Header Ads

सेयर बजार को वर्तमान अवस्था र भाबी सम्भावना के के छ्न ?

Raju Paudel's
Blog




अहिलेसम्म को सेयर बजारको इतिहास लाई हेर्दा अहिले सेयर बजार बुम बुम हुनु पर्ने थियो तर यसपटक सेयर बजार सेयर को सिजनमा पनि  घटेको घटै छ कारण दुई तीन वटा छ्न जुन यसप्रकार छ्न:
१. चुक्ता पुजि पुर्याउने नाममा कम्पनी हरुले Merger लाई जोड नदिएर हकप्रद को बाढी ल्याउनु ।
२.  बैंकहरुले ऋणको ब्याजदर दर अत्याधिक वृद्धि गरेका र अहिले बैंकमा तरलता को मात्र बढदा पनि ब्याजदर नघटाउनु ।
 ३.  नेप्सेले सेयर बजार लाई आधुनिकप्रविधि मैत्री बनाउन नखोज्नु हो को साथै नेप्से र धितोपत्र बोर्ड विच द्वन्द चलिरहनु ।
माथी उल्लेखित कारणहरुले गर्दा नै अहिले बजारले  एउटा गति लिन सकिरहेको छैन । अब सेयर बजारमा मा बुम ल्याउन लाई धितोपत्र बोर्ड, नेप्से, ब्रोकर कम्पनी र सेयर लगानीकर्ता संघ संगठनहरु ले तुरुन्तै निम्नलिखित कार्य आरम्भ गर्ने वातावरण सिर्जना गर्नु पर्छ ।
१. छिटो भन्दा छिटो अन्लाईन Tarding को सुरुवात गर्नु पर्छ ।
२. NRN हरुलाई सेयर बजारमा भित्राउने बाताबरण मिलाउनु पर्छ ।
३. ब्रोकर कम्पनीहरुले नेपाल का हेरेक स्थानमा साखा खोलेर जन-जनमा सेयर बजारको पहुँच पुर्याउनु पर्छ ।
४.  ब्रोकर कम्पनी हरु लाई Margin Landing को सुबिधा दिनु पर्छ ।
५.  बैंकहरुलाई तुरुन्तै ब्रोकर लाइसेन्स दिनु पर्छ र
६. अहिले को अत्याधिक सेयर आपूर्तिलाई सन्तुलनमा ल्याउनको लागि कर्मचारी संचयकोष र नागरिक लगानी कोषलाई बजार निर्माता को रुपमा भित्र्याउनु पर्छ । अनि तब मात्र सेयर बजारले फेरि पनि एउटा उच्चाई बनाएर इतिहास रच्ने छ, तर दुर्भाग्य को कुरा पैसा को खोलो बगाएर सेयर बजार का भिलेन सेयर बजारलाई आधुनिक बनाउन नचाहने सिताराम थपलिया ज्यु फेरि पनि नेप्से का महाप्रबन्धक हुने होडमा छ्न भन्ने कुरा आइरहेको छ यस्ता भिलेन जस्ले एक कार्यकालसम्म नेप्से को महाप्रबन्धक भएर सेयर बजार को विकास र आधुनिकता बनाउने काममा कुनै पनि सिन्को नभाँची अवकाश भएका थिए तिनै ब्यक्ति फेरिपनि पैसा को खोलो बगाएर नेप्से का महाप्रबन्धक भएर नेप्सेमा आए भने हामिले सोचे जस्तो एकाईसौ सताब्दिको आधुनिक सेयर बजार बन्लातो  ? नेप्स र सेयर बजारले आधुनिकता मा फड्को मार्ला त ? एक चोटि ठण्डा दिमाग ले सोचौ त ।
Powered by Blogger.