Header Ads

यी एघार कारणले बजारमा आयो उछाल यस्तो बेलामा कस्ता सेयर किन्ने ?

Raju Paudel's
Blog



     



  नेपाली सेयर बजार बिगत डेढ बर्ष देखि सुस्तताबाट गुजरिरहेको अवस्था थियो । सेयर बजारलाई प्रभाव पार्ने विविध कारणहरु मध्य एउटा प्रमुख कारण राजनितीक अस्थिरता थियो । सेयर बजारलाई प्रभाव पार्ने राजनितीक माहोल सुधार आए सँगै र नेकपा एमाले का अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री मा नियुक्ति भए सँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । लामो समय देखि घटिरहेको सेयर बजार ओलि प्रधानमन्त्री नियुक्त भएकै दिन एक्कासि बढेर हरियालि भएको छ अर्थात सेयर बजारले नवनियुक्त प्रधानमन्त्री केपि शर्मा ओलि लाई हरियो झण्डाले स्वागत गरेको छ । नयाँ प्रधानमन्त्री को नियुक्ति सँगै निरन्तर घटिरहेको बजार अचानक बढनु मा यस्ता छ्न कारणहरु:
१. नयाँ प्रधानमन्त्री को नियुक्ति सँगै लामो राजनीतिक संक्रमणकाल लाई अन्त्य गर्दै देश नयाँ युगमा प्रवेश गरेको छ । अब देशले राजनीतिक क्रान्ति पुरा गरि आर्थिक क्रान्तिमा प्रवेश गर्दैछ । नेपाल का सबै राजनीतिक दलहरुको अबको एक मात्र नारा आर्थिक क्रान्ति गर्नुछ भन्नेछ । देशमा छिटै आर्थिक क्रान्ति सुरु हुदै छ भन्ने कारणले नयाँ सरकार को निर्माणले बजारमा सकारात्मक असर पारेको हो ।
२.  यो नयाँ सरकार बिगतको जस्तो अस्थिर सरकार र नौ नौ महिनामा गिरने सरकार होईन यो सरकार स्थिर, दिगो र लगभग दुई तिहाइ मेजोरोटी भएको बामपंथीहरु को सरकार हो । यो सरकार का प्रधानमन्त्री केपि शर्मा ओलि ले पहिलो पटकको नौ महिने शासन कालमा गरेका सकारात्मक कार्यहरुले गर्दा आम नेपाली नागरिकहरु को यो सरकार प्रती सकारात्मक हेराइ र बिश्वास जागेको अवस्था छ । यो सरकार का प्रधानमन्त्री केपि शर्मा ओलिले विगतमा लगानी कर्ता संघ संगठनहरु को भेटमा बजारमा भइरहेको अस्वाभाविक गिरावट प्रति बारम्बार चिन्ता व्यत्त गर्नु भएको थियो र उहाँले विभिन्न आर्थिक कार्यक्रमहरुमा भन्नू भएको थियो तपाईहरु ढुक्क भएर लगानी गर्नुहोस हाम्रो सरकार बने पछि सेयर बजार मा भ्याट पनि लगाउदैनौ र बजार को विकासको लागि हामीले कुनै कसर बाँकी राखने छैनौ । हाम्रो सरकार आएपछि बजारमा उछाल आउने छ भन्नू भएकोले उहाँ प्रधानमन्त्री बनेपछि बजारमा त्यसको सकारात्मक असर परेको हो ।
३. बिगतम बामपंथी सरकार को निर्माण पछि पुँजी बजार ध्वस्त हुन्छ बामपंथी सरकार पुँजी बजार प्रतिकुल हुन्छ बजार पुरै खत्तम हुन्छ भनेर जे जति हल्ला चलाइए ती सबै हल्ला निराधार सावित भइसकेका छ्न र इतिहास लाई हेर्दा पनि नेपालको सेयर बजारले बामपंथी सरकार कै पालामा रेकर्ड कायम गरेको थियो । नयाँ सरकारको निति तथा कार्यक्रम  बजारमा मैत्री हुन्छ वा के हुन्छ भन्ने कुरा हेर्न बाँकी नै रहँदा लगानी कर्ता नयाँ सरकारले ल्याउने आर्थिक नितिको पर्खाइमा अझै पनि रहेको बुझिन्छ । तर नवनियुक्त प्रधानमन्त्री केपि शर्मा ओलि ले बिगतमा पुँजी बजार को विकास को लागी गरेका प्रतिज्ञा र एमाले पार्टी आफैमा कर्पोरेट कार्यकर्ता धेरै भएको पार्टी भएकाले यो पार्टी को नेतृत्वमा बनेको सरकारको निति तथा कार्यक्रम पक्कै पनि पुँजी बजार अनुकूल नै आउने छ्न भन्ने कुरामा आम लगानी कत्ता ढुक्क भएकाले पनि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
४. नयाँ संविधान अनुसार केन्द्र र प्रदेशमा स्थिर र दिगो सरकारको निर्माण सँगै देश अब बिधिवत रुपम संघीयता मा प्रवेश गरेको छ । संघीयता कार्यान्वयन हुनु भनेको केन्द्रिकृत शासन प्रणाली विकेन्द्रीकृत हुँदै जानू हो विकेन्द्रीकृत शासन प्रणालीले स्थानीय निकायको विकासमा वहार ल्याउने अपेक्षा गरिएको छ । त्यसपछि समग्र मुलुकले विकासको काँचुली फेर्नछ यस्तो अवस्थामा लगानीको अवसरहरु विस्तार गरि आर्थिक गतिविधि बढ्ने र यसले पुँजी बजारलाई समेत चम्काउनुने आसामा लगानी कर्ता बसेका छ्न ।
५. नेपालको अर्थतन्त्र अब संघीय संरचना मा रुपान्तरण हुनेछ अब बिस्तारै अवसरहरुले लगानीकर्ताको ढोका ढकढक्याउन थाल्नेछ्न । सात वाटै प्रदेश धानिन उनीहरुको आर्थिक व्यवस्थापनका अन्य भरपर्दा स्रोतहरु नहुदाँ नेपालले संघीयता धान्न सक्ने छैन भन्ने कुराहरू पनि विभिन्न अर्थसाश्त्रीहरु बाट नआएको होईन । यस्तो अवस्थामा परदेशहरुले विश्वमा हुँदै आएको अभ्यास झै पुँजी बजार बाटै स्रोत जुटाउन थाल्ने छ्न । यसको लागि परदेश सरकारहरुले विभिन्न बन्डहरु जारिगर्नेछ्न । त्यस पछि हाम्रो पुँजी बजार अझ फराकिलो हुनेछ भन्ने आसामा लगानी कर्ता रहेका छन ।
६. नयाँ सरकारले पुँजी बजारको दिगो विकासका लागी महत्त्वपूर्ण नितिगत र कानुनी सुधारका कार्यक्रम अघि बढाउने अपेक्षामा लगानी कर्ता छन त्यस कारण  पनि बजार मा सकारात्मक प्रभाव परेको देखिन्छ ।
७. समय-समयमा सेयर बजारलाई तर्साउने गरेको भ्याट प्रकरण चर्चामा छ । नयाँ सरकार का प्रधानमन्त्रीले पुँजी बजारमा  भ्याट लगाउने छैनौ भन्ने प्रतिबद्धता गरिसकेका हुनाले नयाँ सरकारले यसलाई निर्कोलमा पुर्याउने आम लगानीकर्ता को आसा छ ।
८. लामो समय देखि नेपालको पुँजी बजार को विकास र विस्तार को लागि चर्चामा रहेका अन्लाईन ट्रेडिङ, बैंकहरु लाई ब्रोकर लाईसेन्स दिने कुरा, बजार निर्माता को वयवस्था, गैरआवासीय नेपालीहरु लाई नेपाली पुँजी बजार मा लगानी गर्ने अवसर का लागि उठेका नितिगत कुरा, बास्तबिकता क्षेत्रका कम्पनीहरु लाई सेयर बजारमा भित्र्याउने, ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ र डिलरसिप दिने जस्ता कुराहरु जो बारम्बार उठाउने र सेलाउने काम जुन हुँदै आइरहेको छ । यी माथी उलेखित कामहरू नयाँ सरकार निर्माण सँग सँगै कार्यान्वयन तर्फ जानेछन् । जुन कामहरुको कार्यान्वयन पछि नेपालको सेयर बजारले एउटा छलाङ मार्दै अन्तर्राष्ट्रिय स्थिरको प्रबिधि मैत्री र आधुनिक सेयर बजार हुने छ भन्ने आसाम नेपाली लगानी कर्ता छन ।
   ९. यस्ता महत्त्वपूर्ण कार्यक्रमहरु नयाँ सरकारका हुने वाला अर्थमन्त्री को पहलमा नेपाल रास्ट्रबैंक  नेप्से र धितोपत्र बोर्डलाई दबाब दिएर तुरुन्तै सुरुवात हुनेछ्न भन्ने अपेक्षा मा लगानी कर्ताहरु बसेका छ्न । केही दिन अगि सेयर बजार लगानी कर्ता सँग का अध्यक्ष नबराज सुबेदिको नेतृत्वमा गएको समुहले नेप्से र धितोपत्र बोर्ड का पदाधिकारी हरु लाई भेटेर सेयर बजार को सुधार को लागी १२ बुँदे ज्ञापनपत्र बुझाउदै यदि यी बाह्रबुँदे कुराहरु तुरुन्तै कार्यान्वयन भएन भने नयाँ सरकार आएपछि जे पनि  हुन सक्छ भन्ने चेतावनीको भाषाले पनि लगानी कर्ताहरु बजार सुधारका कार्यक्रम अब छिट्टै सुरु हुनेछन भन्ने आसामा छ्न ।
१०.  बैंक मा अहिले देखिएको तरलता को समस्या पनि सरकार निर्माण सँगै समाधान हुने आसा छ  । नयाँ सरकार को निर्माण पछि विकासका कामले तिव्रता लिने छ सरकार को ढुकुटी मा थन्किएर बसेको पैसा बजारमा आउने छ, तरलता समस्या समाधान हुनेछ र लगानीका लागि पैसा को सहजता सिर्जना गर्न तथा तरलताको चुनौतीपूर्ण अवस्थालाई सहज बनाउन नयाँ सरकारले विशेष पहल गर्नेछ भन्ने अपेक्षामा आम लगानी कर्ताहरु रहेका छ्न ।
११.  बजारमा देखिएको अधिक आपूर्ति को समस्या लाई समाधान गर्न बजारको विकास र विस्तार गर्ने संयन्त्रहरु को तुरुन्तै सुरुवात गर्नुको साथै कुल जनसंख्या को पाँच प्रतिशत मात्र जनता सेयर बजार मा लागेका र बाँकी पन्चानब्बे प्रतिशत जनता लाई सेयर बजार मा ल्याउनलाई सेयर शिक्षा कार्यक्रमहरु जस्तै सेयर बजार पनि एउटा लगानी को राम्रो क्षेत्र हो । यो पनि एउटा प्रोडक्ट हो बैंक मा निक्षेप राखे जस्तै सेयर को लगानी पनि चाहेको बेलामा निकाल्न सकिन्छ बैंकमा राखेको पैसाले भन्दा सेयर मा लगानी गरेको पैसाले अधिक प्रतिफल दिन्छ जस्ता कुराहरू मा आम जनता लाई शिक्षा दिने कार्यक्रमहरु नयाँ सरकार को पहलमा हुनेछ्न भन्ने आसा आम लगानी कर्ताहरु ले गरेका छ्न ।
          माथी उल्लेखित विभिन्न सकारात्मक कारणहरुले गर्दा लगानी कर्ताहरुमा एउटा आसा र भरोसा जागेकोले नयाँ सरकार निर्माण सँगै सेयर बजारमा उछाल आएको हो भन्ने हाम्रो ठम्माई छ ।
  अन्तमा लगानी कर्ताहरु लाई के अनुरोध गर्दछु भने सेयर बजार उच्च जोखिम र उच्च नाफा भएको क्षेत्र हो यो क्षेत्र मा धेरै विचार विमर्श गरेर मात्र कारोबार गर्नु पर्दछ । अहिले  बजार बढेयो भन्दैमा एक कित्ता सेयर मा रु १०,२० रुपैयाँ फाइदा आउदैमा बिक्री नगर्नुहोस् तपाईले लगानी गरेको पैसा को ब्याज र मुद्रास्फीति दर को हिसाब गरेर कम्तीमा २० देखी २६ प्रतिशत फाइदा आएपछि मात्र बिक्री गर्नुहोस् अब आत्तिएर बेच्नु पर्ने अवस्था छैन यदि राम्रा कम्पनीमा लगानी गर्नु भएको छ भने । तस्तै गरि बढदो बजारमा बजार बढन सुरु गर्यो भनेर  हल्ला को भरमा नबुझिकन कम्पनी को वित्तीय अवस्था नकेलाईकन सेयर मा लगानी नगर्नुहोस् । अहिले सेयर मा लगानी गर्नको लागी ज्यादै उपयुक्त वातावरण छ । भबिस्यमा सुनको अन्डा दिने कम्पनीहरु जसको अहिले सेयर मुल्य अन्डर भ्यालुमा छ्न । सेयर मुल्य अन्डर भ्यालुमा भएका कम्पनीहरु पत्ता लगाउनुहोस । यस्ता कम्पनीको सेयर खरिद गरेर बस्ने उपयुक्त समय यहि नै हो भन्ने हामीलाई लाग्दछ । बैंक को मुद्दती खाता मा १२ प्रतिशत ब्याज मा पैसा राखेर बस्नु भन्दा राम्रो कम्पनीको सेयर मा लगानी गर्नु ज्यादै फाईदा जनक हुनेछ । बजार घटेको बेलामा जोखिम मोल्ने हो अहिले को बजार लगानी कर्ताका लागि राम्रो अवसर पनि हो । किनकि नयाँ सरकार को निर्माण सँगै नेपालको सेयर बजार केही महिना पछि स्वर्णिम युगमा प्रवेश गर्नेछ भन्ने हाम्रो ठम्माई छ ।
  
Powered by Blogger.