Header Ads

"सेयर खरिदबिक्री गर्दा यी १९ कुरामा ध्यान दिउ नेप्से घटेर तनाव नलिउ"


Raju Paudel's
Blog

 





 नेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री बिधि तथा तरिकाहरुको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउने को संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । जबकि सबै लगानीकर्ता को उदेश्य सेयर लगानी बाट कमाउनेनि हुन्छ । अधिकांश सेयर लगानी कर्ताहरुले सेयर खरिदबिक्री  गर्दा आफ्नो बुद्धिले भन्दा पनि सामाजिक संजालमा तथा साथि भाईहरुलाई सोधेर अरुका कुरा सुनेर विभिन्न अन्लाईन पत्रीकामा आएका अनावश्यक सेयरबजार सम्बन्धि समाचारहरु लाई आधार मानेर सेयर खरिदबिक्री गर्ने गर्नुहुन्छ जसका कारण  नेपाली सेयर बजार ज्यादै अस्थिर पनि भएको छ । बिना कारण कहिले उच्च अंकले बढ्ने कहिले बिना कारण उच्च अंकले घटने गरेकोछ ।
       अरुको सल्लाह लिएर सामाजिक संजालमा सोधेर अन्लाईन पत्रीका का समाचार लाई आधार मानेर बिबिसी मा अर्थमन्त्रीले यसो भने भनेर सेयर खरिदबिक्री गर्ने होईन कुनै पनि लगानी कर्ताले  दोस्रो बजारबाट सेयर खरिदबिक्री गर्दा एउटा स्पस्ट योजना बनाएर कम्पनीको वित्तीय सूचकांक लाई गहिरो रूपमा अध्यन अनुसन्धान गरेर उपयुक्त समय र विभिन्न  विधि तथा तरिकाहरु अपनाउनदा हामीले सेयर लगानी बाट मनग्ये लाभ् लिन सकछौ भन्ने कुरा को हेक्का सेयर लगानी कर्तालाई हुनुपर्दछ । विश्वभरमा यो क्षेत्रमा बुझेर लगानी गर्ने लगानी कर्ताले मनग्ये लाभ उठाईरहेका छ्न भने कसैले कमाएको देखेर वहकावमा हाम फाल्नेहरुले आफनो लगानी गुमाउनु परेका घटनाहरु पनि धेरै भेटिन्छ्न ।
     अहिले सेयर बजार घटेको घटैछ यस्तो बजार घटेको अवस्थामा पनि तल उल्लेखित बिधि तथा तरिकाहरु अपनाएर सेयर खरिदबिक्री गर्नु भयो भने तपाईले पनि सेयर लगानी बाट मनग्ये आम्दानी गर्न सक्नुहुनेछ । तपाईपनि सेयरमा लगानी गरेर गुमाउने मा होईन कमाउनेमा पर्न सफल हुनु हुन्छ ।
     सेयर बजारका बादसाह वारेनबफेटले भनेका छ्न अरु डराएर सेयर बिक्री गर्ने दौडमा छन भने तपाईले यहि मौकामा खरिद गर्नुहोस्  । अहिले बजारले तपाईहरु लाई चुनौती को साथ-साथै अवसर पनि दिईरहेको छ अब तपाईले चुनौती को सामना गर्दै अवसरलाई समातनुहोस । सेयर बजार भनेको जोखिम पनि अधिक भएको क्षेत्रहो अहिले को अवस्था मा जोखिम बहन गर्न सक्नु भएन भने अबसर गुमन पनि सक्छ ।
      अब देखि तपाईहरुले सेयर खरिदबिक्री गर्दा निम्नलिखित कुराहरूमा विशेष ध्यान दिनुहोस:

१. सेयरमा लगानी गर्नु अगाडि वित्तीय जग बलियो बनाउनुहोस ।

२. सर्वप्रथम सेयर बजारको ट्रेन्ड कता जादैछ भनेर गहिरो अध्यन र विश्लेषण गर्नुहोस ।

३. ट्रेन्ड पत्ता लगाईसकेपछी अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय हो कि होईन पहिचान गर्नुहोस ।

४. सेयर खरिद गर्नु अघि पर्याप्त गृहकार्य गर्ने वा समय दिन सक्ने धैर्यता चाहिन्छ जसका लागि सूचना संकलन र विश्लेषण गरेर मुल्यावन कम्पनी छनौट गर्नुपर्छ । कम्पनीको छनौट गरिसके पछि सस्तो मुल्यको पर्खाइमा बस्न सक्ने धैर्यता राख्नुपर्दछ ।

५.  लगानी गर्ने लगानी कर्ताको लागि खराब समाचार भनेको उत्तम समाचार हो । जस्तो नव नियुक्त अर्थमन्त्री युवाराज खतिवडाले बिबिसीमा सेयर बजार भनेको अनुत्पादक क्षेत्र हो भने भनेर जुन समाचार आएको छ यो समाचारले सेयर बजार ओरालो झर्न सक्छ र सचेत लगानी कर्ता त्यही ओरालोमा बसेर जोखिम लिएर अरुले हतारमा बेचेका राम्रो प्रतिस्पर्धात्मक क्षमता बोकेका कम्पनीहरुका सेयरहरु सस्तो दरमा उठाउन थाल्छन् ।

६. तपाईहरु के कुरामा विश्वस्त हुनुहोस् भने सेयर बजार बढेपछि घटछ घटेपछि बढछ यसको विशेषतानै बढेपछि घटनु र घटेपछि  बढनु हो त्यही भएर तपाईहरु हतारिएर उत्तेजनामा आएर बढदो बजारमा सेयर खरिद नगर्नुहोस । उच्च बिन्दुमा पुगेको सेयर केही समयका लागि झरेर न्यून विन्दुमा आउनसक्छ । जस्तै २०६५ मा ११७५ मा पुगेको नेप्से ३०६८ मा घटेर २९२ मा पुगेको थियो । यस्तो अवस्थामा लामो समयावधिका प्रतिस्पर्धि कम्पनीका सेयर किन्न तयार भएर बस्नुपर्छ । यस्तो अवस्थामा राम्रा कम्पनीको सेयर किन्न थाल्नुपर्छ जवसम्म तपाईंको गोजि रितरित्तिदैन । २०६८ सालमा २९२ मा पुगेको नेप्से २०७३ साउनमा आईपुग्दा बढेर १८८१ अंकमा पुगेर नेपाली पुँजी बजारले एउटा नयाँ इतिहास रच्यो । नेप्से २९२ मा झरिरदाँ जुन लगानी कर्ताहरुले जोखिम बहन गरेर राम्रा-राम्रा कम्पनीका सेयर किन्नदै गए पछि नेप्से १८८१ हुँदा बेचेर अर्वौ कमाएको अवस्था देखिन्छ ।


७.  सेयर खरिदबिक्री गर्दा सामाजिक संजालमा सोधेर अन्लाईन पत्रीका मा आएका अनावश्यक समाचार पढेर साथी भाईहरु ईस्टमित्र छरछिमेकिको बहकावमा र लहलैमा लागेर होईन कि कम्पनीको बिगत पाँच बर्षको वित्तीय अवस्था र सुचकहरुलाई राम्रोसँग  विश्लेषण गरेर सेयर खरिदबिक्री गर्नेगर्नुहोस ।


८.  बजार घटिरहेको  अबस्थामा  तपाईले दस उत्कृष्ट कम्पनीको सेयर खरिद गर्ने योजना बनाउनुहोस । पाँच बाणिज्य बैंक दुई विकास बैंक चार बिमा कम्पनी दुई हाईड्रो पावर कम्पनी दुई माईक्रो फाईनान्स कम्पनी एक दुई अन्य गरि पन्ध्र-सोर्ह वटा  जति कम्पनीको सुची  बनाउनुहोस ।

९. घटदो सेयर बजारमा एकै चोटि लगानी नगर्नुहोस । घटदो बजार बाट फाईदा लिनकोलागि लगानी योग्य पुजीको कम्तीमा २०-३०% पैसा नगद राखनुहोस । ताकी भोलि घटेको बजार बाट सेयर उठाउन सकियोस ।

१०. घटदो सेयर बजारमा दैनिकी थोर-थोरै सेयर खरिद गर्दै जानुहोस तब सम्म यो खरिदलाई जारि राखनुहोस जब सम्म बजार घटन रोकिदैन र तपाईंको पैसा सकिदैन ।

११. बजार घटने क्रम रोकिएर बढ्न सुरु गरेपछि सेयर खरिद कार्यलाई रोक्नुहोस । निश्चित प्रतिशत फाइदा आएपछि केही कम्पनीको सेयर बेचेर नाफा सुनिश्चित गर्नुहोस् तर नाफा सुनिश्चित गर्दा ब्याज कमिसन र मुद्रास्फीति दरलाई ध्यान दिन नभुल्नु होला ।

१२. सेयर बजारमा ९५ प्रतिशत लगानी कर्ताले कमाउन नसक्नु भनेको छिट्टै आबेशमा आउने र उत्तेजित हुनु पनि हो । आवेश र उत्तेजनालाई नियन्त्रणमा राखन नसक्नु पनि हो । सेयर खरिदबिक्री गर्दा आबेशमा होइन विवेकमा लगानी गर्नुहोस ।

१३. डर र लोभ सेयर लगानी कर्ताका दुईवटा शत्रु हुन र यी दुबै लगानीकर्तमा उत्पन्न हुने आवेश र उत्तेजनाका परिणाम हुन । जब सेयर को भाउ बढन थाल्छ अझ बढछ्की भनेर लोभ गरेर राम्रै फाइदा आउँदा पनि नबेची बस्ने ।  जब सेयर को भाउ घटन थाल्छ डरले दौडदै गएर घाटा खाएर सेयर बेच्ने प्रवृति हामी लगानी कर्ताहरुमा छ । त्यस कारण सेयरमा लगानी गर्ने लगानी कर्ताले डर र लोभलाई त्याग्न सक्नु पर्छ ।

१४. दीर्घकालीन लगानी गर्ने नाममा एउटा कम्पनीको सेयर किनेर जिन्दगी भरी बस्ने होईन । एउटा कम्पनीको सेयर किनेर जिन्दगी जादैन भन्ने मान्यता राखेर सेयरमा लगानी गर्नु पर्दछ । आफुले लगानी गरेको कम्पनी खराब भयो वा ठिक छैन भन्ने लाग्यो भने तत्काल उक्त कम्पनीको सेयर बिक्री गरेर अर्को राम्रो कम्पनीको सेयर किन्नुपर्दछ । अर्थात राम्रो हुन्जेल पाल्ने राम्रो हुने देखिएन भने फाल्ने नीति लिनु पर्दछ ।

१५. पोटफोलियो म्यानेजमेन्टमा ध्यान दिनुहोस् । पोटफोलियो म्यानेजमेन्ट को अर्थ सबै अन्डालाई एउटै टोकरिमा नराखनुहोस भन्ने हो । सबै अन्डा एउटै टोकरीमा राखदा केही गरि टोकरी खस्यो भने सवै अन्डा नष्ट हुन्छन । सेयर बजारमा लगानी गर्दा पनि एउटा समुहको कम्पनीमा मात्र लगानी नगरि दुई वा दुईभन्दा बढी क्षेत्रमा लगानी गरियो भने एउटा क्षेत्रमा हुने नोक्सानीलाई अर्को क्षेत्रको नाफाले क्षतिपूर्ति गराउनु अर्थात् एउटा कम्पनीको सेयरमा भएको नोक्सानीलाई अर्को कम्पनीको सेयरमा भएको नाफाबाट क्षतिपूर्ति गराउनुनै पोटफोलियो म्यानेजमेन्ट हो । त्यस कारण सेयरमा लगानी गर्दा पोर्टफोलियो म्यानेजमेन्टलाई ध्यान दिनुहोस ।

१६. बजारमा विभिन्न समुहहरु हुन्छ्न जुन समुहहरुले सेयर बिक्री गर्नु पर्यो भने विभिन्न भ्रम सिर्जना गर्ने हल्ला गर्ने भोलि बजार यति अंकले माथी जान्छ नेप्से २००० अंकमाथी जाँदैछ फलानो कम्पनीले यति प्रतिशत बोनस र हकप्रद सेयर  दिदैछ भनी बिना आधार विभिन्न सामाजिक संजाल र अन्लाईन पत्रीका मार्फत हल्ला र भ्रम फिजाएर  आफुले खरिद गरेको  सेयरको  भाउ उचालेर तपाई हामी नयाँ र साना लगानीकर्ता हरुलाई फसाएर सेयर बिक्री गर्ने र सेयर बिक्री गरिसके पछि तिनै समुह फेरि बिना आधार बजार क्रयास हुँदै छ बजार ९०० अंक भन्दा तल जादैछ भनेर साना र नयाँ लगानी कर्ताहरुलाई अत्याएर सेयर बिक्री गर्न बाध्य बनाई सस्तोमा सेयर किन्ने दाउमा हुन्छ्न यस्ता समुह बाट सधै सचेत रहनुहोस र बच्नुहोस ।

१७.  राम्रो कम्पनीको अहिले बजारमा मुल्य अण्डर भ्यालुमा छ भने त्यस्ता कम्पनीको सेयर खरिद गर्नुहोस जुन कम्पनीको सेयरले बजार बुलिस ट्रेन्डमा हुँदा राम्रो फाइदा दिन्छ ।

१८. विगतका गल्तीबाट सिकनुहोस: लगानीकर्ताले बिगतमा सेयर खरिद गर्दा  गरेका गल्तीहरु जस्तै मङगोमा सेयर खरिद गरेको, बजार घटदा सेयर खरिद गर्ने पैसा आफुसँग नराखेको, उत्तेजनामा आएर सेयर खरिद गरेको, सेयर खरिद गर्दा धर्यता नगरेको, बजार बढेपछि फेरि घटछ भन्ने कुराको विचार नगरेको बजार बढेर राम्रो फाइदा आउँदा पनि सेयर बिक्री नगरेको आदि गल्ती हुन सक्छन् यस्ता गल्तिहरु को सुची बनाउनुहोस र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउनुहोस  । सुझाव अरुको लिनुहोस तरइ

१९. सेयर बजारमा प्रवेश गर्नु भन्दा अगाडि देशको अर्थतन्त्र, राजनीति अमनचैन, युद्ध, अशान्ति, विपत्ति, नियमनकारी निकायकहरुको कदम, प्रबिधिमा आउने परिवर्तन, बजारमा लगानी गर्ने लगानीकर्ता को आत्मबल र मनोवृत्ति, बैंकको ब्याजदर, अरु क्षेत्रमा लगानी गर्ने अवसर आदि कुराहरु लाई सुक्ष्म रूपमा अध्यन गरेरमात्र बजारमा प्रवेश गर्नुहोस् ।

माथी उल्लेखित टिप्पसहरु लाई मनन गरेर तपाईहरु बजारमा प्रवेश गर्नु भयो भने तपाईहरुले पनि सेयरमा लगानी गरेर मनग्ये आम्दानी गर्न सफल हुनुहुनेछ । अब तपाई ९० प्रतिशत गुमाउनेमा होईन १० प्रतिशत कमाउनेमा पर्नुहुनेछ ।
            सुझाव अरुका लिनुहोस तर निर्णय आफै गर्ने गर्नुहोस् ।।।।



Powered by Blogger.