Header Ads

सेयर किन्ने बेला यहि हो चुनाव पछि बजारमा आउदै छ बहार


Raju Paudel's
Blog

यो बर्ष नेपाली सेयर बजारले सेयर को सिजनमा पनि लगानीकर्ता लाई खुशी बनाउन सकेन । साउन भदौमा पनि सेयर बजार बढन सकेन । स्थानीय निकाएको चुनाव पछि बजार बढने आसाम धेरै लगानीकर्ताहरु बसेका थिए तर शान्तिपुर्ण तरिकाले स्थानीय निकाएको चुनाव सम्पन्न हुँदा पनि चुनावले बजारलाई कुनै सकारात्मक असर पार्न सकेन । विभिन्न कम्पनीहरुले धमाधम आकर्षक बोनस   घोषण गरेर साधारणसभा गरिरहेका छन । आकर्षक बोनसले पनि लगानीकर्ता लाई आकर्षक गर्न सकिरहेको छैन । दशै तिहार पछि  बजार बढने अपेक्षा धेरै लगानीकर्ता को थियो तर चाड पर्व पछि पनि बजार बढन सकिरहेको छैन दिनदिनै बजार घटिरहेको छ । यी विविध अवस्था मा पनि  सेयर बजार नबढे पछि धेरै  सेयर  लगानी कर्ताहरु निराश भएका छ्न । अब मंसिर को चुनाव पछी बढछ कि भन्ने आसाम आम लगानीकर्ताहरु बसेका छ्न ।
  यो बर्ष सेयर बजार नबढनु अरु कुनै कारण नभई कम्पनीहरुले चुक्ता पुजी पुर्याउने क्रममा हकप्रद सेयर र बोनस सेयर अधिक मात्रामा जारी गर्दा बजारमा  अध्याधिक सेयर आपूर्ति हुनु र सेयर कर्जाको ब्याजदर अधिक हुनु नै प्रमुख कारण हो ।
    अब नेपाली सेयर बजार को भबिस्य कस्तो छ ? र अब बजार कता जान्छ भन्ने  बारेमा चर्चा गरौ ।
    मंसिर १० र २१ गते दुई चरणमा गरि प्रतिनिधिसभा र प्रदेशसभा को चुनाव हुने सुनिश्चितता बढदै गएको छ ।
     यो चुनाव ले देशमा दुई धार  प्रजातान्त्रिक गठबन्धन र बामपंथी घठबन्धन निर्माण गरेको छ जुन देशको हितको लागि सकारात्मक कुरा हो । देशमा धेरै पार्टी हुँदा बढी अस्थिरता निम्ताईरहेको अवस्थामा यो दुई धार बन्नु ज्यादै राम्रो कुरा भयो भन्ने प्रतिक्रिया आम नेपाली  जनताले दिइरहेका छ्न । चुनाव मा अब कुनै एक पक्षको बहुमत आउने सम्भावना बढेको छ । बहुमत पछि स्थिर सरकार बन्ने छ देश संघीय प्रणालीमा जाने छ । त्यस पछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक उन्नतिको बाटो तिर लम्कने छ । यो अवस्था भनेको बजारको लागी ज्यादै  सकारात्मक पक्ष हो । बामपंथीहरुको बहुमत आयो र कम्युनिस्ट पार्टिको  सरकार बनयो भने सेयर बजारलाई असर गर्छ कि भन्ने धेरै लगानी कर्ताको आसङ्का छ । बामपंथी शक्तिको बहुमत आएर सरकार बने पनि आत्तिनु पर्ने अवस्था छैन भन्ने कुरा अहिलेसम्म बनेका कम्युनिस्ट सरकारले लिएको आर्थिक नितिको अनुभवले देखाईसकेको छ । कम्युनिस्ट  पार्टिका प्रधानमन्त्री केपि शर्मा  ओलिको पालामानै नेप्से १८८१ को बिन्दुमा पुगेर नेपालको सेयर बजारले एउटा  नयाँ  इतिहास रचेको कुरा त तपाई हामी सामु जगजाहेर छ ।
    सेयर बजारलाई प्रत्येक्ष प्रभाव पार्ने राजनीतिक बिषयलाई छोडेर नेपाली सेयर बजार सुधारको चरणमा नियमनकारी निकायले चालेको र चाल्ने कदमले पनि बजारलाई घटब गर्न मद्धत गर्नेछ ।
    लामो समय पछि नेपाल स्टक एक्सचेञ्जको महाप्रबन्धकको रिक्त स्थान पुर्ती भएको छ । नेप्सेमा महाप्रबन्धको आगमनसँगै उहाँले बजारको विकासको लागी आफुले पहल गर्ने र आम लगानीकर्ता को हितमा हुने कार्यलाई प्राथमिकतामा राख्ने कुरा सार्वजनिक रुपमै प्रतिबद्धता गरिसक्नु भएका कुराहरु विभिन्न पत्रपत्रिका मा आएका छ्न । उहाँको आगमन सँगै लामो समयदेखि रोकिएको लघुवित्त कम्पनीको सेयर कारोबार छुट्टै समुहमा राखेर गर्ने कामको सुरुवात भइसकेको छ ।
    बजार सुधारको अर्को पहलकदमी कार्य अन्लाईन ट्रेडिङ्को सुरुवात छिट्टै गर्ने छौ भन्ने प्रतिबद्धता नेप्से प्रमुखले गर्नु भएको छ । गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने विषयमा हालै चयन भएको संघको नेतृत्वसँग छलफल गरेर सबै समस्याहरु फुकाउदै उनिहरुलाई सेयर बजार खुल्ला गर्ने कुरा अगाडि बढाएका छौ भन्ने कुरा नेप्से प्रमुखले गर्नु भएको छ ।
    त्यसै गरि मार्जिन लेण्डिङ कार्यान्वयनमा ल्याउने कामको अन्तिम तयारी हुदै छ । राजधानी केन्द्रित सेयर बजारलाई मोफसलका सबै भाग र क्षेत्रमा पुर्याउने योजना अगाडि बढेको छ । मुलुक चुनाव पछि संघियतामा जानेछ त्यो अवस्थामा नेप्सेको पुनरसंरचनाको काम अगाडि बढने छ । सात प्रदेशमानै नेप्सेको उपस्थिति हुनेछ । सेयर बजारलाई देशब्यापी बनाउने कुरामा देशब्यापी सचेतनामुलक कार्यक्रम सुरु हुँदै छ्न । सेयर बजारलाई देशब्यापी बनाउन ब्रोकर थप्ने वा अझै रिमोट वर्क स्टेसन विस्तार गर्ने वा ब्रोकरहरुको सव एजेन्ट बनाएर उनिहरुलाई सक्रिय बनाउने वा बैंकहरुलाई ब्रोकर लाईसेन्स दिएर अगाडि बढने भन्ने बारेमा व्यापक छलफल हुदै छ भन्ने कुरा आएको छ । छिटैनि आस्वा प्राणलीबाट नै हकप्रद सेयर र लिलामि सेयर भर्ने व्यवस्था गरिने कुरा पनि आएको छ । नागरिक लगानी कोष र सन्चय कोषलाई बजार निर्माता बनाउने बारेमा नागरिक लगानी कोषका कार्यकारी प्रमुख सँग एक चरण वार्ता भइ सकेको कुरा नेप्से प्रमुखले गर्नु भएको छ । यो कुरा बाट पनि छिटैनि बजार निर्माता को व्यवस्था हुनेछ भन्ने आसा गरौ । समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने र समयमा साधारणसभा नगर्ने कम्पनीलाई कार्वाही गछौ भन्ने कुरा आएको छ । 
    माथी उल्लेखित विभिन्न सकारात्मक कुराहरू जो छिटै कार्यान्वयन हुने चरणमा छ्न यी कुराहरू को कार्यान्वयन सगै नेपाली सेयर बजारले एउटा नयाँ इतिहास रच्ने छ त्यसकारण नेपाली सेयर बजारको भबिस्य ज्यादै उज्ज्वल छ ।
    यो बर्ष सेयर बजार बढन नस्कन को प्रमुख कारण कर्जा को ब्याजदर उच्च हुनु र सेयरको आपूर्ति बढी हुनु नै हो । अब यी दुई प्रमुख समस्या पनि समाधान हुने छ्न । अहिले बैंकमा तरलता प्रशस्त मात्रामा भएको र आगामी मंसिरमा चुनाव हुने सुनिश्चितता भएकाले बजारमा तरलता अझै बढने निश्चित छ जसले गर्दा बैंकहरुले सेयर कर्जाको ब्याजदर घटाउन बाध्य हुनुपर्ने अवस्था आउने छ जसले बजारमा सेयर आपूर्तिलाई सन्तुलन गर्दै सेयरको माघ बढाउने सम्भावना बढनेछ । त्यसैगरी ब्रोकर कम्पनीलाई मार्जिन लेण्डिङ्को सुविधा उपलब्ध गराउने अवस्थाले पनि बजारमा सेयरको माग बढाउन मद्दत पुर्याउने निश्चित छ जसले बजारलाई थप नयाँ उचाइमा लान मद्दत पुग्ने देखिन्छ ।
    बैंकलाई सेयर दलालको सेवा दिनका लागि स्वकृती प्रदान गर्ने दिशामा नेप्से सकारात्मक रहेको देखिएको छ । अहिलेको सेयर आपूर्तिको तुलनामा खपत हुने वातावरण  निर्माणको लागी, सेयर को सुलभ कर्जाको लागी बैंकलाई ब्रोकर लाईसेन्स दिनै पर्छ । बैंकलाई ब्रोकर लाईसेन को अनुमति दिदा देश भरिबाट सेयरको कारोवार हुने वातावरण सिर्जना हुन गैइ सेयरको माग पनि बढने जसले बढदो आपूर्तिलाई सन्तुलन गर्न सघाउ पुर्याउने देखिन्छ । यी विविध सकारात्मक कुराहरूले नेपाली सेयर बजारका आगामी दिन एकदमै सुनौला छ्न । त्यसकारण सेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि बजार सस्तिएको वर्तमान अवस्थामा निकै सहज देखिएको छ जसलाई सेयर खरिद गर्ने मौकाको रूपमा लिन सकिन्छ । चुनाव पछि मुलुकमा राजनीति स्थायित्व र आर्थिक उन्नतिको बाटो तिर देश लम्कने अवस्थामा अहिलेको लगानीबाट राम्रो प्रतिफल आउने सुनिश्चित छ । तर सेयर बजार सधै जोखिममुक्त रहने भएकाले सेयरमा लगानी गर्दा सहि कम्पनी छनौट गर्न भने चुक्नु हुदैन । अहिले ज्यादै राम्रा राम्रा कम्पनीको सेयर मुल्य निकै कम छ यहि हो सेयर मा लगानी गर्ने मौका यो मौकालाई खेरजान नदिनुहोस ।।
    लेखक सेयर बजारका अध्यनकर्ता हुन

Powered by Blogger.