Header Ads

सेयर बजार मा आँप र साग को तुलना


आँप र साग दुबै कृषि उत्पादन हुन । यहाँ हामी ब्यक्तिगत उपभोगका लागी गरिने खेतिभन्दा पनि  ब्यावसायिक उत्पादनको कुरा गरिरहेका छौ ।आँप खेती पनि व्यावसायिक हो, सागखेती पनि व्यावसायिक हो तर यी दुई उत्पादनको व्यावसायिकतामा भारी भिन्नता छ । हाम्रो चाहना र आवश्यकता एउटै छ काम गरौं । कम मेहनत गरौ । पैसा आईरहोस। अनि हामी दुनियाँ घुमौ । मस्ती गरौं ।
आँप एकपटक रोपिन्छ र लामो समय कम मेहनतमा आम्दानी दिइरहन्छ । बाजेले लगाएको आँपको रुखबाट नातिपनाति सम्मलाई आम्दानी दिइरहन्छ सक्छ ।कम फल्नु, रोग लाग्नु, मुल्य कम हुनु आदि व्यावसायका जोखिम हुन । तर पनि  मेहनतको हिसाबले सागमा भन्दा आँपमा कम मेहनत छ । काम गर्न नसकेको दिनमा पनि आँप बाट आम्दानी लिन सकिन्छ तर साग उत्पादन लागि  बारम्बार जमिन खनिरहनुपर्छ । महिनैपिच्छे काम गर्नु पर्छ। पाखुरा नचलेको दिन साग  फल्दैन । पैसा आउदैन । साग छिटोछिटो आम्दानी हुने व्यावसाय हो तर काम गरेमात्रप पाइन्छ । तर आँप दीर्घकालीन लगानी हो ।
सेयरमा गरिने लगानी पनि अल्पकालीन र दीर्घकालीन हुन्छ । अल्पकालीन लगानी गर्नेलाई कारोवारी वा ट्रेडर भनिन्छ । दीर्घकालीन लगानी गर्नेलाई Invester भनिन्छ । दीर्घकालीन लगानी गर्नुको उदेश्य किन्नु र राख्नु हो र कम्पनीबाट आम्दानी लिइरहनु पनि हो । संसारमा कारोवारिले भन्दा दीर्घकालीन लगानी गर्नेले बढी पैसा कमाएका छ्न, सम्पत्ति बनाएका छ्न । जस्तै बिनोद चौधरी ले नबिल बैंक बाट एकै बर्षमा अर्बौं आम्दानी लिन्छ्न  तर कम्पनीको सहि छ्नोट पहिलो सर्त हुन्छ ।
तर जस्ले कम्पनीको सेयर किनबेच गरिरहे तिनले कहिले पनि लगानीकर्ताका जति पैसा कामाउन सकेन र त्यो सम्भव पनि छैन । कारोवारिहरु ले साग खेती गर्दा जस्तै बढि मेहनत पनि गर्नु पर्छ र तनाव पनि झेल्नुपर्ने हुन्छ फलस्वरूप कारोवारिहरु पेसर का रोगी पनि भए ।  त्यसैले हामी पनि साग खेतीमा भन्दा आँपको खेतिमा जोड दिउ। साग खेतीले बुढेसकालमा परनिर्भर बनाउँछ । हातपात नचल्दा पनि आम्दानी लिन सकिने अथवा आत्मनिर्भर हुन सकिने खेतिमा लगानी गरौ। बुढेसकालमा पालिन छोराछोरी को आस नगरौ । "सेयरबाट करोडपती" ।।।।

Powered by Blogger.