Header Ads

सेयर शिक्षा भाग ३: दोस्रो सेयर बजार भनेको के हो ? यहाँ कसरी गर्ने कारोवार ?


Raju Paudel's
Blog








सेयर शिक्षा भाग दुई मा आईपिओ र फपिओ को बारेमा जानकारी दिदै यिनमा सि-आस्वा र आस्वा बाट कसरी गर्ने आवेदन भन्ने बारेमा जानकारी दिने कोशिश गरिएको थियो । हामीलाई आसा छ सेयर शिक्षा भाग दुई बाट प्राथमिक सेयर बजारको बारेमा तपाईहरुले  निकै ज्ञान लिई विभिन्न कम्पनी का आईपिओ र फपिओ मा लगानी गरिसक्नु भएहोला वा गर्ने तर्खरमा हुनु हुन्छ होला । अब तपाईलाई प्राथमिक सेयर बजारजारमा  खरिद गरेको सेयर बिक्री गर्नलाई दोस्रो बजारमा जानू पर्नेहुन्छ । त्यस कारण सेयर शिक्षा भाग तिनमा दोस्रो सेयर बजार भनेको के हो ? दोस्रो बजारमा कसरी गर्ने सेयर खरिद बिक्री भन्ने बारेमा जानकारी गराउन गैइरहेकोछु ।
अधिकांश शिक्षत नेपाली पढेलेखेका शहरिया जनतालाई त सेयर बजारको बारेमा ज्ञान छैन भने अशिक्षित र गाउँले जनता को त कुरै नगरौ । ज्यादै न्यून प्रतिशत नेपाली जनताहरु लाई मात्र  सेयर बजारको बारेमा ज्ञान छ । अहिले धेरै नेपाली जनताहरु प्राथमिक सेयर बजारमा आकर्षक भएको देखिएको छ आईपिओ मा पर्ने गरेको आवेदनलाई हेर्दा खेरी तर अझै पनि दोस्रो बजार को बारेमा अधिकांश नेपाली जनतालाई ज्ञान र पहुँच पनि छैन ज्ञान र पहुँच भएता पनि दोस्रो बजार प्राथमिक सेयर बजार भन्दा बढी जोखिम हुने भएकाले जोखिम बहन गर्न नचाहने ब्यक्तिहरु यो बजारमा प्रवेश गर्न चाहदैनन् । तर अहिले ईन्टरनेट को पहुँच संगै विभिन्न अन्लाईन मेडियाहरु र फेसबुक गुरुपहरुमा अधिकांश नेपाली नागारिकहरुको पहुँच पुगेकोले विद्यार्थी गृहिणी तथा सामान्य नागरिकहरुले पनि दोस्रो बजारमा रुचि देखाएको पाईन्छ । दोस्रो बजार को बारेमा गहिरो अध्यन गरेर, बुझेर, कम्पनीको वित्तीय अवस्थाको अध्यन गरेर उपयुक्त समयमा सेयर कारोवार गर्ने हो भने दोस्रो बजार राम्रो आर्थिक लाभआर्जन हुने क्षेत्र पनि हो । त्यसैले पनि अहिले धेरै नेपाली नागरिकहरुको दोस्रो बजार प्रती पनि आकर्षकता वढेको पाईन्छ  ।
   मलाई धेरै जना मित्रहरू, साथिभाईहरु, आफन्तहरु, क्याम्पस तहमा अध्यन गर्ने विद्यार्थी भाइ बहिनीहरु र गृहिणी दिदीबहिनीहरुले सोधनुहुन्छ दोस्रो बजारमा सेयर कारोवार गर्ने इच्छा छ तर दोस्रो बजारको बारेमा पिटिक्कै ज्ञान छैन ।  दोस्रो  बजार भनेको के हो ? यो बजारमा सेयर  खरिदबिक्री कसरी गर्नेहो ? यो बजारमा सेयर खरिदबिक्री गर्न के के चाहिन्छ ? दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न को सँग सम्पर्क राखने हो ? कहाँ गएर सेयर खरिद गर्ने हो ? खरिद गरेपछि पैसा कसरी भुक्तानी गर्नेहो ? सेयर बिक्री गरेपछि कसरी पैसा लिने हो ? कस्ता कम्पनीको सेयर किन्दा राम्रो हुन्छ ? आदि  प्रश्नहरु सोधिराखनु हुन्छ ।
आज म सेयर शिक्षा भाग तिनमा  तपाईहरुका विभिन्न जिज्ञासा मेटाउदै दोस्रो बजार र यो बजारबाट सेयर खरिद बिक्री गर्ने प्रक्रियाहरुको बारेमा जानकारी गराउदछु:
दोस्रो बजार भनेको के हो ?

कुनै पनि पब्लिक कम्पनीले पुँजीसंकलन गर्नको लागि प्राथमिक बजारमा आईपिओ जारी गरेको १५-२० दिन भित्रमा  लगानी कर्ताहरुलाई सेयर बाँडफाँड गर्दछ सेयर बाँडफाँड गरेको ४-५ दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सुचिकृत गर्दछ । प्राथमिक सेयरलाई नेप्सेमा सुचिकृत गरेपछि सेयर खरिदबिक्री गर्ने स्थानलाई दोस्रो बजार भन्निछ तेहि स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको सेयर खरिदबिक्री गर्न सकिन्छ ।
यसप्रकार प्राथमिक बजारमा निष्कासन गरिएको सेयर पुन बिक्री वा किनबेच गर्ने बजारलाईनै दोस्रो बजार भनिन्छ । नेपाल मा नेपाल स्टक एक्सचेञ्ज एकमात्र दोस्रो बजार हो । दोस्रो बजारमा सेयर खरिदबिक्री ब्रोकरको मध्यस्थतामा लगानी कर्ताबिच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध रहेको हुदैन । कानुनत दुई लगानीकर्ता आफै बसेर एक अर्काबिचको समझदारीमा सेयरको किनबेच सम्भब नहुने भएकाले सेयरको किनबेच गर्दा धितोपत्र बोर्ड बाट इजाजत प्राप्त ब्रोकर कम्पनीहरुमा गई उचित प्रक्रिया पुर्याएर खरिदबिक्री आदेश दिनुपर्दछ  । यसै आदेशअनुसार ब्रोकरले सेयर किनबेच गरिदिने काम गर्छ । यसरी सेयर किनबेच गरिदिएबापत ब्रोकरले कानुनले तोकेबमोजिमको कमिसन लिने गर्छ्न ।
ब्रोकर कम्पनी भनेका के हुन ?
 ब्रोकर भनेका धितोपत्र बोर्ड बाट धितोपत्र अर्थात सेयरको कारोवार गर्न इजाजत प्राप्त संस्था हुन । हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा RWS साखाहरु नेपालका प्रमुख  शहरहरुमा छ्न । तपाईहरु लाई जहाँ पायक पर्छ तेहिको राम्रो ब्रोकर कम्पनी बाट सेयर खरिदबिक्री गर्न सक्नुहुन्छ ब्रोकर कम्पनी  छनौट गर्दा राम्रो अहिलेसम्म कुनै कार्वाहीमा नपरेको कम्पनी छानुहोला ।

दोस्रो बजार बाट सेयर खरिदबिक्री गर्दा निम्न चरण पूरा गर्नु पर्छ ।

पहिलो चरणमा: जसरी अहिले प्राथमिक बजारबाट आईपिओ (IPO) सेयर किन्न "सेयर को विवरण राखने खाता" डिम्याट (DMAT) अनिवार्य चाहिन्छ त्यसैगरि दोस्रो बजार बाट सेयर किनबेच गर्न ब्रोकरलाई आदेश दिनुअघी लगानीकर्ताले डिम्याट खाता खोल्नु पर्दछ । डिम्याट खाता बिना दोस्रो बजारमा पनि सेयर खरिदबिक्री गर्न पाईदैन । त्यसैले लगानीकर्ताको डिम्याटT खाता अनिवार्य हुनु पर्दछ ।

 डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको सेयर को विवरण राखने खाता हो । जसरी बैंकले निक्षेपकर्ताको खाता खोली रकम जम्मा गरिदिने तथा झिक्ने सुविधा दिएको हुन्छ । रकम जम्मा गर्दा बैंकले खातामा जोडने र झिक्दा घटाउने काम गर्छ । त्यसैगरि सेयर कारोवार गर्न र सेयर कारोवार को विवरण राखन केन्द्रिय निक्षेप प्रणालीमा हरेक सेयर लगानीकर्ताले खाता खोली विभिन्न कम्पनीको सेयर जम्मा गर्छन् । केन्द्रिय निक्षेप प्रणाली अर्थात सिडिएस सेयरको बैंक हो । यो डिम्याट खातामा पनि सेयर खरिद गरेपछि  खातामा जोडिने र बिक्री गरेपछी घटने हुन्छ । बिक्री गरि बाँकी रहेको सेयर डिम्याट खातामा मौज्दात को रुपमा रहन्छ ।

तपाईहरुले अहिलेसम्म पनि डिम्याट खाता खोल्नु भएको छैन भने सर्वप्रथम आफुलाई पायक पर्ने ठाउँको कुनै पनि बाणिज्य बैंकको साखा तथा ब्रोकर कम्पनीमा गएर डिम्याट खाता खोल्न सक्नुहुनेछ । यो खाता खोल्नलाई एउटा फोटो, नागरिकताको प्रतिलिपी र १५० रुपैयाँको आवस्यकता पर्दछ र कतिपय बैंकहरुले उक्त बैंकमा बैंक खाता खोल्दा डिम्याट खाता निशुल्क पनि खोल्दिन्छ्न । डिम्याट खाता दुई वाट भन्दा बढी खोल्नु हुदैन ।

दोस्रो चरणमा: दोस्रो बजारमा ब्रोकर सँग कारोवार गर्न कारोवार खाता खोल्नु पर्छ जसका लागि ग्राहक परिचय विवरण (KYC) भर्नुपर्छ । सेयर खरिदबिक्री गर्न ग्राहक परिचय विवरण खाता (KYC) जुन स्थानको ब्रोकर कम्पनी बाट तपाईहरुलाई सेयर खरिद बिक्री गर्न सजिलो हुन्छ तेहि स्थानको ब्रोकर कम्पनीमा गएर ग्राहक परिचय विवरण भर्न सक्नुहुनेछ । ग्राहक परिचय विवरण जति वटा ब्रोकर कम्पनीमा पनि भर्न सक्नुहुन्छ । यस्को लागी पनि एउटा फोटो र नागरिकताको प्रतिलिपी चाहिन्छ । ग्राहक परिचय विवरण एक ब्रोकरकहाँ एकपटक भरे पुग्छ ।

तेस्रो चरणमा : अब तपाईले कुन कम्पनीको कति कित्ता सेयर खरिद गर्ने हो ? तेहि ब्रोकर कम्पनीलाई खरिद आदेश दिन सक्नुहुन्छ । अंकित मुल्य १०० भएका सेयर कम्तीमा १० कित्तको लागि आदेश दिनुपर्छ अर्थात सेयर खरिदबिक्री गर्दा कुल अंकित मुल्य कम्तीमा १००० रुपैया हुने गरिको संख्यामा आदेश दिनुपर्छ । दोस्रो बजारमा सेयर खरिदबिक्री आदेश  दिने समय आईतवार देखि बिहीवार बिहान ११ बजे देखि दिउसो ३ बजे भित्र हो । सेयर खरिदबिक्री गर्दा खरिद तथा बिक्री आदेश  फारम भरेर पेस गर्नु पर्दछ  । पहिलो चोटि सेयर किन्दा ब्रोकर कम्पनीलाई आफुले खरिद गर्ने सेयर रकमको केही प्रतिशत रकम अग्रमि भुक्तानी गर्नु पर्छ  भने  दुई चार पटक कारोवार गरेपछि ब्रोकर कम्पनीसग राम्रो परिचय र विश्वास भएपछि आगामी दिनमा अग्रमि पैसा भुक्तानी गर्नु पनि  पर्दैन । त्यस पछि तपाईंहरुले फोन बाटै सेयर खरिदबिक्री को आदेश  दिन सक्नुहुन्छ । सेयर किनेको तीन-चार दिन भित्रमा सेयर किनेको पैसा चेक मार्फत ब्रोकर कम्पनीलाई भुक्तानी गर्नु पर्दछ भने सेयर बिक्री गरेपछि सेयर बिक्रीको चेक अर्थात Debit instruction slip  बुझाउनु पर्छ उक्त चेक डिम्याट खाता खोलेको स्थानमा दिन्छ । त्यसै गरि सेयर बिक्री गरेको तीन-चार दिन पछि गएर सेयर  बिक्री गरेको रकमको चेक ब्रोकर कम्पनी बाट लिनु पर्दछ । ब्रोकर कम्पनीले तपाईको सेयर खरिद बिक्री गरिदिए बापत निश्चित प्रतिशत कमिसन लिन्छ । ब्रोकर कम्पनी भनेको सेयर खरिदकर्ता र बिक्रेता को बीचमा बसेर काम गर्ने आधिकारिक मान्यताप्राप्त दलाल कम्पनी हो ।
२०७५ साल बैशाख २ गतेदेखि दोस्रो बजार बाट सेयर खरिदबिक्री गर्ने सुविधाको रूपमा सेमि अन्लाईन प्रणाली को सुरुवात पनि  भएको छ ।
सेमि अन्लाईन प्रणाली बाट कसरी सेयर खरिदबिक्री गर्ने ?
 ब्रोकर ब्याक अफिसमा विकास गरिएको नयाँ प्रबिधिमा लगानी कर्ताले ब्रोकर ब्याक अफिस सफटवेयरमा ईन्टरनेटको सयोगमा   मोबाईल, कम्प्युटर, ईमेल र एसएमस मार्फत ब्रोकर को कार्यलयमा सेयर किनबेचको आदेश दिन सक्ने व्यवस्था गरिएको छ । यसका लागि लगानी कर्ताले सम्बन्धित ब्रोकरको कार्यलय बाट संकेत चिन्ह र गोप्य नम्बर पासर्वड लिनुपर्छ । लगानी कर्ताले यसरी पठाएको  विधुतिय मागलाई सेयर ब्रोकरले नेपाल स्टक एक्सजेन्जको कारोवार प्रणालीमा प्रविश्ट गरेपछि खरिद आदेश र बिक्री आदेश मिलेमा किनबेच हुनसक्नेछ । निकट भबिस्यमा नेप्सेले लागू गर्न लागेको अन्लाईन कारोवार प्रणालीको लागि यो पुर्व अभ्यास पनि हो भनेर हेरिएको छ । यो प्रविधि को सुरुवात सँगै लगानीकर्तालाई दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न ज्यादै सहज भएको महसुस गरिएको छ ।

चौथो चरणमा:  कुनै पनि कम्पनी को सेयर दोस्रो बजारबाट खरिद गर्दा हल्ला को भरमा खरिद नगरी  कम्पनीको वित्तीय विवरण को गहिरो अध्यन गरेर राम्रो कम्पनी को मात्र सेयर खरिद गर्नुहोला । वित्तीय विवरण सम्बन्धित कम्पनीको website, धितोपत्र तथा नेप्से को website, विभिन्न पत्र-पत्रीका र कम्पनी को Annual Report बाट अध्यन गर्न सक्नु हुन्छ ।
अन्तमा म हजुरहरुलाई के भन्न चाहनछु भने बैंकमा न्यून ब्याजदरमा पैसा बचत गरेर राखनु भन्दा राम्रो कम्पनीको सेयर मा दीर्घकालीन लगानी गर्नुहोस सेयर बाट ज्यादै  राम्रो प्रतिफल पाउनुहुनेछ । यसरी दोस्रो बजार बाट तपाईहरुले सेयर खरिदबिक्री गर्न सक्नु हुनेछ । आगामी हप्ता अर्को सेयर शिक्षा लिएर आउनेछु ।

यो लेख दोस्रो बजारको बारेमा ज्ञान नभएकाहरुलाई  ज्यादै सान्दर्भिक र उपयोगी हुनेछ भन्ने आसा गर्दछु ।।

Powered by Blogger.