Header Ads

कुनै पनि कम्पनीको सेयर किन्नु भन्दा अगाडि यी प्रश्नहरू को उत्तर खोज्नुहोस

Raju Paudel's
Blog


 सेयर लगानीकर्ताहरुले कुनै पनि कम्पनीको  सेयरमा लगानी गर्दा त्यो कम्पनीले नाफा कति टाढासम्म दिन्छ भन्ने कुराको विश्लेषण गर्नुहोस् । जब सम्म तपाईहरुले कुनै पनि कम्पनीको सेयर किन्दा आफैले आफैलाई यी १२ वटा प्रश्न सोध्नुहुन्न तब सम्म तपाईले गरेको लगानीले फाइदा दिन सक्दैन । त्यसकारण कुनै पनि कम्पनीको सेयर किन्नु भन्दा अगाडि यी प्रश्नहरू को उत्तर खोज्नुहोस:
१. मैले  यो कम्पनीलाई साधारण तरिकाले बुझन सक्छु कि सत्तिनँ ?
२. लामो समय देखी यो कम्पनी चलिरहेको छ कि छैन ?
३. भबिस्य पर्यन्त यो कम्पनी चल्छ कि चल्दैन ?
४. यो कम्पनीको ब्यवस्थापन उचित किसिमको छ कि छैन ?
५. कम्पनीको ब्यवस्थापन सेयर लगानीकर्ता मैत्री छ कि छैन ?
६. कम्पनीको ब्यवस्थापनले संस्थागत चासो रोक्ने प्रयास गर्छ कि गर्दैन ?
७. कम्पनीले दिने प्रतिफल दर कस्तो छ ?
८. कम्पनीको मालिकको आम्दानीको अवस्था कस्तो छ ? समस्याग्रस्त मालिक पो छ्न कि ?
९. कम्पनीको नाफाको मार्जिन कस्तो छ ?
१०. कम्पनीले लगानीको एक सय बराबरको मुनाफालाई सुनिश्चित गरेको छ ?
११. कम्पनीको  मुल्य कत्तिको छ ?
१२. मैले यो कम्पनीको सेयर किन्दा सुविधाजनक तथा सस्तो दरमा किन्न सक्छु कि सत्तिनँ ? आदि
तपाईंहरुले पनि कुनै पनि कम्पनीको सेयर किन्दा यस्तै किसिमका प्रश्नहरु आफँलाई सोध्नुहोस र यी प्रश्नको उत्तर पाउने कोशिश गर्नुहोस । यी सबै प्रश्नको जवाफ सकारात्मक पाउनुभयो भने त्यस कम्पनीको सेयरमा लगानी गर्न नहिनहिच्किचाउनुस ।
श्रोत वारेन बफेटको जिवनी ।।
Powered by Blogger.