Header Ads

सेयर कारोबार बाट धनी हुने सुत्र


Raju Paudel's
Blog

सेयर कारोवार गरेर सबैलाई धनी हुने चाहना हुन्छ तर सबै सेयर लगानी कर्ताहरु सेयर मा लागेर धनी होईन लखपति बाट रोडपती पनि भएको समाचार हामीले सुन्ने गरेका छौ । आज म सेयर शिक्षामा सेयर कारोवार बाट कसरी धनी हुन सकिन्छ भन्ने बारेमा केही सुत्रहरुको बारेमा लेखन गइरहेको छु । सेयर बजारका बादसाह बारेन बफेट जो सेयर कारोवार  बाटै बिश्वकै  एक नम्बर  धनी ब्यक्ति  हुन सफल भएका थिए उनको जिवनी अध्यन गर्दा सेयर कारोवार बाट धनि हुन निम्नलिखित दश कुरामा बिशेष ध्यान दिनु पर्ने देखिन्छ:
१. बचत गर्न सिक्नुहोस: खर्च बाट जोगिनुहोस बचत गर्नुहोस् भन्ने उनको संदेश छ । खर्चबाट बच्नका लागी  उनले ससाना रकम पनि बचत गर्ने कुरामा जोड दिन्थे । कति सम्म भने आफैले पढनैपर्ने पत्रीकाहरु पनि नयाँ नकिनी पुराना किन्थे । उनलाई थाहा थियो थोपा थोपा बाट समुन्द्र बन्छ यसरी बचत गर्दा अरुले के भन्छ भन्ने होईन, यसो गर्दा आफुलाई कस्तो फाईदा हुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्थे । यसै गरि तपाई हामीले पनि बचत गर्न सिकेउ र बचत गरेको पैसा राम्रो कम्पनीको सेयरमा लगानी गर्न सकेउ भने तपाईं हामी पनि धेरै धनी हुन सक्छौ ।
२. दुबिधा नलिने: आफुले गर्नुपर्ने वा गर्ने कुरामा दुविधा नलिने अर्थात यो गरौकी त्यो गरौको अवस्थामा नरहने । कुनै एउटा निर्णय लिने । त्यो निर्णय सहि भयो भनेत जीवन परिवर्तन भैहाल्यो, कसैगरी गलत निर्णय भयो भने पनि गल्ती बाट पाठ सिकिन्छ । निर्णय लिन दुविधा लिने ढिला गर्ने मान्छेले जिवनमा आएका कैयौ अवसर गुमाउने गर्दछ्न सेयरमा लगानी गर्दा पनि दुविधा लिनु हुदैन यो कम्पनीको सेयर किनौकी त्यो कम्पनी सेयर किनौ भनेर दुविधा लिने हो भने राम्रो कम्पनीको सेयर खरिद गर्ने अवसर घुम्न सक्छ र अर्को कुरा सेयर खरिदबिक्री गर्दा बिगतमा गरेका गल्तीहरु बाट सिक्दै कम्पनीको वित्तीय सुचकहरुको अध्यन गर्ने र राम्रो कम्पनीको सेयर उचित समयमा खरिदबिक्री गर्न सकेउ भने त्यो सेयरले हामीलाई राम्रो प्रतिफल दिन्छ फलस्वरूप हामी पनि धनी हुन सफल हुन्छौ ।
३. काम गर्नु अघि कामको प्रकृति बुझने:
कुनै पनि कम्पनीको सेयर खरिद गर्नुअघि त्यो कम्पनीको प्रकृति र प्रवृति बुझन जरुरी हुन्छ । साथै कस्तो प्रकृति को कम्पनी हो ? यो कम्पनीको सेयर मा लगानी गर्दा मलाई एक बर्षमा कति फाइदा आउँछ ? यो कम्पनीको  सेयरको कारोवार को इतिहास कस्तो छ ? बिगत बर्षहरु मा कति प्रतिशत का दरले बोनस दिएकोछ ? कम्पनीका समग्र सुचक कस्ता छ्न ? आदि कुराहरु बुझेर उक्त कम्पनीको सेयर मा लगानी गर्नु भयो भने तपाई पनि अवश्य धनी हुन सक्नुहुन्छ ।
४. स-साना चुवावट रोक्ने:
तपाईहरुले खर्च गर्नु भन्दा अगाडि एकछिन सोच्ने गर्नुहोस् । यो खर्च गर्न कत्तिको आवश्यक छ भनी विश्लेषण गर्नुहोस । हाम्रो जिवनमा पनि अनावश्यक विभिन्न खर्चका चुहावट भइरहेका हुन्छ्न । यस्ता चुहावट र फजुल खर्चलाई नियन्त्रण गरेर बचत गर्न सफल भयौं भने त्यो बचतलाई राम्रो कम्पनीको सेयरमा लगानी गर्न सकेउ भने अवश्य धनिहुन सकिन्छ ।
५. ऋणबाट बच्नुहोस:
तपाई हामीले ऋणबाट जिबन चलाउन खोजेउ भने कहिल्यै पनि धनी हुन सक्दैनौं । ऋणमा चल्ने जीवन तनावको जीवन हुन्छ । त्यस्तै ऋण लिएर सेयर मा लगानी गर्ने काम नगर्नुहोस् । जब सेयर बजार उकालो लाग्न थाल्छ तब हामी विभिन्न संस्था तथा ब्यक्ति सँग ऋण तथा सापटी लिएर सेयरमा लगानी गर्न थाल्दछौ । जब बजार घटन थाल्छ अनि ऋण लिएर खरिद गरेको सेयर घाटै खाएर बिक्री गर्ने गर्छौ । सकेसम्म ऋण लिएर सेयरमा लगानी नगर्नुहोस् । ऋण लिएर सेयरमा गरेको लगानीले उचित प्रतिफल दिन सक्दैन । उचित प्रतिफल पाउन नसक्दा तपाईंको जीवन तनावपुर्ण हुन जान्छ तपाईंको आर्थिक स्वास्थ्यलाई नराम्रो असर पुर्याउछ । त्यसैले आफुलाई ऋणबाट जोगाउनुहोस ऋणबाट जोगिन सक्नु भयो भने तपाई पनि धनी हुन सफल हुनु हुनेछ ।
६. अरुलाई नपछ्याउनुहोस:
हाम्रो सेयर बजारमा अहिले पनि धेरै लगानीकर्ता हरु अरुलाई सोधेर सेयरमा  लगानी गर्छन । भिडले जे जे भन्छ त्यसलाई सुन्नुहुन्छ । भिड र हल्लाको पछाडि लाग्नु हुन्छ । यदि तपाई सेयरमा लगानी गरेर धनी हुने हो भने भिडले जसोजसो भन्छ त्यसलाई नसुन्नुहोस । भिडको पछाडि नलाग्नुस । आफैले व्यापक अध्यन अनुसन्धान गरि आफनो मौलिक सोच विकसित गर्नुहोस अरुको पनि कुरा सुन्नुहोस तर निर्णय आफनै गर्नुहोस । आफनै मौलिक सोच, बिश्लेषणमाथी विश्वास गर्नुहोस् । यसरी भिडको पछाडि नलागी अरुको कुरा नसुनी आफै अध्यन अनुसन्धान गरि सेयर मा लगानी गर्नु भयो भने तपाई पनि धनी हुन सक्नुहुन्छ ।
७. निरन्तरता दिनुहोस्:
तपाईले सेयर कारोवारलाई निरन्तरता दिनुहोस् सेयर बजार बढ्दा सेयर खरिद गर्ने घटदा सेयर बजार मा सस्तोमा सेयर बेचेर भाग्ने काम नगर्नुहोस् । सेयर बजारमा जस्तोसुकै उथलपुथल भएपनि सेयर कारोवार गर्न नछाडनुहोस । सेयर बढदा बिक्री गर्नुहोस् सेयर घटदा खरिद गरि सेयर कारोबारलाई निरन्तरता दिन सक्नु भयो भने तपाई पनि सेयर कारोवार बाट धनी बन्न सक्नुहुनेछ ।
८. नोक्सानी बाट टाढै रहने प्रयास गर्नुहोस्:
सेयर कारोवार गर्दा सबै भन्दा बढी ध्यान दिनु पर्नेकुरा तपाईले लगानी गरेको सेयरमा सोचे सन्दा बढि घाटा भइरहेको छ भने घाटा कम गर्न त्यस्तो सेयर तुरुन्तै बिक्री गर्नुहोस् । भरसक नोक्सानी तथा घाटा हुने सेयर मा लगानी नगर्नुहोस् । यसरी नोक्सानी बाट बच्न सक्नु भयो भने सेयर कारोवार बाट तपाई पनि धनी हुन सक्नु हुन्छ ।
९. जोखिम आँकलनमा ध्यान दिने:
कुनै पनि कम्पनीको सेयरमा हुने नोक्सानी को मुल कारण सुरुमा नै गरिने जोखिम आँकलन भएको कमजोरी हो । सेयर कारोबार गर्दा जोखिम आँकलनमा सबैभन्दा बढी ध्यान दिनुपर्दछ । घाँटी हेरि हाड निल्नु भनेझैं नोक्सान बहन गर्ने क्षमताअनुसार लगानी गर्नुपर्छ । कतिसम्म नोक्सान हुँदा आफुलाई मानसिक र पारिवारिक रूपमा असर गर्दैन भन्ने सिमा तोक्नुनै नोक्सानी बहन गर्ने क्षमता निर्धारण गर्नुहो । जोखिम आँकलन र जोखिम न्यूनीकरणका उपायले लामो समयावधि सम्म सेयर कारोवार मा टिक्न सफल हुदै सेयर कारोवार बाट तपाई पनि धनी हुन सक्नुहुन्छ ।
१०. कसैलाई गुरु बनाउनुहोस:
जीवन र सेयर कारोवारमा सफल हुने हो भने कसैलाई गुरु बनाउनुहोस । तपाईले जुन ब्यक्तिलाई आफनो आदर्श मान्नुहुन्छ तिनका गुणलाई अभ्यास गरेर आफ्नो व्यत्तित्वको अंश बनाउन सक्नुहुन्छ । सेयर कारोवार मा पनि तपाई सफल हुनेहो भने सेयर बजार का अनुभवी सेयर बिश्लेषक कुनै एक जना ब्यक्तिलाई सेयर गुरु बनाएर सेयर गुरुका मार्ग निर्देशन लाई फलो गर्दै जानुहोस तपाई पनि सेयर कारोबार बाट सफन भइ धनी बन्न सक्नुहुन्छ ।
माथी उल्लेखित सुत्रहरु जीवन र सेयर कारोवार मा प्रयोग गर्न सक्नु भयो भने तपाई जीवन र सेयर कारोवार मा सफल भइ धनी हुन सक्नुहुन्छ ।
रिफरेन्स: सेयर बजारका बादसाह वारेन बफेट को जीवनि ।
लेखक सेयर बजारका अध्यनकर्ता हुन:
Powered by Blogger.