Header Ads

सेयर शिक्षा भाग २: के हो IPO र FPO ? कसरि गर्ने लगानी ?

Raju Paudel,s
Blog








सेयर शिक्षा भाग १ मा सेयर बजार सेयर का प्रकार र सेयर पुँजी को बारेमा जानकारी दिने कोशिश गरिएको थियो भने सेयर शिक्षा भाग २ मा दुईमा आईपिओ र एफपिओ के हो ? यिनमा कसरी लगानी गर्ने भन्ने बारेमा चर्चा गर्ने कोशिश गरिएको छ ।
   अहिले अधिकांस नेपाली जनताहरु सेयर र सेयर बजार प्रती आकर्षित भएको अबस्था छ । त्यसमा पनि आईपिओ र एफपिओ मा त झनै आकर्षकता बढदो छ । कुनै पनि  कम्पनिले आईपिओ र एफपिओ जारिगरेको अवस्थामा अत्यधिक रूपमा परेको आवेदनले यो कुरालाइ पुष्टि गर्दछ । अहिले सेयर बजारमा दिनहौ जसो हजारौं लगानीकर्ता प्रवेश गरिरहेका छन । ती मध्य कतिपयलाई सेयर र सेयर बजारको बारेमा सामान्य ज्ञानको समेत अभाव छ । कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नु अघि आधारभुत पक्षमा जानकारी राखन जरुरी छ । प्राथमिक सेयर बजार दोस्रो बजार भन्दा जोखिम न्यून भएको बजार हो । यो बजारमा प्रवेश गर्नको लागि धेरै ठूलो रकमको आवश्यकता पनि पर्दैन । न्युनतम रु ५००० रुपैया भए हामीले प्राथमिक सेयरमा लगानी गरि सेयर बजारमा प्रवेश गर्न सक्छौ । उन्नति माईक्रो फाईनान्सले त न्युनतम रु १००० सम्म लगानी गर्ने अवसर दिएको थियो । प्राथमिक सेयर बजार दोस्रो बजारमा छिर्ने माध्यम पनि हो ।
   यति बेला थुप्रै कम्पनीका साधारण सेयर ( आइपिओ र एफपिओ ) निश्कासन को लागि पाइपलाइनमा छ्न ।
आईपिओ र एफपिओ भनेको के हो ? यिनमा कसरी गर्ने लगानी ?
   कुनै पनि कम्पनीको विकास र विस्तारको लागि पुँजीको आवस्यकता पर्दछ पुँजिको आवस्यकता भए पछि कम्पनीको साधारण सभाले निर्णय गरि आइपिओ तथा एफपिओ निष्कासन गर्ने काम गर्दछ । साधारणसभा बाट पारित आइपिओ र एफपिओ निष्कासन कम्पनी आफैले गर्न नसक्ने भएकोले धितोपत्र बोर्ड बाट स्वीकृत प्राप्त सेयर को निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति गरिन्छ । बिक्री प्रबन्धकलाई मर्चेन्ट बैंक पनि भनिन्छ । यी संस्थाले कम्पनीको सेयरको निष्कासनको सम्पुर्ण जिम्मा लिने गर्दछ्न ।
    पब्लिक कम्पनीले पुँजी संकलनको लागि प्रथम पटक निष्कासन गरेको सेयरलाई आइपिओ भनिन्छ भने पब्लिक कम्पनीले एकपटक आइपिओ जारी गरिसकेपछि पुन: पुँजि संकलन गर्न फेरि सर्वसाधारणलाई सेयर बिक्री गर्दछ भने त्यसलाई एफपिओ भनिन्छ । हामीकहाँ धेरै जसो एफपिओ प्रिमियम मुल्यमा आउने गरेका छ्न । अंकित मुल्य भन्दा बढी भाउ राखेर सेयर बिक्री गरिएमा बढी मुल्यलाई सेयर प्रिमियम भनिन्छ । यहाँ अंकित मुल्य भनेको एक सय रुपैया हो । जस्तै कुनै कम्पनीको अंकित मुल्य सयमा तीन सय रुपैया थपेर चार सयमा सेयर जारी गरियो भने तीन सय रुपैया प्रिमियम मुल्य हो एक कित्ता आइपिओ रु १०० रुपैयामा खरिद गर्न सकिन्छ भने एफपिओ को मुल्य एकसय भन्दा बढी हुन्छ तर बिगत तीन बर्षसम्म नाफा आर्जन गर्न नसकेको कम्पनीले प्रिमियम मा एफपिओ जारी गर्न पाउदैन । कम्पनीलाई थप पुँजीको आवश्यकता परेपछि सर्वसाधारण लाई कम्पनीको केही सेयर हिस्सा बिक्री गरेर पुँजी संकलन गर्न आइपिओ र एफपिओ बिक्री गर्न कम्पनीहरुले विभिन्न मर्चेन्ट बैंकलाई बिक्री प्रबन्धक तोकेका हुन्छन । जस्तै: सानिमा क्यापिटल, एनमबी क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल,  नबिल क्यापिटल भिवोर क्यापिटल एनआईसि क्यापिटल  आदि ।
  कुनै पनि कम्पनीले आइपिओ र एफपिओ निष्कासन का लागि दर्खास्त लिने कार्य बिक्री खुल्ला भएको मिति बाट सामान्यतया न्युनतम चार दिन र अधिकतम प्रन्ध दिन सम्म राखेका हुन्छन् तर हामिहरुले यो चार दिन भित्रमा आईपिओ र एफपिओ खरिद गरिसक्नु पर्छ । किनभने कम्पनीलाई चाहिने आवेदन यो चार दिन भित्रै परिसकेको हुन्छ, कम्पनीलाई चाहिने आवेदन परेपछि बिक्री बन्द हुन्छ । आईपिओमा न्युनतम ५० कित्ता रु ५००० रुपैयाको आवेदन दिन सकिने हामीकहाँ चलन छ । तर यो भन्दा कम पनि गर्न नमिल्ने भन्ने चाहिँ होईन जस्तै उन्नति माईक्रो फाईनान्स कम्पनीले आइपिओमा रु १००० आवेदन गर्न अबसर दिएको थियो ।
प्राथमिक बजार बाट आईपिओ र एफपिओ खरिद गर्न पनि  डिम्याट खाता अनिवार्य हुनु पर्दछ डिम्याट खाता बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीको कुनै पनि साखा मा गएर खोल्न सक्नु हुनेछ । डिम्याट खाताको बारेमा अर्को सेयर शिक्षा लेखम बिस्तृत रुपमा वर्ण गरिनेछ ।
 आईपिओ र एफपिओ मा कसरी आवेदन गर्ने ?
अहिले पहिला-पहिलाको जस्तो बैंक तथा बैंकका साखाहरु र आईपिओ एफिअपिओ निष्कासन अनुमति पाएका बिक्री प्रबन्धक मर्चेन्ट बैंकमा गएर घण्टौ सम्म लाइनमा बसेर सेयर आवेदन दिनु पर्ने अवस्था को अन्त्य भइसकेको छ । यस मानेमा नेपाली सेयर बजारले एउटा ठूलो फटको मारेको छ ।
त्यसो भए अहिले सेयर आवेदन कसरी गर्ने होत ?
  वर्तमान अवस्थामा दुई तरिकाले तपाई हरुले सेयर आवेदन गर्न सक्नु हुन्छ ।
     पहिलो सि-आस्वा प्रणाली र दोस्रो आस्वा प्रणाली
  सि-आस्वा प्रणाली भनेको के हो ? यो प्रणाली बाट कसरी सेयर आवेदन गर्न सकिन्छ ?
ईन्टरनेट को माध्यम बाट घरमै बसि-बसि कम्प्युटर मोबाईल तथा अन्य डिभाईस बाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिनको लागि लगानी कर्ताले आफ्नो बैंक खाता भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनलाई आवेदन दिनु पर्छ । त्यस पछि बैंकले लगानी कर्ताको पहिचान गरि सफटवेरमा भेरिफिकेसन गरिदिनेछ र लगानी कर्तलाई एउटा भेरिफिकेसन कोड नम्बर दिने छ जसलाई सिआरएन (सि-आस्वा रजिस्टेसन नम्बर) भनिन्छ । यहि कोड नम्बर प्रयोग गरि लगानी कर्ताले अब उपरान्त बैंकमा नगइकन हरेक पटक आईपिओ र एफपिओ घरमै बसेर जुन सुकै समयमा भर्न सक्नेछन् । अहिले सबै बाणिज्य बैंक र केही अन्य वित्तीय संस्थाले यो सुबिधा प्रधान गरिरहेका छ्न ।
      आस्वा प्रणाली भनेको के हो? यो प्रणाली बाट कसरी सेयर आवेदन दिने ?
 सेयर को सार्वजनिक निष्कासन मा आवेदन दिने आवेदकको पैसा सेयरको बाँडफाँड नहुनजेल सम्म आवेदकै खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो ।
लगानी कर्ताले सेयरको सार्वजनिक निष्कासन का लागि धितोपत्र बोर्ड बाट दर्खास्त संकलन गर्न अनुमति प्राप्त र आफनो खाता रहेको बैंक वा वित्तीय संस्था बाट मात्र दर्खास्त लिनुपर्ने हुन्छ । दर्खास्त फाराम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउदछ्न यसरी आफनो बैंक खाता रहेको बैंक वा वित्तीय संस्थामा गएर फारम भरेर  बुझाएर सेयर आवेदन गर्ने प्रणालीलाई आस्वा प्रणाली भनिन्छ ।
दुबै तरिका बाट सेयर खरिदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँड नहुन्जेल सम्म झिक्न नपाउने गरि आवेदकको खातामा रहेको रकम मध्य दर्खास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राखदछ । सेयर बाँडफाँड भएको बढिमा तीन चार दिन भित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँडमा परेका सेयर बापतको रकम निष्कासन तथा बिक्री प्रबन्धक को खातामा स्थानान्तरण गरेपछि बाँकी रकम फुकुवा हुनेछ ।
यसरी सि-आस्वा र आस्वा प्रणाली बाट आईपिओ र एफपिओको आवेदन गर्न सकिन्छ ।
  सि-आस्वा र आस्वा प्रणालीमा के भिन्नता छत ?
सि- आस्वा सम्बन्धि सेवा प्रधान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणालीमा आबद्ध भै लगानीकर्ताको डिम्याट खाता र बैंक खाताको रुजु गरि रुजु भएका लगानी कर्ताको आवेदन मात्र प्रविश्टी गर्ने प्रणाली नै सि-आस्वा हो । अर्थात ईन्टरनेट को साहयतमा घरमै बसेर कम्प्युटर र मोबाइल बाट सेयर आवेदन गर्ने प्रणाली सि-आस्वा हो भने लगानी कर्ताले आस्वा सेवा प्रदान गर्ने बैंक वा वित्तीय संस्थामा गएर सेयर फारम भरेर सेयर आवेदन गर्ने प्रणाली आस्वा प्रणाली हो ।
  इन्टरनेट र प्रबिधिमा पहुँच भएका ब्यस्त लगानी कर्ताहरुले सि-आस्वा प्रणाली बाट सेयर आवेदन गर्न सक्छ्न भने इन्टरनेट प्रबिधिमा पहुँच नभएका फुर्सद भएका लगानी कर्ताहरुले आफनो बैंक खाता भएको बैंकमा गएर फारम भरेर सेयर आवेदन गर्न सक्छ्न तर दुबै तरिका बाट आवेदन गर्दा सिआरएन नम्बर अनिवार्य चाहिन्छ ।
यसरी नयाँ तथ पुराना लगानी कर्ताहरुले आईपिओ र एफपिओ को बारेमा बुझेर यी दुई तरिका बाट सेयर आवेदन गर्न सक्नुहुनेछ ।
Powered by Blogger.