Header Ads

सेयर बजारमा बिमारी घोडा र स्वास्थ्य घोडा विचको तुलना

Raju Paudel's
Blog



आज म तपाईहरु समक्ष सेयर लगानी कर्ताहरुले पढनै पर्ने एउटा कथा राखन गैइरहेको छु ध्यान दिएर पढनु होला:
कथाले भन्छ: घोडा दौडमा भाग लिने दुईवटा घोडा थिए तिमध्ये एउटाको नाउँ  स्वास्थ र अर्कोको नाउँ बिरामी थियो रे स्वास्थ घोडाले सधैंभरी जित्थ्यो र बिरामीले चाहिँ ठिकैको दौड बनाएर रेसिङमा टिकिरहेको थियो । एक पटकको कुरा हो दुवै घोडालाई ज्वरोले समात्यो स्वस्थ घोडालाई जोर आउने बित्तिकै उसको मुल्य घट्यो ।मानिसहरू अत्तालिएर उसमाथि गरेको लगानी निकाल्न थाले तर दौड सुरु भएपछि ज्वरोले समात्दा पनि स्वास्थले ने घोडादौड जित्यो किनभने उ बिरामीको तुलनामा केही स्वस्थ ने थियो ।
यो कथा को आसय भनेको स्वास्थ घोडालाई ज्वरोले थला पारे पनि बिरामी घोडा भन्दा यो नै चांडो उठने सम्भावना हुन्छ । अनि उठेपछि उसले गज्जबको दौडमा भाग लिएर सबैलाई चकित पार्ने परिणाम देखाउछ उता बिरामी घोडा पनि ज्वरोबाट निको भएर दौडमा त निस्कन्छ तर स्वस्थ्यभन्दा राम्रो परिमाण निकाल्न सक्दैन ।
ठिक यस्तै हामी लगानी कर्ताहरु पनि आफुले सेयर किनेको कम्पनी जति सुकै राम्रो भए पनि जब समग्र बजार घटन थाल्छ अनि हामी अत्तालिएर राम्रो कम्पनी को सेयर पनि घाटा खाएर बेच्न दौडछौ । यहाँ  प्रतिसेयर आम्दानी उच्च,  मुल्य आम्दानी अनुपात निम्न, जगेडा कोष उच्च, नाफा प्रतिशत उच्च,  सम्पत्तिमा प्रतिफल उच्च, इक्विटिमा उच्च प्रतिफल, बजार मुल्य र किताब मुल्य अनुपात कम, निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम, आर्थिक सुसासन भएका आदि कम्पनी स्वास्थ कम्पनीमा पर्दछ्न सेयर किन्दा यस्ता कम्पनी छान्नु पर्छ स्वस्थ र राम्रो कम्पनी को सेयरको मुल्य अहिले समग्र सेयर बजार  घटदा घटेपनी जब बजार बढन सुरु गर्छ स्वस्थ्य घोडा दौडे जसरी नि राम्रो कम्पनिको सेयर बढने छ तेहि भएर सेयर किन्दा राम्रो र स्वस्थ कम्पनी छनौट गर्नुहोस । यस्ता कम्पनीले तपाईंलाई राम्रै प्रतिफल दिनेछ्न यदि तपाईहरुले स्वास्थ र राम्रो कम्पनीको सेयर मा लगानी गर्नु भएको छ भने के कुरा मा ढुक्क हुनुहोस भने तपाईले गरेको लगानी ३६ महिना भित्रमा  दोब्बर हुनेछ ।
यो कथा र लेख साना र नयाँ लगानी कर्ताहरु प्रती समर्पित छ । " कथा को स्रोत वारेनबफेट को जिवनि"
Powered by Blogger.