीकर्ताको दायित्व सिमित हुने भएकोले कम्पनी बन्द हुदा वा टाट पल्टिँदा पनि सेयरधनिले थपरकम भने कम्पनीलाई तिर्नु पर्दैन । कुनै पनि कम्पनी लगातार घाटामा गएर संचित नोक्सानी बढदै गई सेयर पुँजीभन्दा संचित नोक्सानी बढी भएमा नेटवर्थ ऋणात्मक हुन जान्छ । सेयर संख्या बढदै जादा प्रतिसेयर नेटवर्थ घटदै जान्छ । कम्पनीले बोनस सेयर, हकप्रद सेयर तथा थप सेयर जारी गर्दा सेयर संख्या बढन गई प्रतिसेयर नेटवर्थ घटन जान्छ । प्रतिसेयर नेटवर्थ घटन जादा बजारमा सेयरको मुल्य पनि घटन जान्छ । अर्को तिर प्रतिसेयर नेटवर्थ बढदै जादा बजारमा सेयरको मुल्य पनि बढदै गएको पाईन्छ । यसरी प्रतिसेयर नेटवर्थ र सेयर मुल्यको सम्बन्ध सकारात्मक हुन्छ ।
हामी सेयरलगानी कर्ताले दोस्रो बजारमा कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नु भन्दा अगाडि यो नेटवर्थको सुचकलाई गहिरो सँग अध्यन गरेर मात्र सेयरमा लगानी गर्नु पर्दछ । साथै लगानी कर्ताले कुनै पनि कम्पनीको सेयर छनोट गर्दा नेटवर्थ र बजार मुल्यको फरक न्यून भएका वा बजार मुल्य र नेटवर्थको अनुपात तुलनात्मक रुपमा कम भएका र उच्च धनात्मक नेटवर्थ भएका कम्पनीको सेयर छनोट गर्नु उपयुक्त हुन्छ ।

बुक क्लोज र मुल्य समायोजन भनेको के हो ?
 धेरै नयाँ लगानी कर्ताहरुलाई दोस्रो बजारबाट कहिलेसम्म सेयर खरिद गर्दा नगद लाभांश बोनस सेयर र हकप्रद सेयर पाईन्छ साथै साधारण सभामा भाग लिनलाई कहिलेसम्म सेयर खरिद गर्ने भन्ने कुराको ज्ञान नहुदा बोनस सेयर र हकप्रद सेयर छुटेको र बोनस तथा हकप्रद सेयर खाने साधारण सभामा भाग लिने भनेरे बुक क्लोज पछाडि सेयर खरिद गरेर फसेको अवस्था पनि छ । आज म नया लगानी कर्ताहरुलाई दोस्रो बजार बाट कुन मिती सम्म सेयर खरिद गर्दा बोनस सेयर र हकप्रद सेयर लिन पाइन्छ भन्ने कुराको अवगत गराउदछु ।
दोस्रो बजार बाट कुन मितिसम्म सेयर खरिद गर्दा नगद लाभांश बोनस सेयर र हकप्रद सेयर प्राप्त गर्न सकिन्छ भनेरे छुटयाउने मितिलाई बुक क्लोज मिति भनिन्छ । बुक क्लोज मिति नगद लाभांश बोनस सेयर र हकप्रद सेयरको वितरणको लागि मात्र नभएर साधारणसभा प्रयोजनकोलागि पनि  तोकेको हुन सक्छ । जस्तै  देव विकास बैंकले फेरि असार १५ देखि २७ गतेसम्मलाई बुक क्लोज मिति घोषणा गरेपछी लगानीकर्ता अलमलमा परेकाछ्न । धेरै लगानीकर्तालाई यो बुक क्लोज मिति लाभांश प्रयोजनको लागि हो कि भन्ने भ्रम परेको छ । जबकि लाभांश प्रयोजनको लागि गत कार्तिक २२ गते नै बुक क्लोज मिति तोकिसकेको हो । त्यस कारण लगानीकर्ताले कुनै कम्पनीले कुन प्रयोजनको लागि बुक क्लोज मिति तोकेको हो भन्ने कुरा बुझनु पर्दछ ।

नेपाल टेलिकमले ५० प्रतिशत नगद लाभांशको लागि २०७४ बैशाख ५ गतेलाई बुक क्लोज मिति तोकेको थियो । बैशाख ४ गते नेपाल टेलिकम को बजार मुल्य रु ७०० थियो भने । अब लगानी कर्ताले बैशाख ४ गते सम्म नेपाल टेलिकमको सेयर खरिद गरेमा ७० प्रतिशत नगद लाभांश खान पाउने छ्न ।
 चालू आर्थिक वर्षबाट एक्सचेञ्जले नगद लाभांश पनि समायोजन गर्ने नीति लिएको छ । एक्सचेञ्जले लिएको नीतिअनुसार बजार मूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश दिएमा मूल्य समायोजन गरिने भएको छ । नगद लाभांश पनि समायोजन गर्न लागे ।

 बोनस सेयर वितरणको लागि सिद्धार्थ बैंकले २०७४ पुस १० गतेलाई बुक क्लोज मिति तोकेर ३० प्रतिशत बोनस सेयर घोषणा गर्यो उक्त कम्पनीको बजार मुल्य पुस ९ गते रु ३८० थियो भने । अब २०७४ साल पुस ९ गतेसम्म दोस्रो बजार बाट सेयर खरिद गर्ने लगानी कर्ताले ३० प्रतिशत बोनस सेयर खान पाउनेछ्न ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २०७५ जेठ १५ गतेलाई बुक क्लोज मिति तोकेर ४० प्रतिशत हकप्रद सेयर घोषणा गरेको छ । जेठ १४ गतेको दिन यस कम्पनीको बजार मुल्य ९६० थियो भने । अब जेठ १४ गते सम्म दोस्रो बजारबाट सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले ४० प्रतिशत हकप्रद सेयर खान पाउने छन भने जेठ १४ गते पछि सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर खरिद गर्नेले ४० प्रतिशत हकप्रद पाउने छैन । यसरी बुक क्लोजको   मितिको अघिल्लो दिन सम्म सेयर खरिद गर्नेले मात्र नगद लाभांश बोनस सेयर र हकप्रद सेयर पाउन सक्नेछ्न ।

नगद लाभांश बोनस सेयर र हकप्रद सेयर बितरण पछि कसरी हुन्छ मुल्य समायोजन ?
१. नगद लाभांश बितरण पछिको मुल्य समायोजन यसरी गरिन्छ ।
बुक क्लोजपछिको मुल्य = बुक क्लोजभन्दा अघिल्लो दिनको सेयरको अन्तिम मुल्य - प्रतिसेयर नगद लाभांश ।
माथिको उदाहरण अनुसार नेपाल टेलिकमले घोषणा गरेको ७० प्रतिशत नगद लाभांशको मुल्य समायोजन यसरी गरिन्छ ।
 = रु ७००-७०= रु ६३०
अब यो कम्पनीको बैशाख ५ गते बजारमा कारोवार हुदा प्रतिसेयर नगद लाभांश ५० रुपैयाले घटेर ६३० बाट सुरु हुनेछ ।

२. बोनस सेयरको मुल्य समायोजन यसरी गरिन्छ ।
= बुक क्लोज भन्दा अघिल्लो दिनको सेयरको मुल्य भागा १+ बोनस सेयर दर

माथिको उदाहरण बाट सिद्धार्थ बैंकको ३० प्रतिशत बोनस सेयर वितरण को मुल्य समायोजन गर्दा मुल्य निम्न अनुसार हुन्छ ।
रु ३८० ÷ १+०.३ = रु २९२
यसरी ३० प्रतिशत बोनस बितरण पछि अब यो कम्पनीको सेयर कारोवार पुस १० गते रु २९२ मा सुरु हुन्छ ।

३. हकप्रद सेयर जारी गर्दा बुक क्लोज पछिको मूल्य समायोजन यसरी गरिन्छ ।
= बुक क्लोज भन्दा अघिल्लो दिनको सेयरको मुल्य + हकप्रद सेयरको कुल अंकित मुल्य भागा १+ हकप्रद सेयर दर

माथिको उदाहरणमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद वितरण पछिको मुल्य समायोजन यसरी गरिन्छ ।
= रु ९६०+ रु ४०÷ १+.४० = रु ७१४
यसरी जेठ १५ गते सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर कारोवार रु ७१४ बाट सुरु हुनेछ ।

अब लगानी कर्ताले बुक क्लोज अगाडि सेयर खरिद गर्दा उपयुक्त हुन्छ कि पछाडि खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुराको विश्लेषण गर्नु पर्दछ । यदि समग्र बजार बढदो ट्रेन्डमा छ र कम्पनीको वित्तीय सूचकांक सकारात्मक छ भने बुक क्लोज अगाडि दोस्रो बजार बाट सेयर खरिद गर्नु उपयुक्त हुन्छ । यदि समग्र बजार घटदो ट्रेन्डमा छ भने बुक क्लोज पछाडि सेयर खरिद गर्दा उपयुक्त हुन्छ ।
यस प्रकार माथिका कुराहरु बुझेर दोस्रो बजार बाट सेयर खरिद गर्नु भयो भने लगानी कर्ता नगद लाभांश बोनस सेयर हकप्रद सेयर र साधारण सभामा भागलिन बाट बन्चित हुनु पर्नेछैन ।







Powered by Blogger.