Header Ads

नियामक निकाय निकम्मा हुँदा सेयर बजार को भयो यो हालत :

Raju Paudel's
Blog

लामो राजनितिक संक्रमणकाल को अन्त्य गर्दै नेपालले अहिलेसम्म कै शक्तिशाली दुई तिहाई को स्थिर सरकार पाएको छ । हिजो मात्र नियुक्ति भएका नयाँ मन्त्रीहरु पनि जनता बाट धेरै रुचाईएका देशकोलागी केही गर्नु पर्छ भन्ने जोस जाँगर भएका युवा शक्ति बाट पर्नु भएको छ । यश मानेमा अब देश आर्थिक समवृद्धिको बाटो तिर लम्की सकेको आवस हुन्छ र जनता को आसा भरोसा पनि यहि छ ।
   तर अर्थतन्त्र को ऎना मानिने सेयर बजार नयाँ सरकार का प्रधानमन्त्री केपि ओलि भएको दिनमा ३६ अंकले बढेको थियो भने त्यस यताका दिनमा निरन्तर ओरालो लागेको अवस्था छ । अहिले बजार घटदा ३०, ४० अंकले घटने तर बढदा ५, ७ अंकले मात्र बढने अवस्था देखिएको छ । सेयर बजारको यो अवस्था देखेर धेरै लगानीकर्ताहरु मा निराश छाएको छ भने कतिपय लगानी कर्ता बजार को यो हालत देखेर सस्तोमा सेयर बेचेर सेयर बजार बाट पलायन भएको अवस्था पनि देखिएको छ ।
धेरै लगानी कर्ताहरुलाई लागेको थियो चुनाव पछी र नयाँ स्थिर बलियो सरकार बने पछि बजार पक्कै पनि बढछ भनेर अहिलेसम्म को इतिहासलाई हेर्दा पनि चुनावी बर्षमा बजार बढेको देखिन्छ तर यश पाली इतिहास मा सबै भन्दा बलियो र स्थिर सरकार त्यो पनि बजार प्रती सकारात्मक विचार राखने ब्यक्ति केपि शर्मा ओलि प्रधानमन्त्री हुँदा पनि  बजार निरन्तर ओरालो लागिरहेको छ ।
    नयाँ र स्थिर सरकार बनेपछि पक्कै पनि सेयर बजारमा सकारात्मक असर पर्नेछ भन्ने कुरा धेरलगानी कर्ताले सोचेका थिए तर नयाँ सरकार बने पछि विभिन्न बहाना बाजि मा सेयर बजार का माफियाहरुले बजारलाई निरन्तर घटाउन सफल भएका छ्न कहिले बामपंथी को सरकार सेयर बजार प्रतिकुल हुनेछ बिदेश सयोग आउने छैन भन्ने हल्ला फिजाएर कहिले नयाँ अर्थमन्त्री सेयर बजार प्रती अनुदार ब्यक्ति हुन भन्ने बहानामा कहिले BBC मा नवनियुक्त अर्थमन्त्रीले सेयर बजार अनुत्पादक क्षेत्र भने भन्ने हल्ला फिजाएर बजार घटाउने काम गरिदै आएको छ । यस्ता हल्ला फिजाएर बजार घटाउदा क्षणिक रूपमा केही सेयर माफियाहरुलाई फाईदा भएता पनि दीर्घकालमा कुनै पनि लगानी कर्ताहरुको हित गर्दैन यस्ता हल्ला फिजाएर बजार घटाउने प्रवृतिले हाम्रो पुँजी बजार धेरै पछाडि पर्नेछ  । अनावश्यक रूपमा चलाईने यस्ता हल्लाहरुले मुलुकको पुँजी बजारको विकास र विस्तारमा बाधा पुर्याउने छ ।
     हाम्रो सेयर बजारमा सेयर बजारको आधारभुत पक्षको विश्लेषण गर्नु भन्दा पनि हल्लाको पछाडी लागेर सेयर खरिदबिक्री गर्ने जमात को संख्या ज्यादै छ । यस्तै सेयर माफियाका हल्लाका पछाडि लाग्दा लगानी कर्ताहरुले एकै दिनमा ४७ अर्ब सम्पत्ति गुमाए को अवस्था पनि हाम्रो बजारमा छ । त्यसकारण कुनै पनि लगानी कर्ताहरु सेयर बजारमा सेयर माफियाहरुले चलाएको हल्ला को पछाडी लागेर दौडनु भन्दा पनि आफुले लगानी गरेको कम्पनीको पछाडी लाग्ने गर्नुहोस । नेप्सेको अंक कतिले घटेयो बढेयो भनेर चिन्ता गर्नु भन्दा पनि आफुले लगानी गरेको कम्पनीले यो बर्ष कति अंकको प्रतिफल दिन सक्छ भन्ने कुरामा अध्यन अनुसन्धान गर्न तिर लाग्नुहोस । बजार मा सेयर माफियाहरले फैलाएको हल्लाको पछाडि दौडेर समय र श्रम को बर्वादी गर्नु भन्दा पनि आफुले लगानी गरेको कम्पनीको वित्तीय अवस्था कस्तो हुदैछ ? दोस्रो त्रैमासिक प्रतिवेदन कस्तो आयो ? तेस्रो त्रैमासिक प्रतिवेदन कस्तो आउदैछ ? कम्पनी को दायित्व र सम्पत्ति को अवस्था कस्तो छ ? कम्पनीले कस्तो क्षेत्रमा पुँजी लगानी गरेको छ ? कम्पनी को संचालक समिती र कार्यकारी प्रमुखले कम्पनीलाई कता लादैछ्  ? आदि इत्यादि कुराहरु बढी चासो दिने गरौ ।
       विकसित देशको पुँजी बजारमा राम्रा कम्पनीको सेयर मुल्य नेप्से बढदा राम्रो वढेको हुन्छ भने नेप्से घटदा पनि तेति मुल्य घटिरहेको हुदैन तर हाम्रो बजारमा नेप्से बढदा जस्ता नराम्रा कम्पनी को पनि मुल्य बढने र नेप्से घटदा जति राम्रा कम्पनीको पनि मुल्य घटिरहेको हुन्छ । यश बाट के देखिन्छ भने हामी लगानी कर्ताहरुले कम्पनी को आधारभुत पक्षको अध्यन नगरी हल्लाको भरमा सेयरमा लगानी गरिरहेका छौ ।
    अहिले निरन्तर बजार घटनु को प्रमुख कारण बामपंथी सरकार सेयर बजार प्रती प्रतिकुल हुन्छ र नयाँ अर्थमन्त्री बजार प्रती अनुदार हुन भन्नू सेयर माफियाहरुको बजार अझ घटाउने खेलमात्र हो । यो बजार त  बिगत डेढ बर्ष यता निरन्तर घटिरहेको छ जति बेला हामी मात्र यो देशका प्रजातान्त्रिक शक्ति हु भन्नेहरुको सरकार थियो तेति बेला पनि बजार निरन्तर घटिरहेको थियो । तेहि भएर अहिले को बजार घटाई बामपंथी सरकार भएर वा सेयर बजार प्रती अनुदार अर्थमन्त्री भएर होईन कि हाम्रा बजारका नियामक निकायका प्रमुख निकम्मा अदुरदर्शि भएर हो । जब राष्ट्रबैंक ले बाणिज्य बैंकलाई एकै चोटि दुई अर्ब बाट आठ अर्ब र विकास बैंकलाई दुई अर्ब पचास करोड चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन गर्यो भने अर्को तिर बिमा समितीले पनि जीवन बिमा कम्पनीलाई दुई अर्ब र निर्जिवन बिमा कम्पनीलाई एक अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने बाध्यकारी नियम ल्यो तब बैंक तथा बिमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउने नाममा अत्याधिकमात्रामा हकप्रद सेयर बोनस सेयर र एफपिओ निकाले र निकाल्ने काम निरन्तर छ तब बजारमा सेयरको आपूर्ति अत्याधिक हुन गयो । जबकि राष्ट्रबैंक र बिमा समितिले हकप्रद सेयरलाई कडाइ गरेर मर्जर बाट चुक्ता पुँजी पुर्याउनु पर्ने भन्ने बाध्यकारी निर्देशन गर्नु पर्थयो । नियामक निकायले समस्या सिर्जना गरेर छाडे तर यो अध्याधिक सेयर आपुर्तिलाई खपत गर्नको लागि आवस्यक संयन्त्र को विकास नगरी रमिता हेरेर बसिरहेका छ्न । जवकी सेयर को आपूर्ति अत्याधिक भएपछि नेपाल अधिराज्य भरी सेयर बजारलाई पुर्याउन बैंकलाई ब्रोकर लाइसेन्स दिने काममा पहल राष्ट्रबैंकले गर्नु पर्थ्यो नेपालको सेयर बजारलाई अन्तर्राष्ट्रिय स्थर मा पुर्याउन नेप्से र धितोपत्र बोर्डको पहलमामा अहिलेसम्म अन्लाईन ट्रेडिङ को सुरुवात भइ सक्नु पर्थ्यो । त्यसै गरि नेपाली पुंजी बजारलाई व्यापक विकास र विस्तार गर्न गैरआवसिय नेपाली हरुलाई नेपाली पुँजी बजारमा लगानी गर्ने वातावरण मिलाउने काम गर्नु पर्थ्यो । हाम्रो अस्थिर प्रकृतिको बजारलाई स्थिर बनाउन विभिन्न कोषहरु लाई बजार निर्माता को रुपमा भित्राई सक्नु पर्थ्यो । काठमाडौ भ्याली भित्र मात्र रहेका ५० वटा ब्रोकरहरु लाई देशका सबै स्थानीय निकाय सम्म पुर्याउने काम गर्नु पर्थ्यो यस्ता कामा का लागि हाम्रा चार निकम्मा निकायका प्रमुखहरु लाई दबाब दिनु छैन अनि यता बामपंथी सरकार आएर अनुदार अर्थमन्त्री भएर सेयर बजार घटेयो भन्दै रोईकराई गरेर अनि हाम्रो बजार बढछत ?
     बजार घटनुको अर्को कारण अहिले बैंकहरुमा देखिएको तरलता को समस्या हो । अहिले बैंकहरुले हामी सँग लगानी गर्ने पैसा छैन भन्दै निक्षेप संकलन गर्ने नाममा अस्वथ्य प्रतिस्पर्धा गर्दै बचतमा १० प्रतिशत सम्म मुद्दत्तिमा १२ देखि १३ प्रतिशत सम्म ब्याज दिएर बचत संकलन गर्ने प्रतिस्पर्धा चलिरहेको छ केही दिन अगाडि यहि समस्याले बैंकर संघ र एनआईसिय बैंक विच द्वन्द्वको अवस्था नि सिर्जना भयो । जब बैंकको ब्याजदर उच्च हुन्छ तब सेयर बजार घटछ जब बैंकको ब्याजदर न्यून हुन्छ तब सेयर बजार बढछ । ब्याजदर र सेयर बजारको सम्बन्ध विपरीत हुन्छ । तरलता को समस्याले गर्दा सेयर कर्जाको ब्याजदर १५, १६ प्रतिशत पुगेको अवस्था छ । ठुला लगानी कर्ताहरुले बैंकबाट करोडौं सेयर कर्जा लिएर सेयर लगानी गर्ने वातावरण पनि अहिले छैन त्यस कारण पनि बजार अहिले घटिरहेको छ । तरलताको समस्या समाधान गर्ने काम राष्ट्रबैंक को होइन ? यो मानेमा पनि राष्ट्रबैंक अहिले निकम्मा जस्तै भएर बसेको छ । यो कारणले पनि अहिले बजार निरन्तर घटिरहेको छ अर्को तिर ठुला लगानी कर्तहरु अहिलेको बामपंथी सरकारले कस्तो आर्थिक नीति र कार्यक्रम  लिने हो भनेर पर्खर हेर को अवस्थामा रहेकाले पनि बजार घटिरहेको छ । अहिलेको बजारलाई थामेको भनेको नवप्रवेशि नयाँ र साना लगानी कर्ताहरुले हो । बजारमा दिनका दिन करोडौं बोनस र हकप्रद सेयर आएका आएछ्न तर यो अत्याधिक सेयर आपूर्ति को व्यवस्थापन गर्ने संयन्त्रको विकास नियामक निकायले नगर्दा यस्तो समस्या बजारमा देखिएको छ अनि सेयर माफियाहरु भन्छ्न अर्थमन्त्री युवाराज खतिवडाले यसो भनेर उसो भने यो सरकार सेयर बजार प्रती सकारात्मक छैन आदि इत्यादि । अहिले बजारमा नयाँ हजारौं लगानी कर्ताहरु भित्रीएका छ्न भित्रीने क्रम जारी छ तर बजारमा दिनप्रतिदिन बढेको अत्याधिक सेयर आपूर्ति ठुला लगानीकर्ता बजार बाट बाहिरीहेर पर्खर हेरको अवस्थामा बस्दा बजारमा जति नयाँ लगानी कर्ता भित्रीएपनी बजार बढने अवस्था रहेन समुन्द्र को पानी गाग्री मा उठाएर सक्छु भने जस्तै अवस्था अहिले बजारमा देखिएको छ ।
  नयाँ सरकार गठन सँगै प्रधानमन्त्री बन्नु अगाडि जुन प्रतिबद्धता केपि ओलिले   सेयर बजार प्रती गर्नु भएको थियो तर उहाँको नेतृत्वमा नयाँ स्थिर  सरकार गठन भएको यति लामो समय सम्म पनि सरकारले सेयर बजारलाई कुनै सम्बोधन नगरेको हुनाले बामपंथी सरकार सँग ठुला लगानी कर्ताहरु झस्किएका हुन्की जस्तो भान पनि देखिन्छ । तर लामो समय पछि मुलुकले स्थिर दुई तिहाइ बहुमत सहित को बलियो सरकार पाएकोछ । यो सरकार र सम्पुर्ण राजनितीक पार्टीहरुको अबको एक मात्र नारा देशको आर्थिक समवृद्धि गर्नुछ । आर्थिक समवृद्धिको बाटोमा देशलाई लानु पर्दछ भन्ने बिषयमा राजनीतिक दलहरुमा एक प्रकारको अलिखित सहमति भएको छ । यो सरकारले वैदेशिक साहयतालाई राष्ट्रिय स्वार्थ अनुकूल प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने योजना बनाएको छ । दोहोर अंकको आर्थिक वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य सरकारले लिएको छ । नयाँ नयाँ उद्योग खोलेर रोजगारी को सिर्जना गरेर वैदेशिक रोजगारीमा व्यापक कटौती गर्ने लक्ष्य छ हजारौं मेगावाट विद्युत उत्पादन गर्ने योजना छ ठुला ठुला परियोजना निर्माण गर्ने लक्ष्य छ  । यस्ता महत्वाकांक्षी योजना सफल तुल्याउन र सेयर बजारमा लगानीको दायर बढाउन विस्तारै वास्तविक क्षेत्रलाई पनि सेयर बजारमा भित्राउन र PPA मा काम गर्ने प्रतिबद्धता यो सरकारले गरेको छ यस्ता महत्त्वपूर्ण महत्त्वकाँन्छी योजनाहरु पुरा गराउनलाई मौद्रिक नितिमा पिएचडी गरेका अर्थबिद योजना आयोगका पुर्व उपाध्यक्ष र राष्ट्रबैंक का पुर्व गभर्नर डा. युवाराज खतिवडालाई प्रधानमन्त्री केपि शर्मा ओलिले अर्थमन्त्री को जिम्मेवारी दिनु भएको छ । यी अर्थमन्त्रीले देशको समग्र अर्थतन्त्र को विकास को लागि कुनै कसर बाँकी राखने छैन भन्ने आसा आम नेपाली जनता लिएका छ्न  । यो सरकारका महत्वाकांक्षी आर्थिक उदेश्य प्राप्तिको लागि अत्याधिक मात्रामा पुँजी परिचालन गर्नु पर्ने अवस्था छ पुँजी परिचालनको प्रमुख थलो भनेको सेयर बजार मात्रहो । त्यसकारण यो नयाँ बामपंथी सरकार र यो सरकार का अर्थमन्त्री डा. युवाराज खतिवडाले पुँजी बजार प्रतिकुल हुने आर्थिक नीति र नियम कुनै पनि हालतमा ल्याउने छैन बरु सेयर बजार को विकास र बिस्तार का लागि नियामक निकायले गर्नु पर्ने कामहरु तुरुन्तै अगाडि बढाउन नियामक निकायहरुलाई दबाब दिने छ्न भन्ने आसा हामी आम लगानी कर्ताले लिएका छौ ।
   अबको देशको अवस्था अपवादमा बाहेक सकारात्मकै छ । यति बजार प्रती अनुकुल वातावरण आउँदै गरेको अवस्थामा पनि सेयर बजारका सेयर माफियाहरुले अनावश्यक हल्ला फिजाएर एक चोटि बजारलाई तल्लो बिन्दुमा झारेर सस्तोमा सेयर उठाउने दाउ गर्दैछ्न । यस्ता सेयर माफियाहरुले फैलाएका हल्लाका पछाडि लाग्दै नलाग्नुहोस आगामी दिनम नेपालको सेयर बजारको भबिस्य एकदमै स्वणिम छ । यो अवस्था मा हल्ला का पछाडि नलागी राम्रा कम्पनी को वित्तीय अवस्था केलाएर बरु सस्तो मुल्यमा आएका राम्रा राम्रा कम्पनीका सेयर थोर थोरै खरिद गर्दै जानुहोस कुरा अरुका पनि सुन्नुहोस तर निर्यण आफै गर्नुहोस ।
         ।।। जय सेयर बजार ।।।

Powered by Blogger.