Header Ads

नेपाली सेयरबजारका सुनौला दिन सुरु भएकै हुनत ?


नेपालको पुँजी बजारको इतिहासलाई हेर्दा दुई दसक भन्दा लामैछ तर पनि आज हामी सँगसँगै सुरु भएका हाम्रा छिमेकी मुलुकका पुँजीबजार धेरै माथी पुगिसकेका छन । ती मुलुकले पुँजीबजारको बिकासको लागी आवश्यक सम्पुर्ण पुर्वाधार निर्माण गरिसकेका छ्न । आज तिनीहरुको पुँजीबजार अन्तर्राष्ट्रिय स्थरको र पुर्ण प्रबिधि मैत्री भइसक्दा पनि हाम्रो पुँजीबजार धेरै मन्दगतिमा अगाडि बढदैछ । हामी उनीहरु भन्दा धेरै तल छौ उनिहरुले सगरमाथाको चुचुरो चुमिसक्दा हामी नाम्चेबजार तिर रुमलिदै छौ । हामी भन्दा धेरै पछि सुरुवात भएको म्यानमारको पुँजीबजार पनि आज धेरै माथी पुगिसकेको अवस्था छ । अहिलेसम्म पनि हाम्रो पुँजीबजार नत पुर्णरुपमा प्रबिधि मैत्री हुन सकेकोछ नत अन्तर्राष्ट्रिय स्तरकोनै हुन सकेकोछ । हुनत नेपाल लामो समयसम्म राजनितीक अस्थिरताबाट गुज्रियो फलस्वरूप देशको आर्थिक विकास हुन सक्ने । निजीकरणको नाममा देशममा भएका उद्योग धन्दा बेचेर सिधाइयो । भनिन्छ पुँजीबजार अर्थतन्त्रको ऎना हो जवसम्म अर्थतन्त्र सबल हुदैन तब सम्म पुँजी बजारको विकास पनि हुदैन । अर्को तिर जब सम्म पुँजी बजार बलियो हुँदैन तब सम्म अर्थतन्त्र पनि सबल हुदैन । देश लामो राजनितिक अस्तिरताबाट गुजरिदाँ देशको अर्थतन्त्र सबल हुन सकेन अर्थतन्त्र सबल नहुदा पुँजीबजारको विकास हुन पनि सकेन । नेपालको पुँजीबजारको जुन गतिमा बिकास हुनु पर्ने थियो त्यो गतिमा बिकास हुन नसके पनि केही कुरामा बिकास भएको छ । केही महिना अघि सम्म घण्टौ लाईनमा बसेर आईपिओ र एफपिओ भर्नु पर्ने बाध्यताको अन्त्य सि-आस्वा प्रणालीको सुरुवात सँगै भएकोछ भने अर्कोतिर डिम्याट खाताको  सुरुवात सँगै सेयरका कागजी प्रमाणपत्र बोकेर हिडनु पर्ने झन्झट बाट मुक्ति मिलेको छ । जसरी नेपालको प्राथमिक सेयर बजारले एउटा छ्लाङ मार्न सफल भएकोछ । त्यो गतिमा दोस्रो बजारमा विकास हुन सकिरहेकोछैन । अहिले पनि पचास वटा ब्रोकर कम्पनीको सिन्डिकेटमा खरबौको दोस्रो बजार चलिरहेकोछ । देशका सिमित ठुला सहरमा मात्र सेयर कारोवार हुँदै आईरहेको छ । अहिलेसम्म पनि सबै नेपाली जनताको पहुँचमा पुँजीबजार पुग्न सकिरहेको अवस्था छैन । नेपाली लगानीकर्ताहरुले आईपिओ र एफपिओ सि-आस्वाको प्रयोग गरि जहाँ बाट पनि आवेदन गर्न पाउने भए तर आइपि र एफपिओमा परेको सेयरको दोस्रो बजारमा उचित मुल्य आउँदा पनि बेच्न पाउने सुबिधा अहिलेसम्म पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्रबैंक, बिमा समिती, धितोपत्र बोर्ड र नेप्सेले समन्वयकारी भुमिका खेल्दै नेपालको पुँजीबजार पुर्वाधारको विकासको लागी जोडदिनेहो भने हाम्रो देशको पुँजीबजार पनि छिटैनि अन्तर्राष्ट्रिय स्तरको र प्रविधिमैत्री हुनसक्छ । हरेक बादल भित्र चाँदीको घेरा हुन्छ भने जस्तै हाम्रो पुँजीबजारको विकास र विस्तारका लागी धेरै सम्भावना अगाडि आएकाछ्न जुन सम्भावनाहरु छिट्टै पूरा हुने क्रममा छ्न ।

      हामीले धेरै लामो समय देखि उठाउदै आएका जोडदार मागहरुमा नेपालको सेयरबजारलाई पुर्ण प्रबिधिमैत्री बनाउन छिट्टै अन्लाईन ट्रेडिङको सुरुवात होस र हरेक नेपालीको पहुँचमा सेयर बजारलाई पुर्याउन बैंकलाई ब्रोकर लाइसेन्स दिइयोस भन्दै आएका थियौ । जुन हाम्रा प्रमुख यी दुइ मागहरु पुराहुने क्रममाछ्न । श्रावण एक गते देखि नेप्सेले अन्लाईन ट्रेडिङको परिक्षण गर्दैछ भने केही दिन अगाडि घोषणा गरेको आर्थिक बर्ष २०७५/०७६ को मौद्रिकनितिमा बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा आईसकेकोछ । यी दुईकुराहरूको कार्यान्वयन सँगै नेपालको सेयर बजारले एउटा छ्लाङ मार्न सफल हुनेछ भन्ने आसा हामी लगानी कर्ताहरुले लिएकाछौ । अन्लाईन ट्रेडिङको सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्स दिनु भनेको नेपाली पुँजीबजारको विकासको लागि कोषे ढुङ्गा सावित हुनुहो ।

भारतीय सेयर बजारमा सन २००० को दसकपछि बाट मात्र अन्लाईन ट्रेडिङको सुरुवात भएको थियो । अन्लाईन प्रणालीको सुरुवात सँगै भारतीय सेयरबजारले ठूलो फडको मारेको देखिन्छ । भारतमा अन्लाईन प्रणालीबाट सेयर कारोवार सुरु भएपछि कारोवारमा आवद्धहुने लगानीकर्ताहरुको संख्या तथा कारोवार रकममा भारी वृद्धि भएको देखिन्छ । अन्लाईन प्रणालीबाट कारोवार सुरु भएको पहिलो बर्षमा त्यहाँको बजार सुचक झन्डै ६० प्रतिशतले वृद्धि भएको देखिन्छ । अहिले भारतीय सेयरबजार  विश्वकै टप पाँच सेयरबजारमा पर्न सफल भएकोछ । भारतीय सेयरबजारले अन्लाईन ट्रेडिङको पुर्व र अन्लाईन ट्रेडिङ पश्चात् धेरै ठुलो फड्को मार्न सफल भएको छ । अहिले भारतको एनएसइ र बिएसइ को सुचक ३६००० माथी पुगिसकेको छ । यो प्रस्तुति बाट के देखिन्छ भने नेपालको सेयर बजारमा समेत अन्लाईन प्रणालीको सुरुवात भएपछि बजार बढने सुनिश्चितछ ।
जब-जब नेपाली पुँजीबजारमा नयाँ-नयाँ  प्रविधिको प्रयोग भएकोछ तब-तब बजारले एउटा नयाँ इतिहास रचेकोछ । जस्तै २०६४ सालमा ओपन क्राइ प्रणाली बाट नेपाली पुँजी बजार कम्प्युटर प्रणालीमा प्रवेश गरेयो तब बजारले २०६५ साल भाद्र १५ गते नेप्से सुचक ११७५ पुगेर नयाँ इतिहास रचेयो । त्यसै गरि २०७३ साल श्रावण एक देखि उपत्यका र २०७३ माघ १ देखि देशभरी डिम्याट प्रणालीलाई अनिवार्य गरियो तब नेपालको सेयर बजारले २०७३ साल श्रावण १२ गते नेप्से सुचक १८८१ पुगेर नयाँ इतिहास रचन सफल भयो । यसरी नयाँ प्रबिधिको प्रयोगसँगै नेपाली सेयर बजारले एउटा नयाँ इतिहास रचेको देखिन्छ इतिहासलाई केलाउदा खेरी । अब २०७५ श्रावण १ देखि  अन्लाईन प्रणालीको सुरुवात हुदैछ । माथीको इतिहासलाई केलाउदा अबको एक बर्ष भित्रमा नेपालको सेयर बजारले फेरि अर्को इतिहास निर्माण गर्न सफल हुनेछ भन्न सकिन्छ ।

अहिलेसम्म नेपालको सेयर कारोवार अफलाइन बाट हुदै आएको थियो भने अब श्रावण १ गते देखि अन्लाईन प्रणालीबाट सुरु हुदैछ । अन्लाईन प्रणालीको सुरुवात सँगै नेपाल अधिराज्य भर र संसारको जुन सुकै कुनाकाप्चामा बस्ने नेपाली नागरिकले त्यही बसि-बसि ब्रोकर कम्पनीले लगानीकर्तालाई उपलब्ध गराउने सफटवेर, युजर नेम र पासवर्ड को प्रयोग गरि कम्प्युटर तथा मोबाईलको सायतामा ईन्टरनेट मार्फत दोस्रो बजारमा सेयरको कारोवार गर्न सक्नेछ्न । यो कुरा भनेको जुनसुकै कुनामा बस्ने नेपाली नागरिकको लागि अति खुशीको कुरा हो ।

नेपाली पुँजीबजारको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा हो । भर्खर प्रस्तुत भएको मौद्रिकनितिमा बाणिज्य बैंकहरुलाई धितोपत्र व्यवसायीक कारोवार गर्न दिनुपर्ने माग भइ आएको सम्बन्धमा सम्बन्धित बाणिज्य बैंकको सहायक कम्पनी स्थापन गरि सेयर कारोवार गर्न सक्ने व्यवस्था मिलाइनेछ भनिएको छ । यसको अर्थ बाणिज्य बैंकले सेयर कारोबार गर्न खुल्ला गरिएको छ । बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने बित्तिकै अहिले भएका ५० ओटा ब्रोकर कम्पनीको सिन्डिकेट तोडिनेछ र ब्रोकर कम्पनी बिचमा प्रतिस्पर्धा वृद्धि भइ लगानीकर्ताहरुले गुणस्तरीय सेवा पाउनेछ्न । बैंकले ब्रोकर लाइसेन्स पाउदा साथ नेपालको सेयरबजार ७५३ स्थानीय तहमा पुग्नेछ । त्यस पछि नेपालको सेयर बजार पुर्व मेचीदेखि पश्चिम् महाकाली सम्म हिमाल देखी तराई सम्मका जनताको पहुँचमा पुग्नेछ ।  बैंकसँग पर्याप्त स्रोत साधन र पहुँच रहेका हुँदा दुर्गम स्थान सम्म सेयरबजारलाई पुर्याउन सजिलो हुनेछ जुन काम गर्न ब्रोकर कम्पनीलाई कठिन हुनेछ । यसरी अन्लाईन ट्रेडिङ को सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्स सँगै नेपालको सेयर बजारले एउटा ठुलो छलाङ मार्न सफल हुनेछ ।

 यी दुई प्रमुख परिवर्तन बाहेक पुँजी बजारको विकासको लागि धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको आफनो निति र कार्यक्रममा धेरै राम्रा कुराहरू ल्याएको छ । यी प्रमुख कुराहरु बाहेक अब नेपालको सेयर बजार सुनौलो युगमा प्रवेश गर्ने अन्य विविध आधारहरु पनि छ्न जस्तै:  गैरआवसिय नेपालीहरुलाई नेपाली पुँजी बजारमा स्वागत गर्ने ऎन नियम बन्दैछ्न, सेयर बजारको प्रमुख दुश्मन ब्याजदर घटाउन भर्खर प्रस्तुत मौद्रिकनितिमा धेरै राम्रा कुराहरु आएकाछ्न । श्रावण एक गते देखिनी अहिलेका शक्तिशाली प्रधानमन्त्री केपि शर्मा ओलिज्युले मन्त्री तथा सम्बन्धित मन्त्रालयका सचीवहरुलाई  बजेट कार्यान्वयन गर्नको लागि निर्देशन दिइसकेका छ्न । बजेट कार्यान्वयन सँगै बैंकहरुमा तरलताको समस्या समाधान भइ ब्याजदर घटन सुरु हुनेछ । ब्याजदर घटन सुरु हुनु भनेको सेयरबजार बढन सुरु हुनु हो । मार्जिक कलको सिमा बढेको छ १२०० नेप्सेको २० प्रतिशत तल आउनु भनेको नेप्से ९६० भन्दा तल आउनु हो । अहिले तपाईहरुले सेयर खरिद गर्नु भयो भने नेप्से ९६० भन्दा तल आएमात्र मार्जिनकल आउने हो । अब नेप्से ९६० भन्दा तल आउने सम्भावना अत्यन्त न्यून छ ।

बजार निर्माताले छुट्टै विन्डो पाएपछिमात्र  बजारमा प्रवेश गर्ने भनेकोमा अन्लाईन ट्रेडिङ आएपछि यो कुरा पनि  सम्भब   हुने भयो । अब बजार निर्माताको रूपमा नागरिक लगानी कोषलाई भित्राउने अन्तिम तयारी हुदैछ । अक्सन ट्रेडिङ र सेटलमेन्ट फन्ड शुरु हुने कुरा आएको छ । भ्याट र प्यानको हौवा सधैंको लागी समाप्त भएकोछ । यस्ता विविध सकारात्मक काम नेपाली पुँजीबजारमा छिट्टैनै सुरु हुँदैछ्न । यस्ता विविध सकारात्मक कुराहरू हुने भएपछि लगनिकर्ताहरुको मनोबल वृद्धि हुनेनै छ ।

त्यसकारण अब नेपाली पुँजीबजारले एउटा नयाँ इतिहास रच्ने सम्भावना छ । यो प्राबिधिक काम अन्लाईन ट्रेडिङ र बैंकलाई ब्रोकर लाइसेन्स वितरणसँगै नेपाली सेयर बजारमा एउटा  ब्रेक थ्रु हुनेछ र अबको  एक बर्ष भित्र नेप्सेले नयाँ उचाई बनाउने सुनिश्चित छ । तसर्थ लगानीकर्ताहरुले अरुको लहैलहैमा तथा हावा अन्लाईन खबरहरुको पछि  नलागी आफ्नो विवेक प्रयोग गरि कारोबार गर्नुहोस नेपाली सेयर बजारका अबका दिनहरु अति सुनौला छ्न । खाली अर्थमन्त्री ज्युले सेयरबजार प्रती नकारात्मक कुरामात्र नगरिदिए पुग्छ ।

   
Powered by Blogger.