Header Ads

सेयर बजारमा बाणिज्य बैंकहरुको चार्मिङ समाप्त भएकै होत ?

Raju Paudel's
Blog

अहिले सेयर बजारमा बाणिज्य बैंकहरुको चुक्ता पुँजी वृद्धि र प्रथम त्रैमासिक वित्तीय विवरण चर्चाको बिषय बनेको छ खासगरी प्रथम त्रैमासमा अधिकांश बैंकहरु को खुदमुनाफा र प्रतिसेयर आम्दानीमा भारी संकुचन आएको छ । मुनाफा सँगै प्रतिसेयर आम्दानी पनि  खुम्चिए पछि त्यसले अहिले बजारमा प्रत्येक्ष असर पारेको देखिन्छ । समग्रमा नेप्सेमा ठूलो हिस्सा बाणिज्य बैंकहरुको छ यहि समुहले नेप्सेको दिशा निर्धारण गर्दछ यिनै बाणिज्य बैंकहरुको वित्तीय विवरण को यो हालत देखेर लगानी कर्थाहरु धेरै चिन्तित हुनु भएको छ । यो चिन्ता सर्वत्र व्यक्त हुन लागेको छ । के अब बाणिज्य बैंकहरु को सेयर बजारमा चार्मिङ समाप्त भएकै हो त ? भन्ने चर्चा परिचर्चा हुन थालेको छ आउनुहोस यस लेखमा यहि कुराको  बारेमा चर्चा गरौ ।
चालू आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण बाणिज्य बैंकहरुले धमाधम सार्वजनिक गरिरहेका छ्न हाल सम्म २७ वटा बाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भइसकेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार केही बैंकहरुको मुनाफा सन्तोषजनक भएतापनि अधिकांश बैंकहरुको मुनाफा मा कमि आएको छ । हाल सम्म  वित्तीय विवरण सार्वजनिक गर्ने २८ बाणिज्य बैंक मध्य १६ वटा बैंकहरु को मुनाफा बढेको छ भने १२ वटा बैंकहरुको मुनाफा घटेको छ ।
नाफा बढने बैंकहरुको वित्तीय सुचकहरुको अबस्था कस्तो छ हेरौं:
१. नेपाल इन्भेस्टमेन्ट बैंक: यो बैंकको २७ वटा बैंकहरु मध्यमा धेरै मुनाफा गर्ने बैंकमा दोस्रो हुन सफल भएको देखिन्छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यो बैंकले ८९ करोड ४९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको भन्दा २०.८१% बढी हो । १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ३३.६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात, १९.२९ गुणा, प्रतिसेयर नेटवर्थ १८४.४७ रुपैयाँ रहेको छ भने निश्कृय कर्जा १.०४% पुगेको छ । हामीले कुनै पनि कम्पनीको सेयर किन्दा यी सुचकहरु लाई विशेष रुपमा हेर्नू पर्दछ ।
२. नविल बैंक: यो बैंकले ८५ करोड १४ लाख ६ हजार रुपैया खुद नाफा आर्जन गरेको छ जुन नाफा गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.६४% बढी हो । चुक्ता पुजि ८ अर्ब ४ करोड ५२ लाख २१  हजार पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ४१.१० रुपैयाँ, मुल्य आम्दानी अनुपात ३०.९७ गुणा, प्रतिसेयर नेटर्वथ १८४ रुपैयाँ र निश्कृय कर्जा १.११% रहेको छ । यो दोस्रो बढी मुनाफा गर्ने बैंकमा परेको छ ।
३. सिभिल बैंक: यो बैंकले ११ करोड ३३ लाख ६९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६७९.१६% ले बढी हो प्रतिशत को आधारमा सबै भन्दा बढी मुनाफा आर्जन गर्ने बैंक सिभिल बैंक हो । ५ अर्ब ९८ करोड ५२ लाख २२ हज चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ८.४२ रुपैयाँ, मुल्य आम्दानी अनुपात २६.३३ गुण, प्रतिसेयर नेटवर्थ १३३.८७ रुपैयाँ र निश्कृय कर्जा ४.६९% छ ।
४. एभरेस्ट बैंक: यो बैंकले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको भन्दा १.५७% बढी हो । ६ अर्ब ११ करोड ५२ लाख ३८ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ३५.२२ रुपैयाँमा सिमित भएको छ जुन प्रतिसेयर आम्दानी गत बर्षको भन्दा ५५.०२% ले कम हो । प्रतिसेयर नेटवर्थ २१०.६५ रुपैयाँ र निश्कृय कर्जा ०.२६% छ ।
५. एनमबि बैंक: यो बैंकले ४५ करोड १३ लाख ५३ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २७.६१% बढी हो । चुक्ता पुजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी २७.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.३८ रुपैयाँ र खराब कर्जा १.६७% छ ।
६. सानिमा बैंक: यो बैंकले ३४ करोड ४४ लाख ५७ हजार खुद मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २६.८१% बढी हो । ८ अर्ब १२ लाख ५५ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी १६.७२ रुपैयाँ, मुल्य आम्दानी अनुपात २०.७६ गुणा, प्रतिसेयर नेटवर्थ ११७.५५ रुपैयाँ र निश्कृय कर्जा ०.१४% छ ।
७. प्राईम कमर्सियल बैंक: यो बैंकले ३४ करोड १७ लाख ५० हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३६.१२% ले बढी हो । ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी २१.६१ रुपैयाँ, मुल्य आम्दानी अनुपात २०.६५ गुणा प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ र कराब कर्जा १.३७% छ ।
८. माछापुच्छ्रे बैंक: यो बैंकले २८ करोड ९ लाख ५९ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ  । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १३.७७% ले बढी हो । ८ अर्ब ३ करोड ९६ लाख १९ हजार चुक्ता पुजि भएको यो बैंक प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ, मुल्य आम्दानी २२.९३ गुण, प्रतिसेयर नेटवर्थ ११५.२८ रुपैयाँ र खराब कर्जा ०.४५% छ ।
९. एनआईसि एसिया बैंक: यो बैंकले २७ करोड ८६ लाख ८८ हजार रुपैयाँ मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.७५% ले बढी हो । ८ अर्ब ३ करोड ११ लाख १७ हजार चुक्ता पुजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँ, मुल्य आम्दानी अनुपात २७.७५ गुणा, प्रतिसेयर नेटवर्थ १२९.४२ रुपैयाँ र खराब कर्जा ०.२९% छ ।
१०. लक्ष्मी बैंक: यो बैंकले १७ करोड ९ लाख ८८ हजार मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २५.८६% अधिक हो । ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ र निश्कृय कर्जा १.७८% छ ।
११. जनता बैंक: यो बैंकले ६ करोड ४८ लाख १७ हजार मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १.३१% ले अधिक हो । ६ अर्ब ९९ करोड ३६ लाख ९६ हजार  चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ३.७१ रुपैयाँ, मुल्य आम्दानी अनुपात ६९ गुणा, प्रतिसेयर नेटवर्थ १२७.०६ रुपैयाँ र खराब कर्जा १.६५% देखियो को छ ।
१२. एसबिआई बैंक: यो बैंकले ४३ करोड ८८ लाख ६५ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा २३.९१% ले अधिक हो ।  चुक्ता पुजि ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार भएको यो बैंक प्रतिसेयर २५.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.४० रुपैयाँ र खराब कर्जा ०.१३% छ ।
१३. सेन्चुरी बैंक: यो बैंकले १० करोड ५७ लाख ७९ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ४२.४१% ले अधिक हो । ५ अर्ब ४६ करोड ६ लाख २९ हजार चुक्ता पुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ७.७५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २९.१७ गुणा, प्रतिसेयर नेटवर्थ १२२.४० रुपैयाँ र खराब कर्जा १.७०% छ ।
१४. स्टान्डर्ड चार्टड बैंक: यो बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपैया मुनाफा गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३८.०९% बढी हो । ४ अर्ब ५७ करोड २५ लाख ३१ हजार रुपैया चुक्ता पुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी ४८.१८ रुपैयाँ, नेटवर्थ ३१३.४९ रुपैयाँ र खराब कर्जा ०.१८% छ ।
१५. एनसीसी बैंक: यो बैंकले चालू आर्थिक बर्षमको पहिलो त्रैमासमा १६ करोड ४५ लाख ८३ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २७.५६% ले बढी हो । ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १४.०८ रुपैयाँ, नेटवर्थ १५८.२३ रुपैयाँ, मुल्य आम्दानी अनुपात २७.२२ गुणा र निष्क्रिय कर्जा ४.२९% छ ।
माथि उल्लेखित १५ वटा बैंकहरु चालू आर्थिक बर्षको प्रथम त्रैमासमा मुनाफा आर्जन गर्न सफल भएता पनि  बाँकी १२ वटा बैंकको मुनाफामा कमि आएको छ । मुनाफा मा कमि आउने बैंकहरुको वित्तीय सुचकहरुको अवस्था कस्तो छ ल हेरौ :
१. मेगा बैंक: यो बैंकको खुदा आम्दानी ८ करोड ११ लाख ९२ हजार  मुनाफा गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ४४.७४% कम हो । यो बैंकको  आम्दानी गत बर्षको भन्दा बढि घटेको अवस्था देखिएको छ । ४ अर्ब ५८ करोड ३३ लाख १३ हजार चुक्ता पुजि भएको यो बैंक प्रतिसेयर आम्दानी ६.८८ रुपैया छ, मुल्य आम्दानी अनुपात ६६.५७ गुण, प्रतिसेयर नेटवर्थ १२९.७० रुपैया र खराव कर्जा १.६७% छ ।
२. कुमारी बैंक: यो बैंकले ११ करोड २० लाख ९६ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १८.२४% कम हो । ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार चुक्ता पुजि भएको यो बैंक प्रतिसेयर आम्दानी ६.५१ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४१.०१ गुणा प्रतिसेयर नेटवर्थ १४५.९१ रुपैया र खराब कर्जा १.९७% छ ।
३. नेपाल बाङ्लादेश बैंक: यो बैंकले १५ करोड ४० लाख १० हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३१.५५ कम हो । ८ अर्ब ८ करोड ५५ लाख ९९ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४४ गुणा, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ र खराब कर्जा .०४३% छ ।
४. सनराईज बैंक: यो बैंकको ले २० करोड ३७ लाख ८ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १९.५२% ले कम हो । ८ अर्ब १५ करोड २५ लाख ५६ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ९.९९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३३.१२ गुण , प्रतिसेयर नेटवर्थ १२१.०६ रुपैयाँ र खराब कर्जा १.४९% छ ।
५. सिद्धार्थ बैंक: यो बैंकले २१ करोड ६४ लाख ४२ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३९.८२% कम हो । ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजार चुक्ता पुजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ,  प्रतिसेयर नेटवर्थ १५२.७३ रुपैयाँ  र खराब कर्जा २.०१% छ । गत बर्षको भन्दा यो बैंकको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ ।
६. बैंक अफ काठमाडौ: यो बैंकले २२ करोड ४० लाख ४६ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १७.३२% ले कम हो । ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार चुक्ता पुजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९२ रुपैया मुल्री आम्दानी अनुपात २७.८३ गुणा प्रतिसेयर नेटवर्थ १६२.५० रुपैयाँ र खराब कर्जा २.०८% छ ।
७. सिटिजन बैंक: यो बैंकले ३१ करोड ९० लाख ९९ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ७.५४% ले कम हो । ८ अर्ब २ करोड ९१ लाख ६० हजार चुक्ता पुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ, मुल्य आम्दानी अनुपात १९.३१ गुण, प्रतिसेयर नेटवर्थ १२१.०२ रुपैयाँ र खराब कर्जा १.९९% छ ।
८. ग्लोबल आईएमइ बैंक: यो बैंकले ३५ करोड ३२ लाख ३ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १६.०९% ले कमि हो । ८ अर्ब ८ करोड ३ लाख ४२ हजार चुक्ता पुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी १७.४८ रुपैयाँ, मुल्य आम्दानी २२.०८ गुणा, प्रतिसेयर नेटवर्थ १५४.२८ रुपैया र खराव कर्जा १.५७% छ ।
९. कृषि विकास बैंक: यो बैंकले ३६ करोड ३९ लाख ७१ हजार रुपैया आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १३.८३% ले कम हो । ७ अर्ब ८ करोड ७६ लाख ८० हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, मुल्य आम्दानी अनुपात २८.१७ गुण, प्रतिसेयर नेटवर्थ २४३.२४ रुपैयाँ र खराब कर्जा ३.५४% छ ।
१०. हिमालयन बैंक: यो बैंकले ४१ करोड १ लाख १२ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ६.४६% कम हो । ६ अर्ब ४९ करोड १६ लाख २४ हजार चुक्ता पुँजी भएको यो बैंकको प्रतिसेयर आम्दानी २५.२७ रुपैया, मुल्य आम्दानी अनुपात ३५.३५ गुणा, प्रतिसेयर नेटवर्थ १८७.६० रुपैयाँ र खराब कर्जा १.२४% छ ।
११. प्रभु बैंक: यो बैंकले २५ करोड ७ लाख २९ हजार आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ९.९६% ले कम हो । ५ अर्ब ८८ करोड १ लाख ४२ हजार चुक्ता पुँजी भएको यो बैंक प्रतिसेयर आम्दानी १७.०५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२.१७ गुणा, प्रतिसेयर नेटवर्थ १४७.०४ रुपैयाँ र खराब कर्जा ४.२३% छ ।
१२. नेपाल बैंक: २७ वटा बाणिज्य बैंक मध्य सबै भन्दा बढी मुनाफा गर्न सफल यो बैंकले ९७ करोड १३ लाख १८ हजार आम्दानी गरेको छ । जुन आम्दानी गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १६.७०% कम हो । ८ अर्ब ४ करोड २६ लाख ६२ हजार चुक्ता पुजि भएको यो बैंकको प्रतिसेयर आम्दानी ४८.३२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ७.०४ गुण, प्रतिसेयर नेटवर्थ १५९.१८ रुपैयाँ र खराब कर्जा ३.४२% छ । नेपाल बैंकले रिजर्भ कोशमा वृद्धि गर्न सफल भइ बोनस दिन सक्ने हैसियत मा पुगेको छ । बाणिज्य बैंकहरुको सेयर मा लगानी गर्दा माथी उल्लेखित सुचकहरु को गहन अध्यन गरेर मात्र लगानी गर्नु पर्दछ ।
  यसरी अहिलेसम्म वित्तीय विवरण घोषणा गरेका बैंकहरुमा यहाँ रास्टिर्य बाणिज्य बैंकको मुनाफा उल्लेख गरिएको छैन बाँकी बैंकहरु मा १५ वटा बैंकहरु गत आर्थिक बर्षको सोही अबधिको तुलनामा केही प्रतिशत मुनाफा मा वृद्धि गर्न सफल भए तापनि बाँकी १२ वटा बैंकको मुनाफा मा संकुचन आएको छ । ग्लोबल आईएमइ, सेन्चुरि, स्टान्डार्ड चार्ट्ड नेपाल बैंक  र प्रभु बैंक बाहेक अरु सबै बैंकको प्रतिसेयर नेटवर्थ घटेको छ । पुँजी वृद्धि अनुसार ब्यापार विस्तार गर्न नसक्दा सबै बैंकहरुको प्रतिसेयर आम्दानी मा पनि निकै गिरावट आएको छ । सबै भन्दा बढी प्रतिसेयर आम्दानी मा गिरावट एभरेस्ट बैंक र सिद्धार्थ बैंक मा आएको देखिन्छ ।
 बाणिज्य बैंकहरु को खुद मुनाफा र प्रतिसेयर आम्दानी मा कमि आउनुका प्रमुख कारणहरु को पहिचान गरौ:
* बाणिज्य बैंकहरुको नियामक निकाय नेपाल रास्ट्र बैंकले दिएको बाध्यत्मक पुँजी वृद्धिको निर्देशन सँगै दुई बर्षको अन्तरालमा औसत साढे दुई गुणा पुँजी बढाउन ठूलो परिमाण हकप्रद, एफपिओ र बोनस सेयर निष्कासन गरि गरेको पुँजी वृद्धि अनुसार को ब्यापार बिस्तार गर्न नसक्दा बैंकहरुको खुद मुनाफामा ह्रास आएको  अवस्था देखिन्छ  ।
* यो आर्थिक बर्षमा बैंकहरुमा लिक्विडिटि क्रन्च को समस्य देखियो फलस्वरूप बैंकहरुको कमाईमा गिरावट आयो त्यसको प्रभाव प्रतीसेयर आम्दानीमा देखियो । बैंकहरुलाई लिक्विडिटी क्रन्चले बढी भार परेको देखिन्छ मङगो ब्याजदर मा निक्षेप संकलन गरेका बैंकहरुले स्प्रेडरेट घटाएर कर्जा प्रवाह गर्दा उनीहरुको कोषको लागत अध्याधिक वृद्धि हुन गइ खुद ब्याज आम्दानी घटन पुगेको छ । स्पेडरेट अघिल्लो बर्षहरुमा ५% हुने गदर्थेयो जबकि अहिलेको अबस्थामा करिव ३% हाराहारीमा छ । यसो हुनुमा बचतमा कष्ट अफ फन्ड ब्याजदर बढनाले हो । खुद ब्याज आम्दानी घटदा संचालन खर्च बढने हुँदा स्वाभाविक रूपमा खुद मुनाफा घटने गर्छ । 
* चुक्ता पँजी वृद्धि सँगै सेयर संख्या बढने हुनाले यसको असर प्रतिसेयर आम्दानी मा पर्न गयो फलस्वरूप अधिकांश बैंकहरु को प्रतिसेयर आम्दानी मा व्यापक संकुचन आयो ।
* बैंकहरु अहिले पुँजी वृद्धिको संक्रमणकाल बाट गुज्रिएका छ्न यसले गर्दा  वित्तीय विवरण पनि कमजोर देखिएको छ । एकैपटक भारी पुँजी वृद्धि गरे अनुसार लगानी विस्तार हुन पाएका पनि छैन । यसले बजारमा बलियो प्रतिनिधित्व गर्ने बाणिज्य बैंक समुह कमजोर देखिएको छ ।
* अब बिस्तारै पुँजी वृद्धि सँगै लगानी पनि विस्तार हुदै जाने छ अनि क्रमश बैंकहरुको नाफा पनि बढनेछ । अर्को कुरा सामान्यतया बैंकहरुले मुद्दत्ति निक्षेप लिदा एक दुई वर्षे योजना ल्याएको देखिन्छ । अल्पकालीन मुद्दत्ति निक्षेप अहिले पूरा भइसकेका छन । अब नयाँ आउने मुद्दत्ति निक्षेपमा ७-८% भन्दा बढी ब्याज दिने छैन  यति प्रतिशत ब्याजले खासै ठूलो असर पार्दैन । मुद्दत्ति निक्षेप योजना पूरा भइ सकेपछि स्वत्त कश्ट अफ फन्ड घटछ । अहिले मुद्दत्ति निक्षेपमा ब्याजदर घटिरहेको छ तर कर्जाको ब्याजदर घटिरहेको छैन त्यसले पनि सेयर बजारमा सकारात्मक असर पार्न सकिरहेको छैन ।
* रास्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकहरुले ७ महानगरपालिका १२ उपमहानगरपालिका २ सय ७६ नगरपालिका र ४ सय ६० गाँउपालिका गरि ७ सय ५३ स्थानीय तहमा साखा विस्तार गर्ने पर्ने अवस्था छ यी स्थानीय निकायमा बाणिज्य बैंकले साखा विस्तार गरेपछि लगानी पनि विस्तार हुँदै जानेछ र बैंकको मुनाफामा  वृद्धि आउनेनै छ । जसरी अहिले एन आई सि एसिया बैंकले जुन आक्रमक तरिकाले साखा बिस्तार गर्दैछ अरु बैंकहरु ले पनि स्थानीय निकायमा साखा बिस्तार गर्नेनै छ्न र पुस मसान्तसम्म बैंकहरु को मुनाफामा वृद्धि हुनेनै छ ।
* मंसिरमा चुनाव हुदैछ चुनाव पछि बजारमा तरलता को मात्र बढनेछ तरलता को वृद्धि सँगै बैंकमा पैसा को अभाव हुने छैन लिक्विडिटि क्रन्च को समस्या हटने छ र ब्याजदर घट्ने छ ब्याजदर घटेपछि बैंकहरुले मुनाफामा भारि वृद्धि गर्नेछ्न
* चुनाव पछि मुलुकमा स्थिर सरकार बन्ने सम्भावना छ स्थिर सरकार सगै देश आर्थिक समृद्धि को बाटोमा लम्कने छ अर्थतन्त्र फराकिलो बन्दै जानेछ अर्थतन्त्र फराकिलो हुँदै जादा बैंकहरु स्वाभाविक रूपमा ठुला र सबल बन्न वाध्य हुनेछन् ।
* बाणिज्य बैंकहरुले ८ अर्ब पुँजीको अवस्थालाई ब्यवस्थित गरिसके पछि पुन आफ्नो गतिमा काम गर्नेछ्न र १५ अर्ब को पुँजीलाई पछाउदै बजारमा आफ्नो उपस्थिति र दबदबालाई पुन कायम गर्नेछ्न ।
 विगतमा पनि पुँजी वृद्धिको केही समय यस्तै अवस्था देखिएको थियो । पहिलो त्रैमासमा खुद मुनाफा मा कमि र प्रतिसेयर आम्दानी मा पहिरो जाने बितिकै अहिलेही आत्तिनु पर्ने अवस्था छैन बाँकी तीन वटा वित्तीय विवरण आउन बाँकीनि छ्न ।  सुरक्षीत र लामो समय को लगानीको लागी उपयुक्त क्षेत्र भनेकै बाणिज्य बैंकहरुको समुह हो । तपाईहरु ढुक्क हुनुहोस् पुसमसान्त पछिको दोस्रो त्रैमासिक रिपोर्ट मा बाणिज्य बैंकहरु सबल र बलिया भएर आउने छ्न ।
लेखक सेयर बजारका अध्यनकर्ता हुन ।

Powered by Blogger.