Header Ads

दोस्रो बजारमा सेयर खरिद गर्दा यी कुराहरूमा ध्यान दिनुहोस् पर्दैन घाटा खान



अहिले नेपालको सेयर बजार निरन्तर घटिरहेको अवस्था छ ।  अर्थात अहिले बजार बियरिस अवस्थामा गुज्रिरहेको छ । धेरै राम्रा राम्रा कम्पनीको सेयर अहिले Under value को अवस्थामा छ्न ।  यस्तो अवस्थामा निम्नलिखित कुरामा ध्यान दिएर दीर्घकालीन  लगानी गर्ने हो भने बजार बुलिस्ट हुँदा रामै फाइदा हुनेछ :
१. कम्पनी स्थापन भएको कम्तीमा पाँच बर्ष पुगेको
२. पुँजी आधार बलियो भएको
३. जगेडा कोष बलियो भएको
४. ब्यापर बढदाउदै लगेको
६. निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको
७. खुद नाफा बिगत पाँच बर्ष देखि बढाउदै लगेको
८. नगद लाभांश लाई भन्दा बोनस सेयर वितरण मा जोड दिएको ।
९. हकप्रद भन्दा बोनस सेयर बढी दिने सम्भावना भएको
१०. सेयर मुल्य Under value भएको
११. प्रतिसेयर आम्दानी प्रती बर्ष बढाउदै लगेको र कम्तीमा रु २० भन्दा बढि प्रतिसेयर आम्दानी भएको
१२. मुल्य आम्दानी अनुपात २० गुणा भन्दा कम १० गुणा भन्दा माथी भएको
१३. नेटवर्थ सकारात्मक भएको
१४. साधारणसभा समयमा सम्पन्न गर्ने गरेको
१५. कम्पनीका संचालकहरु राम्रा भएको
१६. संस्थागत सुशासनको अवस्था राम्रो भएको
१७.पछिल्लो पाँच बर्षमा लगातार कम्पनी नाफामा गई हरेक बर्ष लाभांश बाँडेको
१८. दोस्रो बजारमा दैनकी जसो कारोवार हुने गरेको आदि

माथीका कुराहरु लाई मनन गरेर दीर्घकालीन लगानीको उदेश्यले सेयरमा लगानी गर्नु भयो भने सेयर कारोवारमा घाटा खानु पर्दैन ।
Powered by Blogger.