Header Ads

यी १३ काम भइदिए बजारमा आउने थियो उछाल लगानीकर्ता हुने थिए मलामाल

Raju Paudel's
Blog


  



  पहिलो चोटि केपि शर्मा ओलि प्रधानमन्त्री हुँदा १८८१ पुगेर रेकर्ड कायम गरेको नेपाली सेयर बजार दोस्रो चोटि दुई तिहाई बहुमत सहित केपी शर्मा ओलि पुन  प्रधानमन्त्री हुँदा को अवस्थामा नेपाली सेयर बजार १८८१ को अंकबाट घटदै आएर १४०० को वरिपरि नाचिरहेको अवस्था छ  ।  लामो राजनीतिक संघर्ष पछि देश नयाँ संविधान को कार्यान्वयन गर्दै संघीयता मा प्रवेश गरेको छ । संघीयता सँगै सिंहदरबार को अधिकार गाउँ गाँउमा पुगेको अवस्था छ । अब गाउँको बिकास देखि समग्र मुलुक को बिकासमा वहार आउने आसा गरिएको छ । प्रदेशमा प्रदेश सरकार र केन्द्रमा  स्थिर,  दिगो र दुई तिहाई बहुमत सहितको केन्द्र सरकार बनिसकेका छ्न जुन सरकार का एक मात्र नारा देशको आर्थिक समवृद्धि गर्नुछ । कुनै पनि देशको आर्थिक समवृद्धिको मापक यंत्र भनेको पुँजी बजार हो अर्थात पुँजी बजार  अर्थतन्त्र को ऎना हो । त्यस कारण नयाँ सरकारले पुँजी बजार को विकास र विस्तार मा विशेष चासो दिएर काम गर्ने छ भन्ने आसा आम लगानी कर्ताहरुले गरेका छ्न ।
   नयाँ सरकारले नेपाली पुँजी  बजारको विकास र विस्तार को लागि तुरुन्तै निम्नलिखित कार्यहरु थालनी गर्नेछ भन्ने  आसा आम लगानी कर्ताहरले  गरेका छ्न: 
    १. अन्लाईन ट्रेडिङ को सुरुवात: नेपाली पुँजी बजारमा कायपलट गर्ने एउटा प्रमुख काम अन्लाईन ट्रेडिङ को सुरुवात हो । जुन कुरा लामो समय देखि उठ्ने र सेलाउने गरेको छ । यो कामलाई नयाँ सरकारले तुरुन्तै अगाडि बढाउने छ भन्ने आसा आम लगानी कर्ताहरुले राखेका छ्न । अन्लाईन ट्रेडिङ को सुरुवात अर्थात घरमै बसेर मोबाईल र कम्प्युटर मा एक क्लिक गरेका आधारमा दोस्रो बजार बाट सेयर खरिदबिक्री गर्न पाउने सुबिधा को सुरुवात नेपाली पुँजी बजारमा मा भयो भने सबै देश-बिदेशमा बसोबास गर्ने आम नेपाली जनताहरु को पँहुच नेपाली पुँजी बजारमा पुग्ने छ । तर अन्लाईन ट्रेडिङ सबै नेपाली जनताको पहुँच मा पुर्याउन सबैलाई यस्को शिक्षा र ईन्टरनेट को सुबिधा सबै स्थानमा पुर्याउने काम पनि नयाँ सरकारले सँग सँगै गर्नु पर्ने आवस्यकता छ ।
      २. नयाँ नेप्से कम्पनीको स्थापन: कुनै पनि  उपभोक्तले बढी सेवा र सुबिधा पाउनको लागि बजारमा प्रतिस्पर्धि कम्पनी को आवस्यकता पर्दछ । उदाहरणका लागि जति बेला नेपालमा एक मात्र टेलिकम कम्पनी नेपाल टेलिकम NTC थियो त्यति बेला नेपाल टेलिकम को सेवा र सुबिधा यति खत्तम र झुर थियो कि कुरै नगरौ जब नेपालमा NCELL जस्ता अन्य टेलिकम कम्पनीको प्रवेश सँगै प्रतिस्पर्धा बढेयो र आज नेपाल टेलिकम को सेवा सुविधाहरु मा व्यापक सुधार आएको अवस्था छ । त्यसै गरि नयाँ नेप्से कम्पनी ल्याउदा खेरी अहिले भएको नेपाल स्टक exchange को सेवा र सुबिधामा व्यापक सुधार आउने छ भन्न सकिन्छ । दुईवटा नेप्से कम्पनीको प्रतिस्पर्धाले लगानी कर्ताहरुले नयाँ नयाँ सेवा र सुविधा पाउनु को साथै नेपाली पुँजी बजार को बिकास र बिस्तारमा ब्यापकता आउने छ भन्ने आसा गर्न सकिन्छ । नेप्से कम्पनीको प्रतिस्पर्धाले लगानी कर्ताहरुले नयाँ-नयाँ प्रविधिको उपयोग आधुनिक अन्तर्राष्ट्रिय स्थरको सेवा सुबिधा पाउनेछ्न भन्ने आसा गर्न सकिन्छ । त्यस कारण नयाँ सरकार सँग आम लगानी कर्ता को अपेक्षा के छ भन्ने नेपाली पुँजी बजार को बिकास सँगै लगानी कर्ताहरुले नयाँ नयाँ आधुनिक सेवा सुविधा पाउनको लागि तुरुन्तै नयाँ नेप्से कम्पनीको को स्थापन गर्न यो सरकारले पहल गर्नेछ । कति पए ब्यक्तिको कुरा यिति सानो देशमा दुईवटा नेप्से कम्पनीको किन आवस्यकता पर्यो भन्ने पनि छ तर लगानीकर्ता ले सेयर बजार बाट अधिकतम सेवा र सुविधा पाउनकी लागि एउटा प्रतिस्पर्धि कम्पनी हुनु अति आवश्यक छ । यति सानो देशमा यति धेरै बैंक तथा वित्तीय संस्था हुन सक्छ्न भने दुइवटा नेप्से कम्पनी हुन किन सक्दैन ?
     ३. गैरआवसिय नेपालीहरुलाई नेपाली पुँजी बजारमा प्रवेश: अन्लाईन ट्रेडिङ को सुरुवात सँग सँगै नेपालमा जन्मेर विश्वासका विभिन्न मुलुकमा गइ जागिर र ब्यापार व्यवसाय गरि त्यहिको नागरिकता लिएर बसेका लाखौं गैरआवसिय नेपालीहरुल लाई नेपाली पुँजी बजारमा लगानी गर्न सजिलो हुनेछ । गैरआवसिय नेपाली सँघले प्रतिबद्धता पनि गरिसकेको छ हामिलाई नेपाली पुँजी बजारमा लगानी गर्ने वातावरण मिलाईदिने हो भने हामी पहिलो चरण मा नेपाली पुँजी बजारमा दस अर्व सम्म लगानी भित्राउन तयार  छौ भनेर । त्यस कारण केपि शर्मा ओलिको नेतृत्वमा बनेको सरकार को आर्थिक समवृद्धि को सपना पुरा गर्न पनि गैरआवसिय नेपालीहरु लाई नेपाली पुँजी बजारमा भित्राउन आवस्यक नीति नियम को तुरुन्तै वयवस्था नयाँ सरकारले गर्ने छ भन्ने आसा आम लगानी कर्ताहरु के गरेका छन । गैरआवसिय नेपालीहरु लाई हाम्रो पुँजी बजार खुला गर्नु भनेको हाम्रो पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्थरको बनाउनु हो । गैरआवसिय नेपालीहरु लाई नेपाली पुँजी बजारमा भित्राउने कार्य नेपाली पुँजी बजार को बिकास मा यो एउटा कोशे ढुङ्गा सावित हुनेछ ।
      ४. बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने व्यवस्था: धेरै लामो समय देखि हाम्रो पुँजी बजारमा चलेको चर्चा बैंकहरु लाई ब्रोकर लाइसेन्स दिने कुरा पनि छ । नयाँ सरकार को निर्माण सँगै यो कार्य पनि  पुरा हुने आसामा आम लगानी कर्ताहरु रहेकाछन । अन्लाईन ट्रेडिङ को सुरुवात सँगै हाम्रो पुँजी बजार को दायर ज्यादै फराकिलो हुनेछ अर्थात देशको कुना कन्दरा सम्म हाम्रो बजार पुग्ने छ । तेस्तो  अवस्थामा अहिले विधमान ५० वटा ब्रोकर कम्पनीले सबै स्थानीय निकाय सम्म सेवा दिन सक्ने अवस्था छैन । तर रास्ट्र बैंक को निर्देशन अनुसार सबै स्थानीय निकायमा बाणिज्य बैंकहरु पुग्दै छ्न । यिनै बाणिज्य बैंकहरु लाई विशेष कानुन निर्माण गरि ब्रोकर लाइसेन्स दिन सकियो भने सबै स्थानीय निकायको जनतासम्म नेपाली पुँजी बजार को पहुँच पुग्नेछ । त्यस कारण पनि नयाँ सरकारले बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने पहल तुरुन्तै गर्नेछ भन्ने आसमा आम लगानी कर्ताहरु रहेका छ्न ।
      ५. बजार निर्माता को व्यवस्था: अहिले सेयर बजारमा सेयर आपूर्ति अत्यधिक हुँदा अर्थतन्त्र का हरेक सुचक र कम्पनीहरु का दोस्रो त्रैमासिक रिपोर्ट  सकारात्मक हुँदा हुदै पनि सेयर बजारले एउटा गति लिन सकिरहेको अवस्था छैन भने अर्को तिर सेयर बजारमा बजार निर्माता कम्पनीको  व्यवस्था नहुँदा नेपाली सेयर बजारमा अति अस्थिर प्रकृतिको भएको छ । कहिले बिना कारण भारी अंकले वृद्धि हुने कहिले बिना कारण भारी अंकले घटने प्रकृतिको बजार भएको छ यस्तो बजारमा धेरै नयाँ लगानी कर्ता फस्ने सम्भावना हुन्छ । बजारमा भएका विभिन्न म्युचुअल फन्डहरुले पनि बजार निर्माताको भुमिका खेल्न सकिरहेको अवस्था छैन यिनिहरु पनि सामान्य लगानीकर्ता जस्ता भएका छ्न । त्यसकारण अहिलेको यो अत्यधिक सेयर आपूर्ति को व्यवस्थापन गर्न र बजारलाई स्थिर प्रकृतिको बनाउन पनि नयाँ सरकारले तुरुन्तै बजार निर्माता को रूपमा सन्चय कोष नागरिक लगानी कोष सैनिक लगानी कोष जस्ता कोषहरु लाई बजार निर्माताको रूपमा सेयर बजारमा भित्राउन पहल गर्ने छ भन्ने अपेक्षा लगानी कर्ताहरुले नयाँ सरकार सँग गरेका छ्न ।
      ६. ब्रोकर कम्पनीहरुको कार्य क्षेत्र विस्तार सँगै मार्जिन ट्रेडिङ र डिलरसीप को व्यवस्था: अहिले ५० वटा ब्रोकर कम्पनी मार्फत दोस्रो बजारमा सेयर खरिदबिक्री हुदै आएको छ यी ५० वटा ब्रोकर कम्पनी पनि नेपाल का प्रमुख सहरमा मात्र केन्द्रित छ्न । नयाँ सरकारले नयाँ ब्रोकर कम्पनी थपेर हरेक स्थानीय निकाय सम्म ब्रोकर कम्पनी का साखा संजाल बिस्तार गर्ने, ब्रोकर कम्पनीले सेयर धितो राखेर लगानी कर्ताहरु लाई ऋण दिने सुविधा मार्जिन ट्रेडिङ र सेयर बजार सम्बन्धि काम गर्ने डिलरसिप सेवा दिने व्यवस्था अन्तिम चरणमा पुगेको कुरा आएको छ यो सरकारले तुरुन्तै यी काम लाई अगाडि बढाउन पहल गर्नेछ भन्ने आसा आम लगानी कर्ताहरुले गरेका छन ।
    ७. संस्थागत सुसानको व्यवस्था: वर्तमान अवस्थामा नेप्से मा सुचिकृत कतिपय कम्पनिहरुले संस्थागत सुसासनको खिल्ली उडाईरहेका छ्न । समयमा साधरण सभा नगर्न, समयमा बोनस सेयर र हकप्रद सेयर घोषणा गरेर पनि बाँडफाँड नगर्ने, एक चोटि घोषणा गरिसके को बोनस सेयर हकप्रद सेयर को प्रतिशत परिवर्तन गरेर लगानी कर्ताहरुलाई फसाउने, झुटा सूचनाहरु दिने, इन्साईडर ट्रेडिङ गर्ने आदि गतिविधि गर्दै आएको अबस्थामा पनि नेप्से र धितोपत्रबोर्ड मुखदर्शक भएर हेरिरहने विद्यमान अवस्था को अन्त्य गरि यस्ता संस्थागत सुसासन को खिल्ली उडाउने कम्पनी र नियामक निकायलाई कडा भन्दा कडा कार्वाही हुने ऎन नियमको व्यवस्था गरि कम्पनीहरु लाई संस्थागत सुसान मा राखन महत्त्वपूर्ण भुमिका यो सरकारले खेल्ने छ भन्ने आसा लगानी कर्ताहरु गरेकाछ्न ।
     ८. वास्तविक क्षेत्रका कम्पनीहरु लाई सेयर बजारमा भित्राउने प्रयास:  अहिले को नेपाली पुँजी बजारमा सेयर कारोवार हुने अधिकांश कम्पनी वित्तीय क्षेत्रसँग सम्बन्धित कम्पनी भएकाले नेपाली सेयर बजारमा लगानी मा विविधीकरणता छैन । त्यस कारण नयाँ सरकारले वास्तविक क्षेत्रका कम्पनी हरु जस्तै सिजि, Ncell, विभिन्न सिमेन्ट कम्पनी जस्ता कम्पनीहरु लाई सेयर बजारमा आउनको लागि उत्प्रेरित गर्ने आवस्यक नीति नियम को निर्माण गरि वातावरण तयार गर्न कुनै कसर बाँकी राखने छैन भन्ने आसा लगानी कर्ताहरुले राखेका छन ।
९. सेयर शिक्षा को प्रवर्द्धन: अहिले को अवस्थामा ९५ प्रतिशत नेपाली नागरिक हरुलाई सेयर र सेयर बजारको बारेमा जानकारी छैन । यस्तो अवस्थामा नयाँ सरकारले आम नेपाली नागरिकहरुलाई सेयर शिक्षा दिन विद्यालय तथा विश्वविद्यालयहरुको पाठक्रममा सेयर र सेयर बजारको बारेमा व्यवहारिक ज्ञान दिने सामग्री समटेदै सरकारको पहलमा नियामक निकायले व्यवहारिक तालिमको व्यवस्था गराउदै सेयर बजारको महत्त्व, फाइदा यस्का जोखिमका बारेमा सातै वटा प्रदेशमा तालिम केन्द्र सन्चालन गरि सबै जनताहरुलाई ज्ञान दिने काम हुनेछ भन्ने आसा आम लगानी कर्ताहरुले गरेका छ्न ।
      १०. ब्रोकर कमिसन समायोजन र क्यापिटल ग्यान ट्याक्स मा छुट: अहिले को नेपाली ब्रोकर कम्पनीहरुले लिने ब्रोकर कमिसन दक्षिण एसियामा नै मङगो छ । जुन मारमा नेपाली लगानी कर्ताहरु परेकाछ्न । यस्तो मङगो ब्रोकर कमिसन भएको अवस्थामा ब्रोकर कमिसनलाई उचित रूपमा समायोजन गरेर लगानी कर्ताहरुले मङगो ब्रोकर कमिसन तिर्नु पर्ने बाध्यता को अन्त्य गर्ने काम गर्नुको साथै दीर्घकालीन लगानीकर्ता हरुलाई प्रोत्साहन गर्नको लागि र बजारलाई स्थिर बनाउनको लागि सेयर बिक्रि गर्दा लिने गरियो को क्यापिटल ग्यान टयाक्स मा छुट दिने ब्यवस्था नयाँ सरकारको पहलमा हुनेछ भन्ने आसा दीर्घकालीन लगानी कर्ताहरुले लिएका छ्न ।
   ११. सेयर कारोवारलाई पनि उद्योग ब्यवसाय सरह मान्यता दिने व्यवस्था: अहिलेसम्म पनि बिसौखरव को सेयर व्यवसाय लाई उद्योग र ब्यावसाय को मान्यता नदिनु दुर्भाग्यको कुरा हो । त्यसकारण नयाँ सरकार को पहलमा सेयर कारोवारलाई पनि उद्योग व्यवसायको मान्यता दिने काम हुनेछ । सेयर कारोवारोलाई पनि उद्योग व्यवसायको मान्यता दिदै सेयर धितो कर्जाको मार्जिन बढाउनलाई रास्ट्र बैंकलाई निर्देशन दिने र अहिले बैंकहरुमा देखिएको तरलता को समस्याम तुरुन्तै हल गर्ने काम नयाँ सरकारले गर्नेछ भन्ने आसा आम लगानीकर्ताहरुले लिएका छ्न ।
  १२. हरेक स्थानीय निकाय सम्म सेयर बजार कि बिस्तार: हरेक स्थानीय निकायसम्म सेयर खरिदबिक्री गर्नसक्ने संयन्त्रको विकास गर्न ब्रोकर कम्पनी, नेप्से, धितोपत्र बोर्ड, तथा बैंकहरुलाई संघीय संरचना अनुसार स्थानीय केन्द्रित गराउने काममा विशेष पहल नयाँ सरकारले गर्नेछ भन्ने आसा आम लगानी कर्ताहरुले गरेका छ्न ।
  १३. भ्याट मुक्त पुँजी बजार को व्यवस्था: 
नेपाली पुँजी बजारलाई समय-समयमा भ्याट आतंकले सताउने गरेकोछ । आम लगानी कर्ताको माग पुँजी बजारमा भ्याट लगाउन हुदैन भन्ने छ । अहिलेका प्रधानमन्त्री केपि शर्मा ओलि ज्युले यश अगि नि हाम्रो सरकारले पुँजी बजारमा भ्याट लगाउने छैन भन्ने प्रतिबद्धता गरिसक्नु भएको छ । यो सरकार बाट आम लगानी कर्तको के आसा छ भने सेयर बजारमा समय -समयमा उठने यो भ्याट आतंक सधैको लागि अन्त्य हुनेछ ।
    माथी उल्लेखित महत्त्वपूर्ण कार्यहरु नयाँ सरकार को पहलमा चरणबद्ध रुपमा लागू हुदै जानेछ्न भन्ने आसा हामी सम्पुर्ण लगानी कर्ताहरुले लिएका छौ । यो सरकार को पालामा नेपालको सेयर बजारले एउटा नयाँ इतिहास रच्दै विकसित, अन्तर्राष्ट्रिय स्थरको, आधुनिक,  प्रविधिमैत्री र स्थिर बजार बन्ने छ । माथी उल्लेखित कार्यक्रमहरु को कार्यान्वयन सँगै केही महीना पछि हाम्रो पुँजी बजार Golden Era प्रवेश गर्ने छ । अहिले सेयर बेचेर बजार बाट पलायन भएका लगानी कर्ताले तेति बेला टाउको समातेर बस्नु पर्ने अबस्था नआउला भन्न सकिदैन । त्यस कारण अहिले घाटा खाएर सेयर बेचेर सेयर बजार बाट पलायन हुने काम नगरौ बरु बजार घटेको बेलामा दीर्घकालीन लगानी गर्ने उदेश्यका साथ राम्रा राम्रा कम्पनीका सेयर खरिद गर्दै जाँउ । सेयर बजारमा जोखिम पनि उत्तिकै हुने हुँदा अहिले जोखिम बहन गरेर राम्रा राम्रा कम्पनीका सेयर सस्तोमा खरिद गर्ने समय हो । यो समयलाई खेर नफालौ केही दिन पछि बजारले एउटा लय लिन्छ यश मा ढुक्क हुनुहोस ।

Powered by Blogger.