Header Ads

सेयर शिक्षा भाग १: सेयर बजार, सेयर र सेयर पुँजी के हो ?

Raju Paudel,s
Blog








अहिले अधिकांश नेपाली जनता को पहुँच ईन्टरनेट र सामाजिक संजालमा पुगेको छ जसले गर्दा धेरै नेपाली जनतालाई सेयर बजारको बारेमा धेरै चासो बढेको छ । चासो त बढेको छ तर अधिकांश नेपालि जनताहरुलाई सेयर बजारको बारेमा   ज्ञान र सेयर शिक्षाको अभाव छ धेरै नेपाली जनताहरु लाई सेयरमा लगानी गर्ने मन छ तर सेयर र सेयर बजारको बारेमा ज्ञान र बजारमा पहुँच नहुँदा सेयरम लगानी गर्ने पुँजी र इच्छा हुँदाहुदै पनि लगानी गर्न सकिरहेका छैन । आज सेयर शिक्षा भाग एकमा सेयरमा लगानी गर्नु भन्दा अगाडि सेयर लगानी कर्ताले बुझनै पर्ने तीन कुराहरु को बारेमा जानकारी गराउन गइरहेको छु । जुन महत्त्वपूर्ण तीन कुराहरु यसप्रकार छन :
 सेयर बजार के हो ?
  सेयर बजार सेयरको कारोवार अर्थात सेयर खरिदबिक्री हुने स्थान हो जुन स्थान बाट सेयर खरिदबिक्री हुन्छ । यस्तो सेयर खरिदबिक्री गर्ने स्थान कहाँ हुन्छ भन्ने जिज्ञासा धेरै नेपाली जनतालाई छ ।
सेयर किनबेच हुने बजारलाई नै सेयर बजार भन्निछ । स्टक एक्सचेञ्जले सेयर बजारको काम गर्दछ । नेपाल को सन्दर्भमा नेपाल स्टक एक्सचेञ्ज अर्थात नेप्सेनै एक मात्र सेयर बजार हो । किन्ने र बेच्नेको भेट हुन्छ जहाँ सेयर बिनिमय हुन्छ । उसका ५० वटा दलालहरु मार्फत किनबेचको काम हुन्छ । लगानी कर्ताहरु दलालको कार्यलयमा जान्छ्न र निश्चित प्रक्रिया पूरा गरेर सेयर किनबेच को काम गर्दछ्न ।
 नेपालमा हाल ५० वटा ब्रोकर कम्पनी र तिनका विभिन्न ४१ RWS साखाहरु छन तिनै साखाहरु मा गएर लगानी कर्ताहरुले आफ्नो नाम दर्ता गराई सेयर कारोवार गर्न सक्छन् । नेपालमा हालसम्म पनि काठमाडौ सहर र देशका प्रमुख शहरहरु मात्र सेयर कारोवार हुदै आएको छ । अहिले सम्म पनि देशका सबै शरहरुमा सेयर बजार को पहुँच पुगेको छैन भने देशका दुरदराज गाउँको त कुराइ छाडौ । सात परदेश मध्य अहिलेसम्म पनि ६ नम्बर प्रदेशमा ब्रोकर कम्पनी पुग्न नसकेको अवस्था छ । यस्तो अवस्थामा नेपाली जनतालाई सेयर र सेयर बजारको बारेमा ज्ञान नहुनु पनि स्वाभाविक नै हो । हामीले दोस्रो बजार बाट कुनै पनि कम्पनीको सेयर खरिदबिक्री गर्दा यी ५० वटा ब्रोकर कम्पनी र यिनका ४७ RWS शाखाहरु मा सम्पर्क राखनु पर्ने हुन्छ । यसरि सेयर खरिदबिक्री हुने स्थान वा ठाउँलाई सेयर बजार भनिन्छ ।
  तर एतिनै भनाइले सेयरबजारको बारेमा बुझन सकिदैन । सेयर बजारको बारेमा पुर्ण ज्ञान लिनलाई पहिला हामीले सेयर के हो भन्ने बुझनुपर्दछ ।
  सेयर के हो ?
    कम्पनीको कुल पुँजीलाई स-साना अंसहरुमा विभाजन गरिएको हुन्छ जसलाई सेयर भनिन्छ । यसरी कम्पनीको पुँजीको विभाजित इकाईको दस्तावेजलाई सेयर भन्निछ । कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर पुँजीको अदृश्य इकाई हो जसमा कम्पनी तथा सेयर धनी बीच करार हुने गर्दछ । स-साना लगानीकर्ताहरु समेतले खरिदबिक्री गर्न सक्ने सुविधा प्राप्त गर्ने र धेरै मानिसहरूलाई कम्पनीको संचालनम सहभागी गराउने उदेश्यले कम्पनीको कुल पुँजीलाई स-साना अंशमा बिभाजन गरिन्छ । यसको अंकित मुल्य तोकिएको हुन्छ । नेपाल धेरै जसो कम्पनीको प्रति इकाई मुल्य १०० रुपैया तोकिएको छ भने कतिपय कम्पनीको १० रुपैया पनि इकाई मुल्य छ । यसरी कम्पनीले संकलन गर्न खोजेको कुल पुँजीलाई स-सानो इकाईमा विभाजन गर्नुनै सेयर हो । सेयरलाई मुख्यतया तीन भागमा विभाजन गरिएको छ ।
    १. संस्थापक सेयर:- कुनै पनि कम्पनी दर्ता गर्नेहरूले कम्पनी रजिस्ट्रारको कार्यलयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पुँजीको स्वकृती लिनुपर्ने हुन्छ अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो १ अर्ब पुँजीको एउटा हाइड्रोपावर कम्पनी संचालन गर्ने योजना बनाइयो भने त्यसको अधिकृत पुँजी १ अर्ब हो अर्थात त्यसको कुल पुँजी प्रति सेयर मुल्य रु १०० भएका जम्मा १००००००० सेयर उल्लेख गरिएको छ भने रु १०० का १००००००० सेयरहरु अर्थात रु १००००००००० लाई उक्त कम्पनीको अधिकृत पुँजी भन्निछ । तर त्यो १ अर्ब मध्य कम्पनीको सुरुवात गर्नेहरुले ३०  करोड  हाल्ने ३० करोड बैंक ऋण खोज्ने र ४० करोड सर्वसाधारण जनताबाट उठाउने भनेर स्वीकृत गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वकृती गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम वरावरको सेयर लगानी गर्छ्न भने त्यसलाई संस्थापक सेयर भनिन्छ अर्थात कम्पनी स्थापन गर्ने ब्यक्ति वा संस्थाले खरिद गरेको सेयर वा लगाएको पुँजीलाई संस्थापक सेयर भनिन्छ  ।
२. अग्राधिकार सेयर: अग्राधिकार भन्नाले अघिल्लो अधिकार भएको भन्ने बुझिन्छ अर्थात कम्पनीको नाफाबाट पुर्व निर्धारित दरमा लाभांश प्राप्त गर्ने र कम्पनीको विघटनमा गएको अवस्थामा पुँजी फिर्ता प्राप्त गर्ने साधारण सेयर भन्दा पहिलो अधिकार भएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । अग्राधिकार सेयर विभिन्न प्रकारका हुन्छ्न । यो सेयरमा लाभांशको दर निश्चित गरिएको हुन्छ । कम्पनीले नाफा आर्जन नगरे पनि यस्ता सेयरधनीहरुले निश्चित दरमा लाभांश पाउने ब्यवस्था गरिएको हुन्छ । कम्पनी विघटन भएको अवस्थामा अग्राधिकार सेयरधनिको पुँजी फिर्ता नगरेसम्म साधारण सेयरधनिले पुँजी फिर्ता पाउदैन । यसरी लाभांश प्राप्त गर्ने र पुँजी फिर्ता पाउने पहिलो अधिकार भएतापनि अग्राधिकार सेयरधनिहरुलाइ कम्पनीको संचालन गर्न, साधारण सभामा उपस्थित भइ मतदान गर्ने जस्ता अधिकार हुदैनन् ।
   ३. साधारण सेयर:- संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछी कम्पनी चलाउन लगानी जुटने वातावरण सिर्जना हुन्छ त्यस पछि मात्र साधारण सेयर जारी गरिन्छ ।
    कम्पनी संचालनको लागि गठन गरिने संचालक समितिका सदस्यहरु छनौट गर्न मतदान गर्ने अधिकार प्राप्त भएका तर कम्पनीले आर्जन गरेको नाफामा अग्राधिकार नभएका सेयरहरुलाई साधारण सेयर भनिन्छ । यस्ता सेयर खरिद गर्ने ब्यक्तिलाई साधारण सेयरधनी भनिन्छ । जुन कम्पनीका वास्तविक मालिक हुन । यसरी मतदान गर्ने अधिकार भएको, कम्पनी माथी नियन्त्रण कायम गर्न सक्ने र कम्पनी विघटनमा गएको अबस्थामा बाँकी सम्पत्तिमा मात्र अधिकार भएको सेयरलाई साधारण सेयर भनिन्छ । सामान्यतया १ कित्ता सेयरको अंकित  मुल्य रु १०० हुन्छ भने ५० कित्ता देखि माथी सेयर हाल्ने अवसर दिइन्छ ।  कुनै कम्पनीले त १० कित्ता सम्म सेयर हाल्ने अवसर पनि दिएका हुन्छन् ।
    अग्राधिकार सेयरमा जोखिम पनि कम हुन्छ नाफा पनि कम हुन्छ तर नाफा निश्चित हुन्छ । यता साधारण सेयरमा जोखिम पनि बढि हुन्छ नाफा पनि बढि हुन्छ तर नाफाको सुनिश्चितता हुदैन । अब जो लगानी कर्ताहरुमा उच्च जोखिम बहन गर्न सक्ने क्षमता छ तिनीहरुले साधारण सेयर मा लगानी गर्दा राम्रो हुन्छ । जुन लगानी कर्ताहरुको उच्च जोखिम बहन गर्न सक्ने क्षमता छैन उनिहरुले अग्राधिकार सेयरमा लगानी गरि एउटा निश्चित प्रतिशत नाफा खादा राम्रो हुन्छ ।
   सेयर पुँजी के हो ?
कम्पनीका मालिकहरुले लगानी गरेको पुँजीलाई सेयर पुँजी भनिन्छ । सयुक्त पुँजी कम्पनी संचालन गर्नको लागि ठुलो मात्रामा पुँजीको आवश्यकता पर्दछ । जुन पुँजी संकलन संस्थापक सेयरधनिहरु बाट मात्र सम्भव हुदैन । कम्पनी स्थापन गर्नको लागि लागि प्रारम्भिक कार्यहरू प्रवर्द्धकहरु बाट सम्पन्न हुन्छ । प्रवर्द्धकहरुले कम्पनीको दर्ता गरि कम्पनीको विकास र विस्तारको लागि आफुसँग भएको रकमले नपुग्ने भएपछि पुँजी संकलनको लागि सार्वजनिक रुपमा सेयर आव्हान गर्नु पर्दछ । सेयर आव्हान गर्दा राज्यले तोकेको केही शर्तचाही पालना गर्नुपर्छ । यसरी कम्पनीको विकास र विस्तारको लागि सेयर विक्री गरेर संकलन गरेको पुँजीलाई सेयर पुँजी भनिन्छ ।
  पुँजी संकलन गर्नको लागि सेयर जारी गर्नुअघि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै कम्तीमा ३ करोड रुपैया भन्दा बढी रकमको सेयर सर्वसाधारणमा निश्कासन गर्दा इक्रा नेपाल लगायत अन्य यस्तै प्रकृतिका संस्था बाट  रेटिङ गराउनु पर्दछ । कम्पनीको वित्तीय अवस्थाको सवलता को आधारमा १, २, ३, ४ र ५ नम्बर  रेटिङ दिइने गरिन्छ । इक्रा नेपालले कम्पनीको रेटिङ  १, २ र ३ नम्बर दिएको छ भने कम्पनीको वित्तीय अवस्था सबल र राम्रो छ भन्ने बुझिन्छ भने ४ र ५ नम्बर रेटिङ  दिएको छ भने कम्पनी को वित्तीय अवस्था संतोषजनक छैन भन्ने बुझिन्छ ।
  यस प्रकार कुने पनि कम्पनीको प्राथमिक सेयरमा लगानी गर्दा कम्पनी को रेटिङ नम्बर राम्रो भएको कम्पनीमा लगानी गर्दा राम्रो हुन्छ । यसरि सेयरमा लगानी गर्नु अगाडि यी तीन कुराहरु अनिवार्य बुझनु पर्दछ ।
       
Powered by Blogger.